सातौँ राष्ट्रिय खेलकुद २०७३ मा बक्सिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ । राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले बक्सिङ्गको खेल सामग्री हस्तान्तर गरी खेलको शुभआरम्भ गरे । महिलाको ४९ केजी तौलतर्फ मध्यपश्चिमका चन्द थापा, नेपाली सेनाका सुभाष विक र एपीएफका अस तामाङ्गले अग्रता लिएको छ । ५२ केजी तौलतर्फ मध्यमाञ्चलका प्रदिप महर्जन, एपीएफका विक्रम परियार र मध्यपश्चिमका प्रेम चौधरीले अग्रता लिएको छ । त्यस्तै ५६ केजी तौल तर्फ नेपाली सेनाका विमल रोक्का, पुर्वाञ्चलका राकेश राई मध्यमाञ्चलका गणेश थापा र एपीएफका पुरन राईले अग्रता लिएको नेपाल बक्सिङ्ग संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो । क्वाटरफाइनलमा अग्रता लिने खेलाडीहरु सेमीफाइलमा प्रवेश गरेको सिटौलाले जानकारी दिए । त्यस्तै दमकमा आइटीएफ तेक्वादो, मेची सामुदायिक कवर्ड हल काँकरभिट्टामा ब्याटमिन्टन, पासाङ ल्हामु कभर्ड हल धुलाबारीमा जुडो र जिम्न्यास्टिक खेल पनि सुरु भइसकेको छ ।

यो पनि[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]