श्याम गोतामे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्याम गोतामे ( वि.सं. १९९६ भदौ २६ – वि.सं. २०५५ वैशाख १९) नेपाली हास्य-व्यङ्ग्यकार तथा निबन्धकार थिए।[१][२]

जन्म[सम्पादन गर्नुहोस्]

श्याम गोतामेको जन्म वि.सं. १९९६ भदौ २६ गते ज्वालाप्रसाद गौतम र राधादेवी गौतमको जेठा छोराको रूपमा काठमाडौँस्थित पाको पोखल्ड्याङमा भएको थियो। श्यामको न्वारनको नाम रेवती गौतम राखिएको भएपनि नागरिकता प्रमाणपत्रमा चाहिँ श्यामप्रसाद गौतम नाम रहेको देखिन्छ।[३]

शिक्षादीक्षा[सम्पादन गर्नुहोस्]

उनको बुवा ज्वालाप्रसादको नेपाल सरकारको कर्मचारी भएकोले अस्थिरता र अव्यवस्थाकैबीच गोतामे वि.सं. २००९ सालमा गौरस्थित श्री ३ जुद्ध हाईस्कूलमा एकैचोटी ९ कक्षामा भर्ना भए। भर्ना भएको दुई वर्षपछि वि.सं. २०११ सालको प्रवेशिका परीक्षामा सामेल भई उक्त परीक्षामा तृतीय श्रेणीमा उत्तीर्ण गरेका थिए।

एस.एल.सी. उत्तीर्ण गरेपछि गोतामे वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको रात्रिकक्षामा भर्ना भइ अध्ययनलाई अगाडि बढाउन थाले। उनले वि.सं. २०१३ सालमा पटना विश्वविद्यालयबाट प्रमाण पत्रतहको परीक्षामा सामेल भई उत्तीर्ण भए।

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]

गोतामेको वि.सं. २०१३ साल असार १७ गते पद्मा शर्मासँग विवाह भएको थियो। उनको दुई छोरा र दुई छोरीहरू छन्।

साहित्यिक लेखनमा प्रवेश[सम्पादन गर्नुहोस्]

उनले लेखेको पहिलो हास्यव्यङ्ग्य रचना 'मैले पनि पिउन सिकें' वि.सं. २०२५ साल माघ २६ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो। त्यसपछि उनले 'गोरखापत्र', 'समीक्षा', 'प्रतिध्वनि', 'रूपरेखा', 'मातृभूमि' जस्ता पत्रपत्रिका र हास्यव्यङ्ग्यपरक सामयिक सङ्कलनमा प्रकाशित भएका हास्यव्यङ्ग्य रचनाहरूको पहिलो कृतिको रूपमा मपाईं निस्किएको थियो। कौवा प्रकाशनको १०औँ प्रकाशनका रूपमा निस्किएको यस कृतिमा जम्मा १६ वटा हास्यव्यङ्ग्य रचना सङ्कलित थियो।[४][५]

कृतिहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • भैरव हास्यव्यङ्ग्य पुरस्कार २०४९

अवशान[सम्पादन गर्नुहोस्]

हास्यव्यङ्ग्य लेखनमा प्रवेश गरेका श्याम गोतामेको नेपाली हास्यव्यङ्ग्यमा दीर्घजीवन बाचेर आकस्मिक ढङ्गले वि.सं. २०५५ साल वैशाख १९ गते बिहान पौने ५ बजेतिर देहान्त भयो। उनको मृत्यु हुदा उनको उमेर ५९ वर्ष पुगेको थियो।

सन्दर्भ–सामग्री[सम्पादन गर्नुहोस्]

  1. ज्योति पाण्डे– भैरव अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, स्नातकोत्तर शोध–पत्र २०५३, नेपाली केन्द्रीय विभाग, त्रि.वि.वि. कीर्तिपुर
  2. "गाईजात्रामा हास्यव्यंग्य", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३ 
  3. केशबहादुर राई– हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, रचना प्रकाशन, ०५३, काठमाडौँ
  4. गङ्गाप्रसाद उप्रेती– दृष्टिकोणका विविध विसाउनी, २०४६, काठमाडौँ
  5. "खरा र खस्रा हास्यव्यङ्ग्यकार श्याम गोतामे", समकालीन साहित्य, अन्तिम पहुँच २०२०-०९-०३ 
  6. भरतकुमार भटृराई– हास्यव्यङ्ग्यको सैद्धान्तिक स्वरूप, स्नातकोत्तर शोध–पत्र २०४४, नेपाली शिक्षण समिति, त्रि.वि.वि. कीर्तिपुर
  7. भैरव अर्याल (सं.)–साझा निबन्ध, साझा प्रकाशन, सा. सं. २०४९, पुलचोक ललितपुर
  8. श्याम गोतामे –मपाईं (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), कौवा प्रकाशन २०२६, काठमाडौँ
  9. जदौ –(हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), रत्न पुस्तक भण्डार,२०२७, काठमाडौँ
  10. जदौ –कायेनवाचा (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), साझा प्रकाशन, २०३३, पुल्चोक
  11. जदौ –श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य, ने.रा.प्र.प्र., २०४६, काठमाडौँ
  12. माणिकरत्न शाक्य (सं.)–हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, २०५६, काठमाडौँ
  13. राजेन्द्र सवेदी– स्रष्टा–सृष्टिः द्रष्टा–दृष्टि, साझा प्रकाशन, दो.सं.२०४३, पुल्चोक, ललितपुर
  14. भैरव अर्याल/वासुदेव शर्मा (सं.)–छ्याकन (हास्यव्यङ्ग्य सङ्ग्रह), कौवा प्रकाशन, २०३८
  15. राजेन्द्र सुवेदी/हीरामणि शर्मा– नेपाली हास्यव्यङ्ग्य निबन्ध, साझा प्रकाशन, दो.सं.२०५१, पुल्चोक

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]