सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल विकास क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमाञ्चल विकास क्षेत्र
खेलाडी संख्या ५४२
सहभागी खेल ३०
झण्डा बोक्ने अनिल गुरूङ
मञ्जु गुरूङ
स्वर्ण पदक _
रजत पदक _
काश्य पदक _

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट ५ सय ४२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।१६ जिल्ला रहेको पश्चिमाञ्चलले ३० खेलमा ५ सय ४२ खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको थियो ।

प्रतियोगितामा सहभागि हुने खेलाडीलाई समितिले २०७३ पुस ०५ गत मंगलबार अपराहृन एक कार्यक्रम गरी विदाई गरेको थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको प्रतिनिधित्व गर्ने खेलाडी फुटवल खेलका क्याप्टेन अनिल गुरुङ र महिला भलिवल टिमकी क्याप्टेन मञ्जु गुरुङलाई संयुक्त रूपमा राष्ट्रिय झण्डा प्रदान गरिएको थियो ।

कार्यक्रममा कास्कीका सांसद तथा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गुरुङ द्वयलाई झण्डा हस्तान्तरण गरेका हुन् ।

पदकको आशा[सम्पादन गर्नुहोस्]

पश्चिमाञ्चलबाट पुरुष फुटवल, भलिवल, तेक्वान्दो, कराँते, सुटिङ, हृयाण्डवल लगायतका खेलमा पदकको आशा गरिएको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताएका थिए। कार्यक्रममा बोल्दै पौडेलले सम्पुर्ण पश्चिमाञ्चल क्षेत्रको ईज्जत र प्रतिष्ठा राख्ने गरी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।

पदक तालिका[सम्पादन गर्नुहोस्]

पदक जितेका खेलहरू[सम्पादन गर्नुहोस्]

मुख्य खेलाडीहरू[सम्पादन गर्नुहोस्]

प्रदर्शनी[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]