प्रमुख समाचार माध्यमद्वारा दिइएको परिणाम अनुसार सन् २०२० को राष्ट्रपतिय निर्वाचनको निर्वाचकीय नक्सा। रातो ट्रम्प र पेन्स समूह, निलो बाइडेन र ह्यारिस समूह र खैरौँ धेरै नै प्रतिस्पर्धात्मक र अन्तिम परिणाम नआएसम्म आकलन गर्न नसकिने बताउँछ।
सन् २०२० संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचनको ५९औँ चुनाव हो।[४] यो निर्वाचन सन् २०२० नोभेम्बर ३ मा सम्पन्न भएको थियो जसमा जो बाइडेन विजयी भएका छन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनसँगै सन् २०२० सिनेट निर्वाचन र सन् २०२० सदन निर्वाचन लगायत अन्य विविध निर्वाचनहरू एकैसाथ सम्पन्न भएको छ। अमेरिकी मतदाताहरूले राष्ट्रपतिय चुनावको लागि मतदान गरिसकेपछि निर्वाचित निर्वाचक मण्डलका सदस्यहरूले सन् २०२० डिसेम्बर १४ का दिन वर्तमान पदासिन डोनाल्ड ट्रम्प र माइक पेन्स वा नयाँ अमेरिकाको राष्ट्रपति र अमेरिकाको उपराष्ट्रपति छान्नको लागि मतदान गर्नेछन्। यो निर्वाचनको परिणाम अनुसार पदासिन राष्ट्रपति सन् १९९२ पछि पहिलो पटक पराजित हुन पुगेको छ।
↑Trump's official state of residence was New York in the 2016 election but has since changed to Florida, with his permanent residence switching from Trump Tower to Mar-a-Lago in 2019.[३]