संज्ञा मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संज्ञा मल्ल हाल कङ्गोको किन्सासा सहरमा रहेको मोनुस्को प्रहरीको स्वास्थ्य तथा वातावरणीय एकाईको प्रमुखको रूपमा कार्यरत नेपाल प्रहरीमा उपरीक्षक हुन्। उनलाई चिकित्सा सेवामा योगदान पुर्‍याए वापत सन् २०२१ मा युएन महिला पुलिस अफिसर अफ द इअरबाट सम्मानित गरिएको थियो। उनले कोरोना भाइरस महामारीइबोला भाइरसको प्रकोपको बेला कङ्गोका जनतालाई सहयोग गरेकी थिइन्। उनको एकाईले सन् २०२१ मे महिनामा गोमा ज्वालामुखी विष्फोट हुँदा प्राकृतिक र मानवीय सङ्कटमा पनि काम गरेको थियो। [१][२]

करियर[सम्पादन गर्नुहोस्]

मल्ल नेपाल प्रहरीकी स्वास्थ्य शाखासँग सम्बन्धित छिन्।[३] उनी सन् २००८ मा प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरेकी थिइन्। सन् २०१६ देखि सन् २०१७ सम्म उनले हाइटीमा संयुक्तराष्ट्र स्थिरीकरण अभियानको कार्यभार सम्हालेकी थिइन्। सन् २०१७ देखि उनी किन्सासामा मोनुस्को प्रहरीको स्वास्थ्य तथा वातावरणीय एकाईको प्रमुखको रूपमा कार्यरत छिन्।[४]

कङ्गोमा उनको एकाईले ३०० भन्दा बढी जागरूकता अभियान सञ्चालन गरिसकेको छ। उनी लगायत उनको टोलीले स्थानीय वासीहरूको लागि विभिन्न वातावरण सुरक्षा अभियान चलाइरहेको छ।[५]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • वर्षको उत्कृष्ट संयुक्तराष्ट्र महिला प्रहरी अधिकारी- सन् २०२१ नोभेम्बर ९

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • फाइलिस ओसेई- वर्षको उत्कृष्ट संयुक्तराष्ट्र महिला प्रहरी अधिकारी (सन् २०१८)

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepalese peacekeeper in the DRC receives UN Woman Police Officer of the Year Award", Africa Renewal, २०२१-११-०४, अन्तिम पहुँच २०२१-११-०६ 
  2. "डाक्टर संज्ञा मल्ल « Jana Aastha News Online", अन्तिम पहुँच २०२१-११-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-०६ मिति
  3. "Police promotion based on meritocracy: IGP Aryal", अन्तिम पहुँच २०२१-११-०६ 
  4. Times, Nepali, "Nepal’s UN Policewoman of the Year", अन्तिम पहुँच २०२१-११-०६ 
  5. "Nepalese peacekeeper in the DRC receives UN Woman Police Officer of the Year Award", Africa Renewal, २०२१-११-०४, अन्तिम पहुँच २०२१-११-०६