शुभ बहादुर सुनाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका प्रसिद्ध संगीतकार एवं स्याक्साफोन बादक|

पेशागत रूपमा नेपाली सेना का अ.प्रा. सहायक रथी(Ret. Brigadier General) श्री सुनाम एक सफल संगीत संरचनाकार( arranger)पनि हुन| उनको संगीतमा मीरा राणाद्वारा गाईएको "फुलै फुलको मौसम तिमीलाई" र दीप श्रेष्ठद्वारा गाईएको "हु यात्री एउटा " गीत सदावहार मानिन्छन| कुनै समय शम्भुजीत बास्कोटासँग जोडिको रूपमा "शुभ-शम्भु"को नामले संगीत क्षेत्रमा प्रचलित उनले "के घर के डेरा"मा लगायत धेरै रचनामा संगीत दिएका छन| नारायणगोपालद्वारा गाईएको "तिमीले भनेका सारा देव छोएर" यी मध्य उल्लेखनीय रहेको छ| उनी प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली द्वारा गाईएको सबै जसो नेपाली गीत का संगीत संरचनाकार पनि हुन|