संगतआश्रम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
संगत आश्रम
स्थापना२००७; १३ वर्ष अघि (२००७)
संस्थापकपुष्पराज पुरुष
प्रकारगैर नाफा मुलक
स्थान
विधियोग कार्यक्रम, ध्यान
प्रमुख व्यक्ति
पुष्पराज पुरुष
वेबसाइटसंगतआश्रम


संगतआश्रम (अङ्ग्रेजी: Sangat Aashram) नेपालको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालीका वडा नम्बर ९, लामाटार, ढुंगेनमा अवस्थित छ। संगतआश्रमको स्थापना साधक तथा योगी श्री पुष्पराज पुरुष ज्युले गर्नु भएको हो। २०६३ साल कार्तिक देखि संचालनमा आएको संगतआश्रम शुरुमा काठमाडौँको बत्तीसपुतलीमा अवस्थित थियो र २०६६ देखि हालको ठेगाना ललितपुरको लामाटारमा स्थानान्तरण भएको थियो।संगतआश्रम द्वारा योगको प्रशिक्षण दिने गरिएको छ। संगतसंस्कृतिको संस्कार अनुसार योगलाई पाँच किसिमले बुझाउने गरिन्छ।त्यैसैले हाल संगतआश्रममा हठयोग, भक्तियोग, ज्ञानयोग, कर्मयोग र ध्यानयोगको प्रशिक्षण दिने गरिएको छ।

उद्देश्य[सम्पादन गर्ने]

संगतसंस्कृतिका प्रमुख उद्देश्य निम्न लिखित छन।


१. आध्यात्मिक भौतिक चिन्तनका यथार्थ कुराहरूलाई आत्मसाथ गर्दै योगको गरिमा र महिमालाई व्यवहार मा उतार्ने वातावरण को सिर्जना सहित प्रशिक्षण गर्ने ।

२. धर्म, क्षेत्र, जात र वर्गको नाममा बनाइएका अप्राकृतिक तर्कहरुको खण्डन गर्दै पञ्चतत्वको वास्तविक भेदलाई खोली साझासंस्कृतिलाई आत्मसाथ गर्ने संगत संस्कृतिको स्थापना गर्ने ।

३. पूर्वीय दर्शन र ऋषि परम्परामा देव भाषा संस्कृत भाषा प्रयोग भएकोले सृष्टि काल देखिको गौरवको रक्षार्थ संस्कृत भाषालाई संगतसंस्कृतिको सांस्कृतिक भाषा को रूपमा स्थापित गर्ने ।

४. संगतसंस्कृतिमा मानिसको जात एकमात्र मानव हुनेछ र (स्त्रीलिंग, पुलिङ्ग र उभयलिङ्ग) को आधार मा क्रमशः स्त्री, पुरूष र उभय थर लेख्ने परम्पराको थालनि गर्ने र सगोत्री विवाह नगर्ने, गोत्रीय परम्परा लाई निरन्तरता दिने ।


५. जन्मको आधारमा मानिआएका काल्पनिक सामाजिक मान्यता आवश्यकता अनुसार परिमार्जन गरि सम्पूर्ण शास्त्र अनुसार कर्म को आधारमा वर्ण व्यवस्थालाई समन्वय गरी संगतवादि समृद्ध समाजको निर्माण गर्ने ।

६. पञ्चतत्वको उत्पत्ति देखिनै तत्वको चरित्र सनातन रहेकोले प्राकृतिक चरित्रलाई सर्वोपरि ठान्ने सनातन तन्त्र नै शास्वत ब्रह्माण्डिय स्वभाव हो भन्ने सत्यको उजागर गर्ने।

७. संगतसंस्कृतिमा स्वधर्मलाई आत्मसाथ गर्दै प्रत्येक देशका नागरिक ले गाँस बास र कपासमा स्वदेशकै स्वभाव अनुसारको व्यक्तिगत वा सामाजिक चरित्रको विकास गर्ने वातावरण बनाउँदै आत्मादेखि परमात्मासम्मको यात्रा पुरा गर्न सक्ने ज्ञान की शिक्षा दिने।

८. संगतसंस्कृतिमा योग, प्राकृतिक चिकित्सा र, आयुर्वेद जस्ता प्रकृतिलाई हानि नगर्ने उपचार पद्धतिको विकास गर्दै सन्त जिवन बिताउने आश्रमहरुको निर्माण तथा विस्तार गरि जनजिवनलाई सरल बनाउने ।

९. संगतसंस्कृतिमा वर्ण व्यवस्था अनुसार कर्म चरित्रको आधारमा ४ किसिमका क्रमशः आगन्तुक, साधारण, सक्रिय र आजीवन सदस्यता वितरण गरि संगठन विस्तार गर्ने ।


सदस्यता[सम्पादन गर्ने]

संगतसंस्कृति स्थापना गर्न निम्न लिखित सदस्यता दिने निर्णय गरिएको छ।

  1. आगन्तुक सदस्य (शुद्र, श्रम, कृया) – श्रम परिचालन
  2. साधारण सदस्य (वैस्य, अर्थ, गति) – श्रोत परिचालन
  3. सकृय सदस्य (क्षेत्रि, रक्षा, काल) – शक्ती पारीचालन
  4. आजीवन सदस्य (ब्राह्मण, शिक्षा, चेतना) ज्ञान पारीचालन

१) आगन्तुक सदस्य (शुद्र, श्रम, कृया) – श्रम परिचालन नोट:- संगतसंस्कृतिको लागि श्रम खर्च गर्ने, शुभ चिन्तकको रुपमा रहने, आफ्नु अनुसार आश्रमका गतिबिधीमा शाहअभागी हुने, कुनै पनि निती नियम र आचरण सिक्न खोजेको, आश्रमको साधारण ज्ञान भएको, ऐच्छिक दान दिने, आश्रम लगायत सामाजिक सेवा गर्ने वा समग्रमा श्रम परिचालन गर्ने संसारका सबै मनिसहरु आगन्तुक सदस्य हुनेछन।

२) साधारण सदस्य (वैस्य, अर्थ, गती) – श्रोत परिचालन नोट:- संगतसंस्कृति पूर्णरुपमा स्विकारेको, न्युनतम मासिक एक हजार रुपैया आश्रममा दान दिने, आश्रमका सबै गतिबिधीमा सहभागि भई नेत्रित्व गर्ने, जाड, रक्सी, माछा, मासु, अन्डा, चुरोट, बिडी जस्ता तमसी भोजन नगर्ने, आश्रमको सम्पूर्ण निती नियम पालन गर्ने, आफ्नो नामको पछाडि स्त्री, पुरुष वा उभय लेख्ने, आगन्तुक सदस्यलाई साधारण सदस्य बन्नको लागि प्रेरणा दिने, नौ दिनको साधारण कक्षा लिएको, आगन्तुक सदस्य, सकृया सदस्य र आजीवन सदस्यहरुको बिचमा समान रुपमा श्रोत परिचालन गर्ने र राष्ट्रिय आर्थिक क्षेत्र रक्षार्थ जीवन दिने संसारका सबै मनिसहरु साधारण सदस्य हुनेछन।

३) सकृय सदस्य (क्षेत्रि, रक्षा, काल) – शक्ती पारीचालन नोट:- संगतसंस्कृति पूर्णरुपमा स्विकारेर पारिवारिक रुपमा आश्रमका नियमहरु पालना गरेको, आफ्नो आम्दानीको न्युनतम १५ प्रतिशत आश्रमलाई दान गर्ने, संसारका कुनै पनि ठाउँमा गएर नेत्रित्व लिने, पढाधिकरी भएर बस्ने, प्रशिक्षण दिने, साधारण सदस्य, आगन्तुक सदस्य र आजीवन सदस्यको संरक्षण गर्ने, संगतसंस्कृति स्थापनार्थ संगठन बिस्तार गर्ने, आश्रमका श्रीसम्पतीको हेरचाह गर्ने, पूर्ण रुपमा संगतसंस्कृति स्विकारेर समाजमा लागु गर्ने, संगतसन्स्क्रिती रक्षार्थ जीवन दिने साथै राष्ट्रिय राजनिती गर्दै संगत सरकार सन्चालन गर्ने संसारका सबै ब्यक्तीहरु सकृया सदस्य हुनेछन।

४) आजीवन सदस्य ( ब्राह्मण, शिक्षा, चेतना) - ज्ञान पारीचालन नोट:- संगतसंस्कृति स्विकारी ब्यक्तिगत र समुहगत जीवन पूर्णरुपमा त्यागेको, भगवान प्राप्ती नै अन्तिम लक्ष्य बनाएको आफ्नो नाममा श्रीसम्पती नराख्ने, सम्पूर्ण कुरा आश्रममा समर्पित गरेको, आफ्नो नाममा बैंक खाता नभएको, आगन्तुक सदस्य, साधारण सदस्य र सकृय सदस्यलाई पूर्ण रुपमा ज्ञान बाडने, पूर्णरुपमा इन्द्रिय नियन्त्रण गर्न सक्ने, धर्म रक्षाको लागि जीवन समर्पित गर्ने, धर्म, क्षेत्र, जात, र बर्गको नाममा भएको कुरितीलाई हटाई संसारमा नै साझासन्स्क्रितीको बिकास गरी आवश्यक धार्मिक निती नियम बनाई आश्रमहरुमा लागु गर्ने, अश्रमको संगठनिक ढाचा पूर्णरुपमा संरक्षक भई लागु गर्ने, संसारका सबै सरकारलाई धर्मको मर्म बुझाई धार्मिक नेत्रित्व दिदै संबैधानिक रुपमा धर्म सरकारहरुलाई आवश्यक निर्देशन दिने र परमात्मा प्राप्तीका लागि जीवन समर्पित गर्ने संसारका धार्मिक ब्यक्तीहरु आजीवन सदस्य हुनेछन।

संगतबाणी[सम्पादन गर्ने]

  1. जे जे हुन्छ हुन देऊ, जहाँ छुन्छ छुनदेऊ, जिन्दगी यो प्रकृति हो खुलम्खुल्ला चल्नदेउ । – जयसंगत
  2. सुख दुःख धारणा हो उपज सोचाईको जाने देखि सुवाष छ प्राप्ति खोजाईको । – जयसंगत
  3. संसार नै स्वर्ग हुन्छ सत्य सबै जान प्रकृति ने पूज्न योग्य स्वधर्म हो ज्ञान । – जयसंगत
  4. रात दिन भण्डार हो खोजे मिल्छ खुसी ब्रह्माण्ड को दान राम्रो, संगत भए सुखी । – जयसंगत
  5. कर्म नै हो मुक्त गर्ने राम्रो राम्रो सोच परमतत्व हामी आफै, आफै भित्र खोज । – जयसंगत
  6. बुझनु नबुझनु दुइटै बुझनु हो । – जयसंगत
  7. कि नेतृत्व गर्नुस् । कि नेतृत्व स्विकार्नुस् । – जय संगत
  8. नेतृत्वले कारण दिने होईन । नेतृत्व के परिणाम दिने हो । – जयसंगत
  9. गाँस, बास र कपास को मात्र चिन्ता गर्ने व्यक्ति ले प्राणी जगत को हित गर्न सक्दैन । – जयसंगत
  10. सन्तान जन्माउनु ठेक्का होईन् । मर्म नबुझि सन्तान जन्माउनु पाप हो । – जयसंगत
  11. जीवन भनेको योग हो । विना संगत योग हुँदैन । – जयसंगत
  12. विरोध गर्नलाई पनि हैसियत चाहिन्छ । – जयसंगत
  13. कर्म नगरि खानु गलत हो भने आफ्नो कर्म बाट खानु कर्मयोग हो । – जयसंगत
  14. गाँस बास र कपासमा मात्र आशक्ति राख्नु मानवीय गुण हैन् । – जयसंगत
  15. अरूलाई असर नपुयाईकन आवश्यकता पुरा गर्ने कर्म नै सत्कर्म हो । – जयसंगत
  16. सबै तन्त्रहरू भन्दा उत्तम तन्त्र सनातन तंत्र हो । – जयसंगत
  17. सबै वादहरु भन्दा उत्तम वाद संगतवाद हो । – जयसंगत
  18. सबै संस्कृतिहरुलाई समेट्ने साझा संस्कृति संगतसंस्कृति हो । – जयसंगत