श्रीकान्त जिचकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. श्रीकान्त जिचकर
व्यक्तिगत विवरण
जन्म
श्रीकान्त जिचकर

(१९५४-०९-१४)१४ सेप्टेम्बर १९५४
कटोल, महाराष्ट्र, भारत
मृत्यु२ जुन २००४(2004-06-02) (उमेर ४९)
नागपुर
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथीराजश्री जिचकर
सन्तान(हरू)

श्रीकान्त जिचकर ( मराठी : श्रीकांत जिचकर ) (१४ सेप्टेम्बर १९५४ – २ जुन २००४) एक भारतीय केन्द्रीय निजामती कर्मचारी र राजनीतिज्ञ थिए। उनले २० विषयमा विश्वविद्यालय डिग्री प्राप्त गरेका थिए, र २६ वर्षको उमेरमा नै देशको सबैभन्दा कान्छो विधायकका रूपमा चुनिने सौभाग्य पनि।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

श्रीकान्त जिचकरको जन्म सन् १९५४ मा भारतको एउटा सम्पन्न मराठी कृषक परिवारमा भएको थियो। उनी भारतकै सर्वाधिक अध्ययन गर्ने व्यक्ति थिए जसलाई गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सुचीकृत गरिएको थियो।

श्रीकान्तले २० भन्दा बढी डिग्री हासिल गरेका थिए। तीमध्ये केहीमा उनले सर्वश्रेष्ठ भएवापत स्वर्ण पदक समेत जितेका थिए भने केही विषयका डिग्री उच्च शिक्षामा नियम नभएका कारण उनलाई प्राप्त हुन सकेन।

उनका केही शैक्षिक योग्यताहरूमा एम.बि.बि.एस, एम.डी (स्वर्ण पदक प्राप्त गरेका), एलएलबी, एलएलएम, एमबीए, पत्रकारितामा स्नातक, संस्कृत मा डी.लिट. उपाधि पाउनुका साथै विश्वविद्यालय प्रथम, अङ्ग्रेजी, हिन्दी, इतिहास, मनोविज्ञान, समाजशास्त्र, राजनीतिशास्त्र, आर्कियोलोजी र एन्थ्रोपोलोजीमा स्नातकोत्तर रहेका छन्।

श्रीकान्तले सन् १९७८ मा आईपीएस र १९८० मा आईएएस अधिकारी भएर पनि काम गरे। १९८१ मा महाराष्ट्रबाट विधायक बनेर राजनीतिक यात्रा सुरू गरेका श्रीकान्तले सन् १९९२ देखि १९९८ सम्म राज्यसभा सांसदको जिम्मेवारी पनि बहन गरे। २६ वर्षको उमेरमा देशकै सबभन्दा कम उमेरको विधायक बनेका श्रीकान्त महाराष्ट्र सरकारमा मन्त्री समेत बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]