सञ्जयकुमार गौतम
स्वरूप
(संजयकुमार गौतमबाट अनुप्रेषित)
सञ्जयकुमार गौतम | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७४ फागुन २० | |
| पूर्वाधिकारी | श्यामप्रसाद ढकाल |
| निर्वाचन क्षेत्र | बर्दिया १ |
| व्यक्तिगत विवरण | |
| जन्म | २६ अप्रिल १९६३ |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली कांग्रेस |
सञ्जयकुमार गौतम एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बर्दिया १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१]
नेपाली कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतम बर्दियाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेका उनले ३५ वर्ष राजनीतिमा बिताए । २०२० सालमा बर्दियामा जन्मिएका गौतमले १७ वर्ष जिल्ला सभापति भएर पार्टी हाँके । [२]
पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति भए । तीन पटक सांसद भएका उनी सिँचाइ मन्त्रीसमेत भएका थिए । वि.सं २०३६ सालको आन्दोलनसँगै उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए ।[१][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सञ्जयकुमार गौतम", कान्तिपुर, अन्तिम पहुँच २०२३-०९-२६।
- ↑ गौतम (भिडियोसहित), हर समय :: पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो-संजय कुमार, "पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित)", पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित), अन्तिम पहुँच २०२५-०६-१२।

| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |