शेष चाँदतारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेष चाँदतारा
शेष चाँदतारा
जन्म२०२५ साल
जयमंगलापुर, पर्सा, नेपाल
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणकेन्द्रीय सदस्य तमलोपा नेपाल
धर्मइस्लाम
जीवनसाथीमन्सुरबाबु

शेख चाँदतारा नेपाली राजनीतिज्ञ र राष्ट्रिय महिला आयोगकी वर्तमान अध्यक्ष हुन्। उनी तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

राजनीतिज्ञ बुबा शेख मोहम्मद आरिफ तथा आमा नेसा खातुनकी माहिली छोरी चाँदतारा जयमंगलापुर, पर्सामा २०२५ सालमा जन्मिएकी हुन्।[१] उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट बी.कम. सिध्याएपछि उनको वीरगंजका अधिवक्ता मन्सुरबाबुसँग २०४५ सालमा विवाह भयो। त्यसपछि उनले स्कुलमा पढाउन थालिन्। ज्ञानबाटिकामा ५ वर्ष अध्यापन गरेपछि उनी नेसनल मेडिकल कलेजमा एकाउन्ट सेक्सनमा काम गर्न थालिन्। ५ वर्ष त्यहाँ काम गरिसकेपछि उनी फोरमका तर्फबाट महिला विभागमा केन्द्रीय महासचिवका रूपमा काम गर्न थालिन्। त्यसपछि समाजसेवामा पनि उनको सक्रियता बढ्दै गयो। फोरम विभाजनपछि उनी तमलोपा हुँदै हाल तमलोपा नेपालकै केन्द्रीय सदस्यका रूपमा कार्यरत छिन्। १० वर्षअघि उनको अध्यक्षतामा स्थापना भएको नेपाल मुस्लिम महिला सङ्घ मार्फत मुस्लिम महिलाका लागि विभिन्न कार्यक्रममा सहभागी भइन्। त्यसको ३ वर्षपछि महिला नागरिक समाज स्थापना गरी सबै जाति-समुदायका महिलाका निम्ति हिंसाविरुद्ध काम गर्न थालिन्। चाँदतारा ४ वर्षका लागि राष्ट्रिय महिला आयोगको अध्यक्षमा मनोनीत भएकी हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. व्यक्तिगत प्रोफाइल वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१२ मिति राष्ट्रिय महिला आयोग

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]