सबरिना हो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सबरिना हो
Sabrina Ho
मकाउ महोत्सवमा बोल्दै सबरिना
जन्म何超盈
(1990-09-24) २४ सेप्टेम्बर १९९० (उमेर ३३)
ब्रिटिश हङकङ्
राष्ट्रियताहङकङ
शिक्षाहङकङ विश्वविद्यालय
पेशाउद्यमी, कला र संस्कृति उजागरकर्ता
मातापितास्ट्यान्ले हो
लियोङ ओन-केई

सबरिना हो चि येङ (चिनियाँ: 何超盈) एक मकाउकी उद्यमी हुन् । उनी पोली अक्सन मकाउ लिमिटेडकी निर्देशिका र प्रमुख कार्यकारी अधिकृत हुन् ।[१][२][३][४][५] साथै उनी चिउ येङ संस्कृति लिमिटेडकी स्थापनाकर्ता र प्रमुख कार्यकारी अधिकृत हुन् ।[१][२][५][६] यस वाहेक उनी रिजेन्सी होटल मकाउकी सञ्चालिका तथा मालिक छिन् ।[२] सन् २०१६ मा मकाउको प्लाजाओ भर्सेज र कार्ल लागेर्फेल्ड होटलमा योगदान गरेवापत उनलाई फोर्ब्स एसिया शक्ति व्यवसायी महिला: एक पटक हेर्नेपर्नेको सूचीमा स्थान दिइएको थियो ।[७] सबरिना एक कला सङ्ग्रहकर्ता र सेलिब्रिटी उत्सवमा प्रायजसो देखा परिरहने महिला हुन् ।

जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

सबरिनाको जन्म २४ सेप्टेम्बर १९९० मा हङकङमा भएको हो । उनी गेमिङ टाइकुन स्ट्यान्ले होकी ठुली छोरी हुन् ।[१][२] उनको परिवार चार्ल्स माउरिस बेसम्यानका युहुदी डच वंशक हुन् ।[८] उनी अङ्ग्रेज वंशकी हुन् भन्ने जानकारी समेत रहेको छ ।[९] उनको परिवारमा दुई सानो भाइ र एक सानी बहिनी छन् ।

सबरिनाले वाल्यकालदेखि नै चित्रकलाको अध्ययन गरेकी थिइन् । उनको बुवाको वृहत व्यक्तिगत प्राचीन वस्तुहरू र कलाकृतिको सङ्ग्रह सहितको कला सामुदायिक केन्द्र रहेको थियो जसले सबरिनालाई सानैदेखि प्रभावित बनाएको थियो ।[५][१०][११]

सबरिनाको कलाप्रतिको चाहनाले गर्दा उनले हङकङ विश्वविद्यालयबाट कला क्षेत्रमा स्नातक गरेकी थिइन् । उनले सन् २०१३ मा स्नातक तह उतिर्ण गरिन ।[५][१०][११][१२] सबरिनाले एमबिएको अध्ययन स्विजरल्याण्डबाट गरिन । यस पढाईले उनलाई होटल व्यवस्थापनमा अगाडि बढ्न तयार गरेको थियो ।[१३] सबरिनासँग हङकङको अचल सम्पति विक्री गर्ने अधिकार पत्र रहेको छ र उनी एक प्रमाणित वित्तीय सल्लाहकार पनि हुन् ।[११]

करियर[सम्पादन गर्नुहोस्]

सबरिनाले आफ्नो कम्पनीको सञ्चालन् गर्नुभन्दा पहिले विभिन्न कम्पनीमा कार्य गरेकी थिइन् । उनले बैङ्क, कानुनी केन्द्र र उच्च न्यायलयको न्यायधिशको सहायकको रूपमा कार्य गरेकी थिइन् । उनले १७ वर्षकै उमेरमा उच्च न्यायलयको न्यायधिशको सहायकको रूपमा कार्य गरेर ठुलो छाप छोड्न सफल भएकी थिइन् । उनी त्यस समय कफी बनाउने, फोटोकपी गर्ने र न्यायलयमा मुद्दाको समयमा उपस्थित हुने कार्य अझै सम्झने गर्छिन् ।[१३]

सन् २०१५ मा सबरिनाले चिउ येङ सांस्कृतिक लिमिटेड स्थापना गरिन जसको मुख्य उद्देश्य नयाँ कलाकारहरूलाई कलाको क्षेत्रमा पहिचान गर्ने र तिनीहरूलाई छात्रवृति प्रदान गरेर जनकला मेला तथा कला विमोचन कार्यक्रममा उनीहरूद्वारा बनाइएको कलाकृतिलाई हौसला प्रदान गर्ने थियो ।[१][२][५][६][११]

सन् २०१५ मै सबरिना पोली अक्सन मकाउ लिमिटेडकी निर्देशिका र प्रमुख कार्यकारी अधिकृत बनिन जुन एउटा चिनियाँ र एसियाली कला, प्राचीन वस्तुहरू र बहुमूल्य गहनाहरूलाई प्रस्तुत गर्ने एउटा विमोचन गृह थियो ।[१][२][३] पोली अक्सन मकाउले आफ्नो पहिलो कला विमोचन कार्यक्रम रिजेन्सी मकाउमा सन् २०१५ जनवरीमा गरेको थियो । यस अक्सनको लागत २४,५०,००,००० हङकङ डलर रहेको थियो ।[१४][१५][१६][१७]

व्यवसाय[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ Phoenix News Media Limited (चिनियाँमा), २०१५-१०-२६ http://ent.ifeng.com/a/20151026/42515641_0.shtml |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०१६-०३-१० 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "Macau has the potential to develop art auctions and hotel art fairs", Macau Business Daily, अन्तिम पहुँच २०१६-०३-१० 
  3. ३.० ३.१ Oriental Daily News (चिनियाँमा), २०१५-१२-२८ http://orientaldaily.on.cc/cnt/entertainment/20151226/00282_029.html |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०१६-०३-१० 
  4. Macao Daily News (चिनियाँमा), २०१५-१०-२७ http://www.macaodaily.com/html/2015-10/27/content_1039792.htm |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०१६-०३-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-३० मिति
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ Hong Kong Economic Journal (चिनियाँमा), २०१६-०१-०८ http://lj.hkej.com/watchjewelry/article/id/1217588/%E6%AF%8F%E6%97%A5%E5%A5%A2%E8%89%B7%EF%BC%9A%E4%BD%95%E8%B6%85%E7%9B%88+%E4%BD%B3%E4%BA%BA%E9%81%8A%E6%96%BC%E8%97%9D |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०१६-०३-१० 
  6. ६.० ६.१ "Sabrina Ho empenhada em promover a arte", Jornal Tribuna de Macau (पुर्तुगालीमा), २०१६-०१-११, अन्तिम पहुँच २०१६-०३-१० 
  7. Scott, Mary (२०१६-०४-०६), "Asia's Power Businesswomen, 2016: Ones To Watch", Forbes, अन्तिम पहुँच २०१६-०५-१२ 
  8. http://www.clement-jones.com/ps02/ps02_340.htm
  9. "【超盈獨家專訪4】澳門掃街勁擦菠蘿豬扒包膽粗粗晒葡文", Apple Daily, २०१५-०९-११, अन्तिम पहुँच २०१६-०८-१६ 
  10. १०.० १०.१ 文匯報(香港) Wenweipo Newspaper (चिनियाँमा), २०१६-०१-०८ http://paper.wenweipo.com/2016/01/08/RW1601080001.htm |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०१६-०३-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२६ मिति
  11. ११.० ११.१ ११.२ ११.३ "[独家]何超盈:为了“酒店艺术博览会” 亲自扫街跑画廊", NetEase Beijing 网易艺术(北京) (चिनियाँमा), २०१५-१२-२८, अन्तिम पहुँच २०१६-०३-११ 
  12. "小鲜肉登上政协舞台 最小仅24岁", Office of the Shenzhen Municipal Committee of the CPPCC (चिनियाँमा), २०१५-०५-१९, अन्तिम पहुँच २०१६-०३-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-१३ मिति
  13. १३.० १३.१ "【超盈獨家專訪5】做過法官助理 幫人沖咖啡同影印", Apple Daily, २०१६-०९-११, अन्तिम पहुँच २०१६-०८-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२२ मिति
  14. Leong, Jason, "The Rise of Hotel Art Expo", C2 Magazine, Cultural Affairs Bureau of the Macao S.A.R. Government, अन्तिम पहुँच २०१६-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-१६ मिति
  15. "Chinese zodiac statues' origins", BBC News, BBC, २००९-०३-०३, अन्तिम पहुँच २०१६-०७-११ 
  16. Beijing, Associated Press in (२०१४-०३-०७), "Karl Lagerfeld announces plans for Macau hotel", the Guardian, अन्तिम पहुँच २०१६-०७-१२ 
  17. "【超盈獨家專訪2】賭王教你做生意:用人要叻,要搵忠心嘅人", २०१५-०९-११, अन्तिम पहुँच २०१६-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]