सामग्रीमा जानुहोस्

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा हक्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ सातौँ राष्ट्रिय खेलकुदमा हक्कअं
[[File: |frameless|alt= |upright=1]]
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
विराटनगर
मिति२०७३, पुस ८ गतेदेखि पुस११ गतेसम्म 
टोलीहरू
स्थान(हरू) (१  आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाली सेना(पु.)
सुदूरपश्चिमाञ्चल विकास क्षेत्र(म.)
उप-विजेतासुदूरपश्चिमाञ्चल विकास क्षेत्र(पु.)
नेपाली सेना(म.)
तेस्रो स्थानमध्यमाञ्चल विकास क्षेत्र(पु.)/(म.)
चौथो स्थान 
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू) प्रदीप राजवंशी(पु)
पिङ्की सिञ्जाली


सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत हक्कीको पुरूष तर्फको स्वर्ण नेपाली सेनाले जितेको थियो ।भने महिला तर्फको स्वर्ण सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले जितेको थियो ।यस्तै नेपाली सेनासुदूरपश्चिमाञ्चल विकास क्षेत्रले क्रमशः महिला र पुरूष तर्फको रजत पदक जितेको थियो ।भने पुरूष तथा महिला दुवै तर्फको काश्य पदक भने सुदूरपश्चिमाञ्चल विकास क्षेत्र थियो।[१]

पुरूष हक्की प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइएको थियो भने महिला हक्की प्रतियोगिता लिग चरणका आधारमा मात्र खेलाइएको थियो ।

पुरूष हक्की प्रतियोगितामा नेपाली सेनाका प्रदिप राजवंशी र महिला प्रतियोगितामा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको पिङ्की सिञ्जाली उत्कृष्ट खेलाडीहरू घोषित भएको थियो ।दुवै उत्कृष्ट खेलाडीहरूले जनही पाँच-पाँच हजार रूपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत बास्केटबल खेलमा सहभागी टिमहरू

पुरूष हक्कीको फाइनल खेलमा सेनाले सुदूरपश्चिमलाई ० का २ गोलले पराजित गर्दै सातौँ राष्ट्रिय खेलकुदमा हक्की अन्तर्गतको स्वर्ण जितेको थियो ।फाइनलमा सेनाकालागि सत्यनारायण चौधरी र अमित श्रीवास्तव दुवैले १-१ गोल गरेका थिए।


नेपाली सेना २-० सुदूरपश्चिममाञ्चल विकास क्षेत्र
 
दर्शक उपस्थिति:  
रेफ्री:  

लिग चरण अन्तर्गत भएको खेलमा सुदूरपश्चिमले आफ्नो लिग चरणको अन्तिम खेलमा पश्चिमाञ्चललाई २-० ले पराजित गर्दै लिग चरणमा शीर्ष स्थान हात पार्दै महिला हक्कीको स्वर्ण जित्न सफल भएको थियो।जसले लिग तालिकामा ८ अङ्क जोडेको थियो ।यसोत ६ अङ्क जोडेको सेनाले दोस्रो स्थान हासिल गर्दै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।साथै ४ अङ्क बनाएको मध्यमाञ्चलले महिला तर्फको काश्य पदक जितेको थियो ।

अन्तिम पदक तालिका

[सम्पादन गर्नुहोस्]
 स्थान  टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना
२. सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
३. मध्यमाञ्चल विकास क्षेत्र
  1. www.hamrokhelkud.com राष्ट्रिय खेलकुद अन्तर्गत हक्कीको पदक छिनोफानो
  2. गोरखापत्र पुस १४ गते बिहीबार