सरस्वती चौधरी (खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वती चौधरी
व्यक्तिगत जानकारी
जन्म नामसरस्वती
पुरा नामसरस्वती चौधरी
राष्ट्रियतानेपाली
जन्मधनगढी,  नेपाल
उचाइ६ फिट १ ईन्च
खेल
राष्ट्र नेपाल
खेलभलिबल
कलेज टोलीपश्चिमाञ्चल फिस्टेल स्कुल
क्लबएपीएफ भलिबल क्लब
टोलीनेपालनेपाली महिला राष्ट्रिय भलिबल टिम

सरस्वती चौधरी एक नेपाली महिला भलिबल खेलाडी हुन्। उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा एपीएफ क्लबका खेलाडी हुन्। भलिबलमा स्पाइकरका रूपमा खेल्ने गर्दछिन्। सरस्वती वर्तमान नेपाली भलिबल जगतकि एक सफल तथा उत्कृष्ट महिला भलिबल खेलाडी हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

एपिएफ नेपाली भलिबलको सर्वाधिक सफल टोली हो। पछिल्लो समय एपिएफ प्रायःसबै घरेलु प्रतियोगिताको फाइनलमा पुग्ने गरेको छ। एपिएफलाई बलियो टोली बनाउनमा ६ फिट उचाइकी सरस्वतीले मुख्य स्पाइकरको भूमिका निभाउँदै आएकी छन्।

सरस्वतीले पश्चिमाञ्चलको फिस्टेल स्कुलबाट व्यावसायिक भलिबल करिअर सुरु गरेकी हुन्। उनले नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडीको पुरस्कार जितेकी थिइन्। सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको थियो। उनले सशस्त्र प्रहरीआइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडी हुँदै स्कुटर पुरस्कार पाएकी थिइन्।

राष्ट्र[सम्पादन गर्नुहोस्]

धनगढीकी सरस्वतीले २०७१ प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। जुन प्रतियोगितामा नेपालले श्रीलङ्कालाई हराउँदै रजत पदक जितेको थियो।

क्लब[सम्पादन गर्नुहोस्]

सरस्वती नेपाली भलिबलमा एपिएफ क्लबबाट घरेलु प्रतियोगितामा खेल्ने गर्छिन्।

प्रशिक्षण[सम्पादन गर्नुहोस्]

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी वैदेशिक प्रशिक्षणका लागि जापान गएकी थिइन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिएकि थिइन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर दुर्जकुमार राईले जर्मनीमा प्रशिक्षण गर्दै व्यावसायिक भलिबल खेलेका थिए।[१]

सरस्वतीले जापानको प्रशिक्षणले आफ्नो खेल स्तर बढ्ने विश्वास लिएकी थिइन्। उनले भनेकि थिइन्, ‘जापान भलिबलका लागि राम्रो देश हो। जापानमा प्रशिक्षण र खेल्न पाउनु मेरो लागि महत्वपुर्ण अवसर हो। प्राविधिक कुरामा बढीभन्दा बढी ध्यान दिनेछु।’

प्रशिक्षणका क्रममा सरस्वतीले युनिभर्सिटी टिमबाट समेत खेल्न सक्ने अपेक्षा गरेकी थिइन् तर त्यो सम्भव हुन सकेन। उनले भनिन्, ‘प्रशिक्षणका क्रममा प्रतियोगिता भए मैले खेल्ने सम्भावना छ तर त्यसको लागि मैले राम्रो प्रदर्शन देखाउनुपर्छ।’

उपाधिहरू[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

  • सेन्ट्रोन जोन महिला भलिबल प्रतियोगिता
    • विजेता(१):२०१९

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • एनभीए वर्ष पुरस्कार
  • उत्कृष्ट वर्ष खेलाडी
    • भलिबलबाट:२०७२
  • उत्कृष्ट स्पाइकर
    • चौथो टाइगर कप २०८० पोखरा[३]


प्रतियोगितामा उत्कृष्ट पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • २०६९ सशस्त्र प्रहरीआइजिपी कप
  • २०६९ ढोरपाटन डबल लिग भलिबल

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]