विष्णु चट्टोपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
विष्णु चटोपाद्याय
বিষ্ণু চট্টোপাধ্যায়
जन्मअप्रिल १९१०
खुलना, बङ्गाल राज्य, बेलायती भारत
मृत्यु११ अप्रिल, १९७१
खुलना, बङ्गलादेश
संस्थानभारतीय राष्ट्रिय काङ्ग्रेस, भारत कम्युनिस्ट पार्टी र कृषक समिति
प्रभावमार्क्सवादी
राजनीतिक कृयाकलापभारतीय स्वाधीनता आन्दोलन, कृषक आन्दोलन
धर्महिन्दु धर्म

विष्णु चट्टोपाध्याय वा विष्टु ठाकुर (जन्म, अप्रिल १९१० - ११ अप्रिल १९७१) बङ्गलादेशको मुक्ति युद्धमा मारिएका एक बङ्गाली राजनीतिज्ञ थिए। उनी एक भारतीय स्वतन्त्रता कार्यकर्ता र किसान आन्दोलनका नेता थिए। उनले तेभागा आन्दोलनलाई नेतृत्व प्रदान गरे जुन सन् १९४० को दशकमा अविभाजित बङ्गालमा विकसित भएको थियो।[१]

बाल्यकाल[सम्पादन गर्ने]

चट्टोपाध्यायको जन्म ब्रिटिस भारतको खुलना जिल्लाको एक जमीदार परिवारमा भएको थियो। उनका बुबाको नाम राधाचरण चट्टोपाध्याय थियो। नैहाटी गाउँको विद्यालयमा पढ्दै गर्दा उनले घर छाडे र सन्यासी जीवन प्रति आकर्षित भए। केही दिन पछि उनी घर फर्कँदै र क्रान्तिकारी राजनीतिमा सामेल भएका थिए। उनका भाइ नारायण चट्टोपाध्याय र बहिनी भानु देवी पनि बेलायत विरोधी गतिविधिसँग जशोर खुलना युवा समाजको भेषमा सम्बन्धित थिए।

बन्दी जीवन र मार्क्सवाद[सम्पादन गर्ने]

विष्णुले सन् १९६ मा जशोर खुल्ना युवा सङ्घ को क्रान्तिकारी समूहसँग काम गर्न शुरू गरेका थिए। सन् १९२९ मा खालिशपुरको स्वराज आश्रममा काम गर्दा उनलाई राजनीतिक डकैतीको लागि पक्राउ गरिएको थियो। सन् १९२६ देखि सन् १९३२ को बीचमा सङ्घका मजदुरहरू शस्त्रागार योजनामा ​​विभिन्न स्वदेशी लुटेरामा संलग्न भए। उक्त समूहलाई प्रहरीले 'टेरो कम्युनिष्ट समूह' नाम दिएको थियो। विष्णु चट्टोपाध्यायलाई बङ्गाल संशोधित फौजदारी प्रक्रिया ऐन अन्तर्गत मे २५ मा कानून अनाज्ञाकारिता आन्दोलनको सदस्यको रूपमा राखिएको थियो। उनी आफ्नो जीवनको २४ वर्ष जेलमा रहेका थिए भने उनी गम्भीर रोगको सिकार भएपछि उनलाई रिहा गरिएको थियो।[२][३]

किसान आन्दोलन[सम्पादन गर्ने]

चट्टोपाद्यायले शाखाबाही नदी र नावेकी बाँधमा शोभना बाँध निर्माण गरे र हजारौं किसानलाई जमिन्दार र प्रहरी बलको अगाडि भेला गरेका थिए। सन् १९४० मा उनको नेतृत्वमा २१ हजार एकड जमिन भूमिहीन मानिसहरूलाई बाँडिएको थियो। चट्टोपाद्याय खुल्ना जिल्लाका डुमुरिया, बटियाघाटा क्षेत्रमा किसान आन्दोलनका एक वरिष्ठ व्यक्तित्व बनेका थिए। उनी बिष्टु ठाकुरका नामले परिचित थिए। उनले सन् १९३९ र सन् १९४४ मा उनले दुई जिल्लामा किसान सम्मेलन आयोजना गरेका थिए। सन् १९४६ माउभाग क्षेत्रमा उनले क्षेत्रीय किसान सम्मेलनको पनि आयोजना गरिएको थियो। बङ्गालको विभाजन हुन भन्दा अघि र पछि उनी निवारक नजरबन्दमा परे र आफ्नो जीवनको २४ वर्षसम्म यातना बसेका थिए।[४][५]

कृषि अनुसन्धानकर्ताहरू[सम्पादन गर्ने]

एक अनुभवी किसान जस्तै उनलाई खेतमा के उर्वर गर्न भन्ने कुरा राम्रो थाहा थियो। उनले धान, केरा र अन्य कृषि उत्पादनहरू राम्रोसँग उत्पादन गर्ने सफल अनुसन्धानकर्ता थिए। उनी पशुपालन र पशुचिकित्साको बारेमा पनि ज्ञात थिऐ। उनले माछा पालन तथा माछा मार्ने विभिन्न तरिकाहरूमा जानेका थिए। उनलाई सयौँ जङ्गली बोटबिरुवाहरूको नाम जानेका थिए।

सामाजिक कार्य[सम्पादन गर्ने]

चट्टोपाध्याय बहुमुखी प्रतिभाको धनि थिए। उनले विश्व भारतीय विश्वविद्यालय अन्तर्गत किसान र वयस्क शिक्षा केन्द्र, लोकशिक्षा संसादको लागि रात्रि विद्यालयको निर्माण गरेका थिए। उनलाई कृषि विज्ञान र पशु चिकित्सा उपचारसँगको अनुभव थियो। सन् १९६९ मा उनले मेहनती मानुस नामका एक लेखहरूको सङ्ग्रह पनि प्रकाशन गरेका थिए।[६][७]

मृत्यु[सम्पादन गर्ने]

११ अप्रिल १९७१ मा उनलाई बङ्गलादेश मुक्ति युद्धको समयमा राजाकार (तात्कालिक पूर्वी पाकिस्तानमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका गैर बङ्गाली मानिसहरू) र मुस्लिम लिगका कार्यकर्ताहरूले निर्ममतापूर्वक हत्या गरेका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সুবোধ সেনগুপ্ত ও অঞ্জলি বসু সম্পাদিত, সংসদ বাঙালি চরিতাভিধান, প্রথম খণ্ড, সাহিত্য সংসদ, কলকাতা, সংশোধিত ও পরিমার্জিত পঞ্চম সংস্করণ, দ্বিতীয় মুদ্রণ, নভেম্বর ২০১৩, পৃষ্ঠা ৪৮৯-৪৯০, आइएसबिएन ९७८-८१-७९५५-१३५-६
  2. Volume 1, Subhodh Chandra Sengupta & Anjali Basu (२००२), Sansad Bangali Charitabhidhan (Bengali), Kolkata: Sahitya Sansad, पृ: 489–490, आइएसबिएन 81-85626-65-0 
  3. Amitava Chandra (१९९२), Abivakto Banglay Communist Andolon (Bengali), Kolkata: Pustak Bipani, पृ: 115, 117, आइएसबिएन 81-85471-08-8 
  4. Pinaki Biswas (२०१४), Seishab Shahidera (Bengali), Kolkata: Atirikto Publication, पृ: 53–55, आइएसबिएन 978-81-928741-0-4 
  5. Sheikh Mujibur Rahman, "Sheikh Mujibur Rahman: The Unfinished Memoirs", अन्तिम पहुँच डिसेम्बर ६, २०१७ 
  6. "SELECTED BIBLIOGRAPHY", अन्तिम पहुँच डिसेम्बर ६, २०१७ 
  7. Sutapa Chatterjee Sarkar, "The Sundarbans: Folk Deities, Monsters and Mortals", अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]