शर्मिला मल्ल
शर्मिला मल्ल | |
|---|---|
| जन्म | शर्मिला शाह |
| राष्ट्रियता | नेपाली |
| पेशा | अभिनेत्री , मोडेल , प्रोदुसर |
| कार्यकाल | सन् १९८४ – वर्तमान |
| जीवनसाथी | कृष्ण मल्ल |
| सन्तान | सक्रिय मल्ल |
शर्मिला मल्ल एक नेपाली अभिनेत्री हुन्। उनले नेपाली कथानक चलचित्र 'कान्छी[१]बाट चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्।
फिल्मोग्राफी
पुरानी अभिनेत्री हुन् सर्मिला मल्ल । एक समय उनी कान्छी अभिनेत्रीका रूपमा पनि परिचित थिइन् । फिल्म ‘कान्छी’ अभिनयपछि उनको यो परिचय बनेको हो ।
यो परिचय फिल्म ‘कान्छी’को नामको कारणले भन्दा पनि उनको उमेरका कारणले बनेको थियो । बीएस थापा निर्देशित यो फिल्म अभिनय गर्दा उनी १४ वर्षकी थिइन् । त्यतिबेलाका अभिनेत्रीमध्ये उनी नै कान्छी थिइन् । ‘कान्छी’ उनको डेब्यु फिल्म हो । त्यसपछि उनका लगातर दजर्नभन्दा बढी फिल्म आए । अभिनय सिलसिलामै सोे समय चलेका अभिनेता कृष्ण मल्लसँग प्रेम विवाह गरेकी उनी अहिले पनि फिल्म अभिनयमा सक्रिय छिन् । उनी अहिले फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी छन् । बादल, लगनगाँठो र गोठालो तीन फिल्म निर्माण गरेकी उनी अहिले नयाँ प्रोजेक्टको तयारीमा छिन् ।
| वर्ष | चलचित्रको नाम | भूमिका |
|---|---|---|
| सन् १९८४ | कान्छी | |
| सन् १९८५ | के घर के डेरा | |
| सन् १९८५ | बासुदेव | |
| सन् १९८६ | पन्ध्र गते | |
| सन् १९८८ | माया पिरती | |
| सन् १९९० | चेली बेटी | |
| सन् १९९३ | संकल्प | |
| सन् १९९४ | बादल | |
| सन् १९९६ | गोठालो |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepali Film – Kanchhi (1984)", FilmsofNepal.com, २०१२-०९-०७, अन्तिम पहुँच ८ अगस्ट २०१६।