क्विन्सल्यान्ड
| |||||
नारा वा उपनाम | द सनसाइन स्टेट (अनुवाद - सूर्यको चमक राज्य) | ||||
---|---|---|---|---|---|
आदर्श वाक्य(हरू) | आदेक्स एत फिदेलिस (बोल्ड बट फेथफुल) र ब्युटिफूल वान डे पर्फेक्ट द नेक्स्ट | ||||
![]() अष्ट्रेलियाका अन्य राज्य तथा भूभागहरू | |||||
राजधानी | ब्रिसबेन | ||||
नागरिकता | क्विन्सल्यान्डर, बनना बेन्डर (स्थानीय) | ||||
सरकार | संवैधानिक राजतन्त्र | ||||
- | पल डि जर्सी | ||||
- | Annastacia Palaszczuk (अस्ट्रेलियाली मजदुर पार्टी) | ||||
अस्ट्रेलियाको राज्य | |||||
- न्यु साउथ वेल्सबाट छुट्टिएको | ६ जून १८५९ | ||||
- राज्यको रूपमा | १९०१ | ||||
- अस्ट्रेलिया ऐन | ३ मार्च १९८६ | ||||
क्षेत्रफल | |||||
- कुल | १,८५२,६४२ किमी² (दोस्रो) ७१५,३०९ वर्ग मी | ||||
- जमीन | १,७३०,६२० किमी² ६६८,१९६ वर्ग मी | ||||
- पानी | १२१,९९१ किमी² (६.५८%) ४७,१०१ वर्ग मी | ||||
जनसंख्या (मार्च २०१९)[१] | |||||
- जनसंख्या | ५०७०८२१ (तेस्रो) | ||||
- जनघनत्व | 2.93/किमी² (पाँचौ) ७.६ /वर्ग मी | ||||
अवनती | |||||
- माथिल्लो विन्दु | बार्टल फ्रिरे हिमाल १,६२२ मी (५,३२२ फिट) | ||||
कुल राज्यगत उत्पादन (सन् २०१७–१८) | |||||
- उत्पादन ($मिलियन) | $३३९५०४[२] (तेस्रो) | ||||
- प्रतिव्यक्ति उत्पादन | $६८३७९ (पाचौँ) | ||||
समय रेखा(हरू) | युटीसी+१० (अस्ट्रेलियाली समय) | ||||
सङ्घीय प्रतिनिधित्व | |||||
- सभा सिटहरू | ३०/१५० | ||||
- संसद सिटहरू | १२/७६ | ||||
संक्षिप्त | |||||
- हुलाक | AU | ||||
- आइएसओ ३१६६-२ | AU | ||||
प्रतिकहरू | |||||
- फूल | सुनाखरी [३] | ||||
- जनावर | कोयाला | ||||
- पंक्षी | ब्रोल्गा | ||||
- खनिज वा रत्न | निलमणी | ||||
- रङ्ग | मरून[४] | ||||
वेबसाइट | www |
क्विन्सल्यान्ड (छोटकरीमा क्युएलडी), अस्ट्रेलियाको दोस्रो ठूलो र तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो। यो देशको उत्तर-पूर्वी भागमा अवस्थित छ। यसको सिमाना पश्चिममा नर्थन टेरिटरी, दक्षिण-पश्चिममा दक्षिण अस्ट्रेलिया र उत्तरमा न्यु साउथ वेल्ससँग गाँसिएको छ। यसको सिमाना पूर्वमा कोरल समुन्द्र र प्रशान्त महासागरसँग गाँसिएको छ। यसको उत्तरमा टोरेस जल सन्धि पर्छ यसका साथै पपुवा न्युगिनी मुख्य भूमिबाट २०० किलोमिटर भन्दा कममा यस जल सन्धिमा अवस्थित छ। यो क्षेत्रफलको आधारमा विश्वकै छैटौँ ठूलो राज्य हो जसको क्षेत्रफल १,८५२,६४२ वर्ग किलोमिटर वा (७१५,३०९ वर्ग माइल) छ।
१५ मे २०१८ मा, क्विन्सल्यान्डको जनसङ्ख्या ५० लाख भएको थियो।[५] यस राज्यको जनसङ्ख्या दक्षिणी पूर्वी तटीय क्षेत्रमा केन्द्रीय छ। राज्यको राजधानी र सबैभन्दा ठूलो सहर ब्रिसबेन हो जून चाहिँ अस्ट्रेलियाको तेस्रो ठूलो सहर हो। यस राज्यलाई "सनसाइन स्टेट" (नेपालीमा अनुवाद - सूर्यको चमक राज्य) पनि भनिन्छ। यो अस्ट्रेलियाको तेस्रो ठूलो अर्थतन्त्र भएको राज्य हो। यस राज्यको पर्यटनमा यहाँको न्यानो उष्ण जलवायु र मुख्य उद्योगले टेवा पुर्याएको छ।
क्विन्सल्यान्डमा पहिलो पटक अस्ट्रेलियाका आदिवासी र टोरेस जलसंयोगीका टापुवासीहरूले बसोबास गरेका थिए।[६][७] क्विन्सल्यान्ड र अस्ट्रेलियामा अवतरण गर्ने पहिलो युरोपेली भनेका नेदरलन्दी अन्वेषक विलेम जान्सजुन थिए जसले वर्तमान वेपाको नजिकै केप योर्क प्रायद्वीपको पश्चिमी तटको अन्वेषण गरेका थिए। सन् १७७० मा, नौसेना जेम्स कुकले अस्ट्रेलियाको पूर्वी तट बेलायतको लागि भएको दावी गरेका थिए। न्यु साउथ वेल्स उपनिवेशलाई सन् १७८८ मा, सिड्नीमा गभर्नर आर्थर फिलिपले स्थापना गरेका थिए। न्यु साउथ वेल्सले त्यसबेला हालको क्विन्सल्यान्ड, भिक्टोरिया र तस्मानियाको समावेश गर्दथ्यो। सन् १८२४ मा जोन अक्सलेले ब्रिस्बेनमा उपनिवेश स्थापना नगरुञ्जेल त्यसपछिका दशकहरूमा क्विन्सल्यान्डको खोजी गरिएको थियो। यहाँ सन् १८३९ सम्म यातायात बन्द गरिएको थियो र सन् १८४२ देखि नि: शुल्क वस्ती बसाल्नका लागि अनुमति दिइयो।
यस राज्यको नाम रानी भिक्टोरियाको सम्मानमा नामकरण गरिएको थियो जसले ६ जून १८५९ मा साउथ वेल्सबाट यसलाई छुट्ट्याउनका लागि हस्ताक्षर गरेकी थिइन्।[८] क्विन्सल्यान्ड दिवस प्रत्येक वर्ष ६ जूनमा राज्यव्यापी रूपमा मनाइन्छ। क्विन्सल्यान्ड १ जनवरी १९०१ मा, सङ्घको साथ अस्ट्रेलियाको संस्थापक राज्यहरू बन्न पुगेको थियो भने यो ६ वटा उपनिवेशहरू मध्ये एक रहेको थियो।
इतिहास[सम्पादन गर्नुहोस्]
क्विन्सल्यान्डको इतिहास हजारौँ वर्ष अघिबाट सुरुवात भएको थियो जसले लामोसमय सम्मको आदिवासीको उपस्थितिका साथसाथै युरोपेली उत्तरपश्चिम वस्तीको घटनाको समयलाई समेटेको छ।[९] उत्तर पूर्वी अस्ट्रेलियाको क्षेत्र नेदरलन्दी, स्पेनी र फ्रान्सेली अन्वेषकहरू अन्वेषण गरेका थिए भने यसलाई सन् १७७० मा नौसेना जेम्स कुकले अन्वेषण गरेका थिए। यस राज्यमा युरोपेलीको वसोवासका साथै त्यहाँका आदिवासीहरूका बीच सीमित लडाई भएको थियो जसको परिणामस्वरूप कुनै सम्झौता वा सन्धि भनेको भएको थिएन।[१०] अस्ट्रेलियाली श्रमिक दलको क्विन्सल्यान्डमा एक औपचारिक सङ्गठन रहेको छ। जून २००९ मा न्यु साउथ वेल्सबाट छुट्टिई एक स्वतन्त्र राज्य भएको उपलक्ष्यमा यसले आफ्नो १५०औँ वार्षिकोत्सब मनाएको थियो।[११]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "३१०१.० – अस्ट्रेलियाली जनसाङ्खीकी तथ्याङ्क, सेप्टेम्बर २०१७", अस्ट्रेलिया तथ्याङ्क विभाग, २२ मार्च २०१८, मूलबाट २५ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०१८।
- ↑ "५२२.० – अस्ट्रेलियाली राष्ट्रिय खाताहरू: राज्यको खाता, सन् २०१७–१८", अस्ट्रेलियाली तथ्याङ्क विभाग, २०१८-११-१६, अन्तिम पहुँच १९ अप्रिल २०१९।
- ↑ "क्विन्सल्यान्डको प्रतीक फूल"। अस्ट्रेलियाली राष्ट्रिय वानस्पतिक उद्यान। सङ्ग्रह मिति २३ जनवरी २०१३।
- ↑ "क्विन्सल्यान्ड", पार्लीयामेण्ट@वर्क, मूलबाट ८ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१३।
- ↑ सिगान्टो, तलिसा (१५ मे २०१८)। "आज क्विन्सल्यान्डको जनसङ्ख्याले ५० भेटेको छ"। एबिसी समाचार। अस्ट्रेलियाली प्रसारण निगम। सङ्ग्रह मिति १५ मे २०१८।
- ↑ "How Old is Australia's Rock Art?"। एबोर्जिनल आर्ट अनलाइन। सङ्ग्रह मिति १५ मे २०१३।
- ↑ डर्च, सिई; हेस्प, पिए (१९९४)। "Rottnest Island artifacts and palaeosols in the context of Greater Swan Region prehistory"। पश्चिम अस्ट्रेलियाको शाही समाजको सोधपत्र (७७ संस्करण): २३–३२।
- ↑ "Pomona – Quinalow"। Place Names of South East Queensland। सङ्ग्रह मिति १३ अक्टोबर २००७।
- ↑ "National Museum of Australia – Richard Daintree's glass plates", मूलबाट १७ मार्च २०११-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १७ मार्च २०११ मिति
- ↑ "Queensland's History", Qld.gov.au, २९ जनवरी २००९, मूलबाट २० अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१०।
- ↑ कार्ल बितर, "Labor History: Timeline: Foundations: Colonial Origins", मूलबाट २७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१०। = Archive.today अभिलेखिकरण २७ नोभेम्बर २०१२ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


यस पृष्ठ सम्बन्धित भौगोलिक तथ्याङ्क क्विन्सल्यान्ड ओपन स्ट्रिट नक्सामा रहेको छ।
- क्विन्सल्यान्ड सरकार
- राज्यको अभिलेख, क्विन्सल्यान्ड सरकार।
- राज्य लाइब्रेरी, क्विन्सल्यान्ड सरकार।
- सुदूर उत्तरी क्विन्सल्यान्ड (ऐतिहासिक दृश्य), अस्ट्रेलिया: राष्ट्रिय चलचित्र र आवाज अभिलेख, २०१२-०८-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१२ मिति.
- डेनट्रिस, रिचार्ड, ग्लास प्लेट, अस्ट्रेलिया: राष्ट्रिय सङ्ग्राहलय। वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-१७ मिति.
- को कार्य क्विन्सल्यान्ड गुथनबर्ग परियोजनामा