शिवराज पन्त
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
शिवराज पन्त
[सम्पादन गर्नुहोस्]शिवराज पन्त बामदेव पन्त र पूर्णादेवीका छोरा हुन् । पन्तको जन्म डोटी जिल्लाको दानकोट गर्खाको, जैनोलीमा भएको थियो । शिवराज पन्तका बुवा बामदेव पन्त राणाकालमा इलाम जिल्लामा खरिदार थिए । भारतको मुरादावादमा उच्च शिक्षा हासिल गरेका शिवराज पन्त नेपाल प्रहरीको इन्सपेक्टरबाट राजीनामा दिएर नेपाली काँग्रेसबाट राजनीति शुरु गरेका थिए । २००७ सालको क्रान्ति पछि शिवराज पन्त डोटी गौडाको गभर्नर बनेका थिए ।
२०१५ को पहिलो आम निर्वाचनमा शिवराज पन्त नेपाली काँग्रेसको तर्फबाट डोटी दक्षिण क्षेत्र नं. ७१ र अहिले बझांगमा पर्ने थलारा डोटी उत्तर क्षेत्र नं. ७०बाट विजयी भएका थिए । २०१६ जेठ १३ गते बनेको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा शिवराज पन्त खाद्य, कृषि तथा वन मन्त्री बनेका थिए । नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी शिवराज पन्तकी दिदी हुन् । द्वारिकादेवी र शिवराज पन्त दुवै दिदी भाइ वीपी कोइरालाको सरकारमा सँगै मन्त्री थिए । डोटी, सिलगढीको पद्म हाइस्कूल र उच्चाकोटको सीताराम हाइस्कूल स्थापनामा शिवराज पन्तको विशेष योगदान रहेको छ ।
२०१७ पुस १ को कू पछि पक्राउ परेका पन्त २०१९ सालमा छुटेका थिए । पन्त पछि पंचायत प्रवेश गरेका थिए । शिवराज पन्त २०४४ सालमा राष्ट्रिय पंचायतको सदस्य बनेका थिए । कैलालीको अत्तरियामा बसोबास रहेका पन्तले २०५७ सालमा आफ्नो घरमा रहेका कमैया मुक्त गरेर कमैया मुक्ति आन्दोलनलाई सघाएका थिए ।