साबरमती आश्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
साबरमती आश्रम
GANDHI ASHRAM 03.jpg
साबरमती आश्रममा रहेको हृदय कुञ्ज
पूर्व नाम
गान्धी स्मृति सङ्ग्रहालय, गान्धी स्मारक सङ्ग्रहालय
स्थापितसन् १९६३ मे १० (स्मृति सङ्ग्रहालय)
स्थानसाबरमती, अहमदाबाद, गुजरात, भारत
निर्देशाङ्क२३°०३′३६″उ॰ ७२°३४′५१″पू॰ / २३.०६०००°N ७२.५८०८३°E / 23.06000; 72.58083
प्रकारसङ्ग्रहालय
संस्थापकमहात्मा गान्धी
वास्तुकारचार्ल्स कोर्रिया (स्मृति सङ्ग्रहालय)
वेबसाइटwww.gandhiashramsabarmati.org

साबरमती आश्रम भारतको गुजरात राज्य अहमदाबाद जिल्लाको प्रशासनिक केन्द्र अहमदाबाद नजिक साबरमती नदीको किनारमा अवस्थित छ। सत्याग्रह आश्रमको स्थापना सन् १९१५ मा अहमदाबादको कोचरब नामक स्थानमा महात्मा गान्धीद्वारा गरिएको थियो। सन् १९१७ मा यो आश्रम साबरमती नदीको किनार, वर्तमान स्थानमा स्थानान्तरित भयो र सो समयदेखि साबरमती आश्रम भनिन थालिएको हो।[१] आश्रमको वर्तमान स्थल प्राचीनकालदेखि दधीचि ऋषिको आश्रम स्थल भएको इतिहासकारहरूको मत रहेको छ।

स्थिति[सम्पादन गर्ने]

आश्रम रुखहरूको शीतल छायामा अवस्थित छ। यस आश्रम क्षेत्रको वातावरण सदावहार र शान्त हुने गर्दछ। आश्रमको एकापट्टि केन्द्रीय जेल र अर्कोतिर दुधेश्वर स्मारकस्थल छ।

इतिहास[सम्पादन गर्ने]

सुरुवाती काल खण्डमा यो आश्रममा निवासको लागि बाँसको घर र जस्ता पाताले छोपिएको भान्छा घर थियो। सन् १९१७ अन्त्य तिर यहाँ बसोबास गर्ने जम्मा मानिसहरूको सङ्ख्या ४० थियो। आश्रमको जीवन महात्मा गान्धीको सत्य, अहिंसा, आत्मससंयम, विराग र समानताको सिद्धान्तहरूमा आधारित महान प्रयोग थियो र यो जीवन सो सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिको प्रतीक थियो।

साबरमती आश्रम सामुदायिक जीवनलाई विकसित गर्ने एउटा प्रयोगाशाला भन्न सकिन्छ। यो आश्रम भारतीय जनताको जीवनसँग एकदमै परस्पर रहेको छ। यस आश्रममा विभिन्न धर्मावलम्बीहरू बीच एकता स्थापित गर्न, चर्खा, खादी र ग्रामोद्योगद्वारा जनताको आर्थिक स्थिति सुधार्न र अहिंसात्मक असहयोग वा सत्याग्रहद्वारा जनतामा स्वतन्त्रताको भावना जगाउन एकदमै महत्वपूर्ण भूमिका खेलेको थियो। आश्रम भारतीय जनता र भारतीय नेताहरूको लागि प्रेरणाश्रोत तथा भारतको स्वतन्त्रता सङ्घर्षसँग सम्बन्धित कार्यहरूको केन्द्रबिन्दु रहेको छ।

आश्रममा रहदै गर्दा महात्मा गान्धीले अहमदाबादको मिलहरूमा भएको बन्द हडतालको सफल सञ्चालन गरेका थिए। मिल मालिक र कर्मचारीहरू बीचको विवाद समाधान गर्नको लागि गान्धीले आमरन अनसन सुरु गरेका थिए, जसको प्रभावले २१ दिनदेखि चलिरहेको हडताल तीन दिन गरिएको अनसनले नै समाप्त भएको थियो। यस सफलता पछि गान्धीले आश्रममा बस्दै गर्दा खेडा सत्याग्रहको सूत्रपात गरे। रलेट समितिको सिफारिसलाई विरोध गर्नको लागि गान्धीले यस आश्रममा तत्कालीन राष्ट्रिय भारतीय नेताहरूको एउटा सम्मेलन आयोजित गरे र सबै उपस्थित व्यक्तिहरूले सत्याग्रहको प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका थिए।[२]

साबरमती आश्रममा हुँदै गर्दा गान्धीले[३]सन् १९३० मार्च २ को दिन भारतको तत्कालीन भायसरायलाई एउटा पत्र लेखेर नौ दिनको लागि सविनय अवज्ञा आन्दोलन थाल्ने भनि पत्र लेखेका थिए। सन् १९३० मार्च १२ को दिन महात्मा गान्धीले आश्रमको अन्य ७८ व्यक्तिहरूसँग मिलेर नुन कानून भङ्ग गर्नको लागि ऐतिहासिक दाण्डी यात्रा सुरु गरेका थिए। यसपछि गान्धी, भारत स्वतन्त्र नभएसम्म यो आश्रम फर्केनन्। उपर्युक्त आन्दोलनलाई दमन गर्नको लागि तत्कालीन बेलायती सरकारले आन्दोलनकारीहरूको सम्पत्ति जब्त गरेको थियो। साबरमती आश्रमका शिष्यहरूद्वारा नै महात्मा गान्धीलाई बापु नामले सर्वप्रथम सम्बोधित गरिएको हो, जुन उनको लागि एउटा ठूलो सम्मान थियो।

राष्ट्रिय स्मारक[सम्पादन गर्ने]

महात्मा गान्धीको मृत्यु भएपछि उनको स्मृतिलाई निरन्तर सुरक्षित राख्ने उद्देयले एउटा राष्ट्रिय स्मारकको स्थापना गरिएको थियो।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Ashram introduction", www.gandhiashramsevagram.org, Sevagram Gandhi Ashram, अन्तिम पहुँच २९ अक्टोबर २०१८ 
  2. Gandhi, Mohandas, "Gandhi Ashram Official Website" 
  3. "महात्‍मा गांधी जीवनी" [महात्मा गान्धीको जीवनी] (हिन्दीमा), अन्तिम पहुँच २ अक्टोबर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]