विनोद मानन्धर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विनोद मानन्धर २००७ को एक कार्यक्रम मा।

विनोद मानन्धर नेपाली चलचित्र कलाकार तथा चलचित्र निर्माता हुन्। यिनी बरिष्ठ साहित्यकार इश्वर मानन्धरका छोरा हुन्। [१] बिनोदकी श्रीमती करिश्मा मानन्धर लामो समयसम्म १ नम्बरमा रहेकी नेपाली नायिका हुन्। यिनकी छोरी कविता मानन्धरले समेत 'एउटा यस्तो प्रेम कहानी' चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेकी छन्। [२] [३]

मानन्धरले ४० को दशकमा कस्तुरी नामको नेपाली चलचित्र निर्माण गरेका थिए। कस्तुरीको अधिकांश भाग लण्डनमा सुटिङ गरिएको थियो। यसै चलचित्र निर्माणको सिलसिलामा बिनोदसित करिश्माको भेट भएको थियो।[४]

यिनले बाबु साहेब -२०५९, ढुकढुकी आदि चलचित्र निर्माण गरेका थिए। करिश्मा र विनोदको संयुक्त प्रडक्सनमा फागू द कलर्स अफ लाइफ निर्माण भैरहेको छ।[५]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्वर्गीय वरिष्ठ साहित्यकार मानन्धर श्रद्धाञ्जली-सभा", घटना र विचार, १७ जुन २०१८। 
  2. "करिश्माकी छोरीको फिल्ममा डेब्यू, शिवका छोरासँग रोमान्स गर्ने", अनलाइन खबर, २०७५ वैशाख ३१, अन्तिम पहुँच १७ जुन २०१८ 
  3. "बुढी र छोरी दुवै नायिका हुँदा विनोद मानन्धर निकै खुशी ...", समाचार पाटी, २०७५ Jeth ९, अन्तिम पहुँच १७ जुन २०१८ 
  4. "विदेशी लोकेसनमा नेपाली चलचित्र", अन्नपूर्ण पोष्ट, अन्नपूर्ण पोष्ट, ०१ फागुन २०७४, अन्तिम पहुँच १७ जुन २०१८ 
  5. "१२ वर्षपछि फर्किदैछ करिश्माको खोला", लुम्बिनी टाइम्स, अन्तिम पहुँच १७ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]