विशाल विभाजक हिमशृङ्खला
विशाल विभाजक हिमशृङ्खला | |
---|---|
| |
सर्वोच्च विन्दु | |
शिखर | कोजिअस्को हिमाल, स्नोई हिमाल |
उचाइ | २,२२८ मी (७,३१० फिट)[१] |
निर्देशाङ्क | ३६°२७′द॰ १४८°१६′पू॰ / ३६.४५०°S १४८.२६७°E |
आयामहरू | |
लम्बाइ | ३,५०० किमी (२,२०० माइल) उत्तर–दक्षिण |
भूगोल | |
देश | अस्ट्रेलिया[२] |
राज्यहरू | न्यु साउथ वेल्स, क्विन्सल्यान्ड र भिक्टोरिया |
जिल्ला | अस्ट्रेलियाली राजधानी क्षेत्र |
हिमशृङ्खला निर्देशाङ्क | अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ / २५°S १४७°Eनिर्देशाङ्कहरू: अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ / २५°S १४७°E |
भूविज्ञान | |
चट्टानको उमेर | कार्बनी कल्प |
विशाल विभाजक पर्वतमाला वा पूर्वी उच्चभूमी अस्ट्रेलियाको सबैभन्दा लामो हिमशृङ्खला हो र विश्वकै जमिनमा अवस्थित तेस्रो सबैभन्दा लामो हिमशृङ्खला पनि हो। यो क्विन्सल्यान्डको उत्तरपूर्वी क्षेत्रबाट डावान टापु सम्म ३,५०० किलोमिटर (२,१७५ माइल) सम्म फैलिएको छ। यसको सम्पूर्ण लम्बाई न्यु साउथ वेल्सहुँदै पूर्वी तटीय क्षेत्रसम्म पुगेको छ जहाँबाट यो भिक्टोरिया सम्म फैलिएको छ। त्यहाँबाट यो पश्चिम तर्फ मोडिएको छ जसले गर्दा यो पश्चिमी भिक्टोरियाको मध्य समथल भूमिको घ्राम्पियन राष्ट्रिय निकुञ्जहुँदै हराउँदै गएको छ। यस हिमशृङ्खलाको चौडाई १६० किलोमिटर (१०० माइल) देखि ३०० किलोमिटर (१९० माइल) सम्म भिन्नता रहेको छ।[३] यस हिमशृङ्खलामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत विशाल व्लु हिमाल क्षेत्र, गोण्डवाना वर्षावन र क्विन्सल्यान्डको उष्णकटिवन्धीय क्षेत्र अवस्थित छन्। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।
शब्दावली
[सम्पादन गर्नुहोस्]यो विशाल विभाजक हिमशृङ्खलामा एउटा मात्रै हिमशृङ्खलाहरूल् बनेको छैन। यसमा जटिल हिमशृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू रहेका छन् जसमा प्राचीन र जटिल भूगर्भ इतिहासहरू समावेश छन्। केही स्थानहरूमा काम नलाग्ने समथल अवस्थित छन् जसमा निम्न पहाडहरू रहेका छन्। सामान्यतया, उच्चभूभाग ३०० देखि १,६०० मिटर वा ९८० देखि ५,२५० फिट अग्ला छन्।
प्राकृतिक अवयव
[सम्पादन गर्नुहोस्]विशेषता
[सम्पादन गर्नुहोस्]यस हिमशृङ्खलाबाट हुँदै जाने पहाडहरूमा अङ्गुर खेतीको लागि उपयुक्त स्थानहरू रहेका छन्।[४] )
रेल मार्ग
[सम्पादन गर्नुहोस्]प्रारम्भिक रेल मार्ग हुँदै जाने इञ्जिनियरहरू विशाल विभाजक हिमशृङ्खला कमसेकम समथल सतह वा उपयुक्त स्थानको खोजी गर्न र थोरैमात्र उकालो ओरालो भएको ठाउँ पत्ता लगाउन यही रेल मार्गबाट जाने गर्दथ्य। यो रेलमार्ग निम्नलिखित स्थानहरूबाट जान्छ:
- टाउन्सभिल-इसा हिमाल
- रकह्याम्पटन-विनटन
- ब्रिसबेन–टुउम्बा (सन् १९६७)
- न्यूक्यासल–ट्यामवर्थ (१८७०), उच्च स्थान अर्डग्लेन सुरुङ (२०७३' एचएएसएल)
- सिड्नी–लिथगो (१८६९), ब्लु हिमाल हुँदै शृङ्खला पार गर्दछ। (उच्च स्थान बेल ३५०७' एचएएसएल)[५]
- सिड्नी–गूलबर्न (१८६९)
- मेलबर्न–सेमर, हेटकोट जङ्सन हुँदै जाने (१८७२)
- मेलबर्न–बेण्डिगो, उडएण्ड हुँदै जाने (१८६२) (१०९३' एचएएसएल)
- मेलबर्न–अरारत (१८७५) बलारात
- स्याण्डि होलो–गुलगोङ्ग हुँदै जाने (सन् १९३० मा सुरुवत, सन् १९८० मा पूर्ण)
सडक मार्ग
[सम्पादन गर्नुहोस्]अस्ट्रेलियामा रहेका धेरै राजमार्गहरू जस्तै अल्पाइन मार्ग, विशाल अल्पाइन मार्ग, ह्युमे राजमार्ग, उत्तरी राजमार्ग, म्ल्बा राजमार्ग, मारोण्डाह राजमार्ग, सनरेसियन राजमार्ग, सङ्घीय राजमार्ग, विशाल पश्चिमी राजमार्ग, क्याप्रिकन राजमार्ग, क्युनिङ्घाम राजमार्ग, न्यू इङ्ल्यान्ड राजमार्ग, ब्रुक्सनर राजमार्ग, ओक्ले राजमार्ग, वार्रिगो राजमार्ग, वाटरफल मार्ग, थण्डरबोल्ट्स मार्ग, क्याल्डर राजमार्ग, पश्चिमी राजमार्ग, र मर्रे उपत्यका राजमार्ग यस हिमशृङ्खलाको प्रमुख राजमार्ग हुन्।
संरक्षित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]विशाल विभाजक हिमश्रृङ्खलमा पर्ने राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू यस प्रकारका छन्: [६][७]
को नजिकैबाट देखिएको, विशाल विभाजक हिमशृङ्खला
इतिहास
[सम्पादन गर्नुहोस्]विशाल विभाजक हिमशृङ्खला ३०० मिलियन वर्ष अगाडि कार्बनी कल्पमा बनेको थियो। हालको दक्षिण अमेरिका र न्युजिल्याण्डसँग एकआपसमा ठोकिएर यसको उत्पत्ति भएको थियो। त्यसपछि यस हिमशृङ्खलाले महत्त्वपूर्ण विस्फोटनको अनुभव गरेको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;KNP
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Australia.gov, "Australian Rocks and Mountains", १५ जुलाई २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१२।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१२ मिति - ↑ स, जोन एच, कोलिन्स अस्ट्रेलियाली विश्वकोश, विलियम्स कोलिन्स लि, सिड्नी, १९८४, आइएसबिएन ०-००-२१७३१५-८
- ↑ क्लर्क, ओजेट (सन् २००२), नयू वाइन एटलस: रक्सी र रक्सी बनाउने उपयुक्त क्षेत्र, ह्युगटन मिफलिन हारकर्ट, पृ: ३००, आइएसबिएन 0-15-100913-9, अन्तिम पहुँच १८ डिसेम्बर २०११।
- ↑ "एनएसडब्ल्यू रेलमार्गमा उकालो र ओरालो", डब्ल्यूडब्ल्यूडब्ल्यूडट एनएसडब्लू रेल डटनेट, २३ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ मेलवे, संस्करण ३५ सन् २००८, नक्साहरू
- ↑ ब्रिसवे, संस्करण १, २००५