सातखीरा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सातखीरा
সাতক্ষীরা
—  जिल्ला  —
बङ्गलादेशको नक्शामा सातखीराको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुल्ना
क्षेत्रफल
 - जम्मा ३,८१७.२९ किमी (१,४७३.९ वर्ग मी)
जनसङ्ख्या (२०१३)
 - जम्मा २,०७९,८८४
 जनघनत्व ५४४.९/किमी (१,४११.२/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड ९४००

सातखीरा बङ्गलादेशको दक्षिण-पश्चिम भागमा रहेको एक जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा अवस्थित छ । यो जिल्लाले भारतको पश्चिम बङ्गाल राज्यसँग सिमान जोडिएको छ । यो जिल्ला बेतना नदिको किनारमा अवस्थित छ ।[१]

भूगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

यो जिल्ला २१°३६' देखि २२°५४' उत्तर अक्षांश र ८९°५४' देखि ८९°२०' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य ३८५८.३३ वर्ग किलोमिटर अोगटेको छ । यस जिल्लालाई जशोर जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा बङ्गालको खाडी रहेको छ । त्यस्तै गरि खुल्ना जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गाल र चौबीस परगन जिल्लाले पश्चिमबाट घेरेको छ । यस जिल्लामा बेतना, इकमती, रायमङ्गल, बेतराबती अादि देशकै प्रमुख नदिहरू रहेका छन् ।

मौसम[सम्पादन गर्ने]

यस जिल्लामा वार्सिक अधिकतम तापक्रम ३५.५ डिग्री पुग्छ भने न्युनतम तापक्रम १२.५ डिग्री मापन गरिएको छ । यस जिल्लामा वार्सिक १७१० मिलिमिटर पानी पर्ने गरेको छ । उष्णकटिबंधीय मौसमहरूमा वर्षको हरेक महिनामा तापक्रम १८ डिग्री माथि पुग्छ भने मासिक अर्थको तापमान र सामान्यतया एक सुख्खा मौसम हुन्छ जसमा वर्षको ६० मिलिमिटर पानी पर्ने गरेको छ । [२]

सातखीराको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २५
(७७)
२८
(८२)
३३
(९१)
३४
(९३)
३४
(९३)
३३
(९१)
३१
(८७)
३१
(८७)
३२
(८९)
३१
(८७)
२९
(८४)
२६
(७८)
३०
(८६)
न्यूनतम °से (°फे) औसत १२
(५३)
१५
(५९)
२०
(६८)
२४
(७५)
२५
(७७)
२६
(७८)
२६
(७८)
२५
(७७)
२५
(७७)
२३
(७३)
१८
(६४)
१३
(५५)
२१
(६९)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १०
(०٫३)
२०
(०٫९)
३०
(१٫२)
७०
(२٫८)
१४०
(५٫७)
२९०
(११٫६)
३५०
(१३٫९)
३३०
(१२٫८)
२७०
(१०٫५)
१४०
(५٫६)
३०
(१)
१०
(०٫३)
१,६९०
(६६٫५)
स्रोत: वेदरबेस[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

सातखीरा जिल्लाको दक्षिण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको प्रमुख पेशा माछापालन व्यवसाय हो । यस जिल्लामा विशेष गरि अाँप, कटर, काफल, लिची, नरिवल, अम्बा, केरा अादि फलफूलहरूको उत्पादन हुने गरेको छ । यस जिल्लामा ८६ दूध सङ्कलन केन्द्र, ३२२ पोल्ट्रि फारम, ३०४६ मछा पालन गर्ने पोखरी, ६६ ह्याचरी, ३६५० झिङ्गे माछा पालन पोखर र एक गाईबस्तु पालन फारम रहेको छ । यस जिल्लाले दैनिक झिङ्गे माछा, गँहु, धान, जुट, लेदर समाग्री, कोदो अादिको निर्यात गर्दै अाएको छ । यो जिल्लाले बङ्गलादेशको अर्थतन्त्रमा १८.५% योगदान दिँदै अाएको छ ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६२.५६% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.३३% मजदुरी, व्यापार र उद्योगमा १.५१%, वाणिाज्यमा १६.२३%, सञ्चार र यातायातमा ३.०३%, रेमिटेन्समा ०.३४%, सरकारी कार्यलयहरूमा ७.३२% ,धर्म सेवामा ०.१९% र अन्यमा ५.९४% रहेका छन् ।

रुचिको विषय[सम्पादन गर्ने]

A pretty mosque built in the mid-19th century in rural Bangladesh.
जामे मस्जिद (१८५८-५९)

सुन्दरवन यो जिल्लाको सबैभन्दा ठूलो कच्चा भूमिमा उव्जाउ हुने म्याग्रुफ जङ्गल हो जुन ५,७४७ वर्ग किलोमिटरमा फैलिएको छ ।

यस क्षेत्रमा विभिन्न प्राचीन धरोहर र पुराना मठमन्दिर, मस्जिद, गुम्बा अादि रहेका छन् जस्तै-सुल्तानपुर साहि मस्जिद (५०० वर्ष पुरानो) । हाल यस क्षेत्रमा सबैभन्दा लोकप्रिय म्याङ्ग्रुफ वन कालीगञ्ज उप-जिल्लामा रहेको बसजहर जोहयोर वन हो । यो लोकप्रिय रूपमा बडाको वनको रूपमा चिनिन्छ । जोकर बान बांग्लादेश र भारतीय सीमाको बीच घर्षणको कारण उत्पत्ति भएको थियो । यो प्राय यसको प्राकृतिक सौन्दर्यको लागि लोकप्रिय छ ।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्ला कुल साक्षरता दर ४८.६८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.५२% छ भने महिलाको साक्षरता दर ५१.८४% रहेको छ । यस जिल्लामा एक मेडिकल कलेज, ७९ क्याम्पस, १ प्रथमीक शिक्षण विद्यालय, ४२१ उच्च माध्यमिक विद्यालय, ४१ माध्यमिक विद्यालय, ८२२ सरकारी प्रथमीक विद्यालयहरू रहेका छन् जसमध्ये सतखीरा सारकारी क्यामस, खान बहादुर क्याम्पस (१९९५), सतखीरा दिवा-रात्री क्याम्पस, सतखीरा सहर क्याम्पस अादी यहाँका उत्कृष्ट विद्यालयहरू हुन् ।

प्रशासनिक विभाजनहरू[सम्पादन गर्ने]

प्रशासनकी सतखीरा उप-विभाग सन् १८५१ मा जशोर जिल्लामा स्थापना गरिएको थियो । यो जिल्ला सन् १८८२ मा खुल्ना जिल्लामा सामेल थियो । सन् १९८४ मा सतखीरा उप-विभाग एक छुट्टै जिल्लामा परिणत भएको थियो त्यसपछि सतखीरा नगरपालिकाको सन् १८८९ मा स्थापना भएको थियो । यो जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिमा पर्छ । यस जिल्लामा सातवटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये श्यामनगर (१९६८.२४ वर्ग किलोमिटर) सबैभन्दा ठूलो उप-जिल्ला हो भने देबहाट (१७६.३३ वर्ग किलोमिटर) सबैभन्दा सानो उप-जिल्ला रुपमा रहेको छ । सतखीरा जिल्लामा हाल दुई नगरपालिका, सात उप-जिल्ला, ७९ सङ्घीय परिसद, ८ प्रहरी चौकी र १४३६ गाउँहरू रहेका छन् । [४]

डिजिटल सातखीरा[सम्पादन गर्ने]

सन् १९९४ मा यस जिल्लाका केही युवाहरूले व्यवसायीक हिसावले कम्प्युटर विषयमा तालीम केन्द्रको स्थापना गरे र त्यहाँबाट केही प्रतिभा तयार पारे जसले पछि अर्को कम्प्युटर व्यवसाय शुरु भयो र अन्ततः सातखीरा जिल्ला सञ्चार क्षेत्रमा एक ठूलो मञ्चको स्थापना भएको थियो । विस्तारै कम्प्युटरले सरकारी कार्यालय र बैंकमा अन्य मेसिनहरूको काम गर्न थाल्यो । त्यसको लगत्तै विभिन्न विद्यालय र क्याम्पसहरूमा कम्प्युटर विषयमा पठनपाठन सुरु भएको थियो । हाल यस जिल्लामा अधिक युवाहरू कम्प्युटरको व्यवसाय सुरु गरेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सातखीरा जिल्लाको नक्शा