विद्वच्छिरोमणि कुलचन्द्र गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागमती अञ्चलको नुवाकोट जिल्ला अन्तर्गत जीवनपुरमा जन्मिएका कुलचन्द्र गौतम (१९३४-२०१५)ले साहित्याचार्य प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । उनीमा उच्चकोटिको विद्वत्ता भएको हुनाले उनलाई विद्वच्छिरोमणिको पदले विभूषित गरिएको थियो । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन्:

१.पुरुषार्थ कल्पबल्ली (१९५६)
२.अमरकोश (नेपाली टीका १९५८)
३.स्वयंवैद्य (आयुर्वेद १९७२)
४.अलङ्कार चन्द्रोदय (१९७८)
६. रामायण (नेपाली १९९६)
५.राघवालङ्कार (२०१६)
७. संस्कृत नेपाली शब्दकोश (२०५४)[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान