सिग्नल घाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिग्नल घाँस
सिग्नल घाँस खेती
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): एक दलीय
(श्रेणीविहीन): Commelinids
गण: Poales
कुल: Poaceae
वंश: Brachiaria
(Carl Bernhard von Trinius) August Heinrich Rudolf Grisebach, सन् १८५३
प्रजातिहरू
Brachiaria eruciformis
(Sm) Griseb[१]
पर्याय[२][३]
  • Panicum sect. Brachiaria Trin.
  • Panicum subg. Brachiaria (Trin.) Honda
  • Pseudobrachiaria Launert

सिग्नल घाँस वहुवर्षे अकोष घाँस हो जुन एसिया, अफ्रिका, अस्ट्रेलिया, दक्षिण युरोप, अमेरिका र केही टापूहरूमा पाइन्छ। सिग्नल घाँसका लगभग १०० उपप्रजातिहरू रहेका छन्।[४] यस प्रजातिको घाँस पनि छिटै फैलन्छ। यो घाँसको पातको लाम्बाई ५-२० सेमी र चौडाई ७-२० मि.मि हुन्छ। घाँस दुवो झैँ त्यान्द्रा भएर फैलन्छ र प्रत्येक आख्लाबाट जरा निस्कन्छ। घासको पात चम्कीलो हरियो हुन्छ भने घाँसले घना रूपमा जमिन ढाक्दछ। यो घास चरन क्षेत्रको लागि अति उपयुक्त मानिन्छ भने यसलाई सिधै काटेर खुवाउन र सुखाएर पनि घरपालुवा जनवारहरूलाई आहारा बनाउन सकिन्छ। चरन विकास गर्न तथा पहिरो ग्रस्त क्षेत्रमा भू संरक्षण का लागि पनि निकै उपयोगी मानिन्छ। यो घाँसले जमिन ढाकेपछि अन्य अनावश्यक झारहरूको वृद्धिमा पनि नियन्त्रण हुन्छ।[४][५][६] यो नेपालको तराईदेखि मध्य पहाडसम्म सफलतापूर्वक लगाउन सकिन्छ। यो घाँस बीउ तथा गाँजबाट प्रसारण गर्न सकिन्छ। सिग्नल घाँस विश्वव्यापी रूपमा लगाइने एक प्रमुख घाँस हो भने यसको खेती मध्य र दक्षिण अमेरिकामा सबैभन्दा बढी उपजाइएको छ भने दक्षिण अमेरिकी देश ब्राजिलमा मात्र ४ करोड हेक्टर क्षेत्रफलमा खेती गरिएको छ।[७]

जलवायु[सम्पादन गर्ने]

यो घाँसको उत्पत्ति अफ्रिकामा भएको हो भने हाल यसलाई विभिन्न देशहरूमा लगाइने गरिन्छ। यो घाँस जस्तै क्षेत्रहरूमा पनि सहजै उम्रिने भएकाले यसलाई सबै प्रकारको माटोमा लागाउन सकिन्छ।[८] रूखो जमिन र अम्लीय माटोमा पनि यसको खेती गरिएको पाइन्छ जसका लागि माटोको अधिकतम पिएच ३५ सम्ममा हुन्छ। यसका जराहरू जमिनको गहिराइसम्म जाने हुँदा माटोबाट नाइट्रोजन तथा फसफोरस सजिलैसँग सोसेर लिन सक्दछ। यो घाँस बढि चिम्टाइलो माटो र पानी जम्ने ठाउमा उत्पादन लिन सकिँदैन। नेपालको परिपेक्ष्मम यो घाँस तराईदेखि मध्य पहाडी क्षेत्रको तल्लो भागमा समेत राम्रोसँग फस्टाउदछ। सामान्यतया यस घाँसको लागि १०००-३००० मिलिमिटर वार्षिक औषत वर्षात हुने स्थान उपयुक्त मानिन्छ। वार्षिक औषत वर्षा १५०० मि.मि भन्दा बढि भएमा यसको खेती राम्रोसँग गर्न सकिन्छ तर यसका लागि औषतमा ५ महिना चाहिँ सुख्खा समय हुनु जरुरी हुन्छ।[९] यो घाँस सुख्खा मौसममा पनि हरियो रहिरहन्छ तर अधिक पानी जम्ने ठाँउमा घाँस राम्रो हुँदैन। यस घाँसको लागि १९ डिग्रि से तापक्रम भन्दा बढी तापक्रम उपयुक्त हुन्छ। हलुका तुसारोले पनि पातहरू सुक्दछन् र पछि गर्मी याममा पुनः घाँस पलाउन थाल्दछ। पहाडी क्षेत्रमा वैशाख देखि असोज कार्तिकसम्म घाँसको उत्पादन लिन सकिन्छ। तर तराई क्षेत्रमा १२ महिना हरियो घाँस उत्पादन लिन सकिन्छ।[१०] छाँया भन्दा खुला स्थानमा घाँसको उत्पादन बढि हुन्छ।

घाँसको उत्पादन[सम्पादन गर्ने]

कोलोम्बियामा सिग्नल घाँस खेती

सिग्नल घाँस उष्णकटिबन्धीय क्षेत्रहरूमा घरपालुवा जनवरहरूका सबैभन्दा महत्त्वपूर्ण खाद्य पदार्थ वा आहारा हो। सिग्नल घाँसका प्रजातिहरू बाँझो र अम्लीय माटोमा हुर्कन सक्छन्।[११] ब्राजिल र अमेरिका सिग्नल घाँसको बीउ उत्पादन गर्ने प्रमुख उत्पादकहरू हुन्। मेक्सिकोले सिग्नल घाँसको खेतीमा आफ्नो व्यापार सुधार गर्न कोसिस गरिसकेको छ र घाँसले दुध र दूधजन्य उद्योगहरूमा सकारात्मक प्रभाव पार्दछ भन्ने ठानिन्छ। मध्य अमेरिकी देशहरूले पनि बीउ बिक्री र घाँसमा रोपाइ गर्ने क्षेत्रहरूको वृद्धि गरेका छन्।[१२] सन् २००९ मा बीज बिक्रीको वार्षिक वृद्धि दर मेक्सिकोमा ३२ प्रतिशत, होन्दुरसमा ६२ प्रतिशत, नाकाराग्वामा ४५ प्रतिशत, कोस्तारिकामा ३९ प्रतिशत र पानमामा ५४ प्रतिशत रहेको छ।

जग्गाको तयारी तथा बीउ उत्पादन[सम्पादन गर्ने]

Brachiaria3.jpg

यस घाँसको खेती गर्नका लागि सामान्य खनजोत गरी घाँसको बीउ छर्नु पर्दछ।[१३] बढि उत्पादन लिनको लागि ५० -५० कि.ग्राका दरले नाइट्रोजन तथा फसफोरसयूक्त मलको प्रयोग गर्नु पर्दछ। मुख्यतया घाँसको प्रसारण बीउ बाटै हुन्छ तर यसको गाँज वा सेट्सबाट पनि घाँस रोप्न सकिन्छ।[१४] बीउ छर्दा १ सेमी भन्दा गहिराइमा पर्नु हुँदैन भने १ सेमी भन्दा तल बीउ परेमा यो उम्रन सक्दैन। गाँज सेट्स रोप्दा जमिनमा प्रसस्त चिसान भएका बेला १०-१५ सेमीको फरकमा सार्नु पर्दछ। यस घाँसका लागि वर्षा ऋतु सुरु भएपछि बीउ छर्दा राम्रो हुन्छ।[१५] जमिनमा चिसान प्रसस्त भएपछि विरुवा वा गाँज सार्नु उपयुक्त हुन्छ। घाँसको अधिक खेतीका लागि प्रति हेक्टर २ -४ कि.ग्रा बीउको आवश्यकता पर्दछ। बीउको सुसुप्तताको अवधि ६ महिना भन्दा बढि हुने हुँदा नयाँ बीउ बडि उम्रन सक्दैन।[१६] बीउ भण्डारण गरेको ९ महिना पछि मात्र यसको सुसुप्त अवस्था तोडिने भएकाले सोही अनुसार बीउ छर्नु पर्दछ। यो आकाशे घाँस भएकाले विभिन्न केषे घाँस भए जस्तै डेस्मोडियम, स्टाइलो बदामेसँग मिसाएर छर्न सकिन्छ। यो घाँसले निकै छिटो जमिन ढाक्न सक्दछ र यो प्राकृतिक घाँसका रूपमा स्थापित हुन्छ खास गरि ठुलो क्षेत्रमा यो घाँस लगाउदा कोषे घासहरूसँग मिसाएर लगाउनु पर्दछ। यो घाँस छरेको २-३ महिना पछि काट्नको लागि तयार हुन्छ। खासगरी वर्षा ऋतुमा १-१ महिनाको फरकमा घाँस काट्न सकिन्छ। मध्य पहाडी क्षेत्रमा हिउमा यसको वृद्धि रोकिन्छ र घाँस उत्पादन लिन सकिदैन। सामान्यतया राम्रोसँग मल र सिँचाई भएको स्थानमा यसको उत्पादन बढि लिन सकिन्छ।[१७] औषतमा यो घाँसको उत्पादन सुख्खा पदर्थको आधारमा १०-३० मेट्रिक टनसम्म पाइएको छ। यो घाँस काट्दा सामान्यतया १० सेमी छोडेर काट्नु पर्दछ जसले गर्दा पछिल्लो पटक काट्न सजिलो र छिटो हुन्छ।

यो घाँसको बीउ उत्पादन ४०० -१००० कि.ग्रा प्रति हेक्टरसम्म हुन्छ।[१८] बीउ सङ्कलनको समयमा यसमा चिसानको मात्रा बढि हुने हुदा बीउलाई सुकाएर १० प्रतिशत चिसानको मात्रा कायम गरी भण्डारण गर्न पर्दछ। यसको बीउको सुसुप्त अवस्थाको समय बढि हुन्छ। यसको खास कारण बीउको आन्तरिक कारण र बीउको बाहिरी बोक्रा कडा हुनुका कारणले हो।[१९] बीउ भण्डारण गर्नको लागि ६-९ महिना पछि बीउलाई तातो पानीमा उपचार, अम्लिय उपचार गरी बीउको बाहिरी बोक्रा नरम बनाएर बीउ छर्नु पर्दछ।

सन्देश सामग्री[सम्पादन गर्ने]

  1. Grisebach, August Heinrich Rudolf. 1853. In C.F.von Ledebour (editor), Flora Rossica; sive, Enumeratio plantarum in totius Imperii Rossici provinciis Europaeis, Asiaticis et Americanis hucusque observatarum 4(14): 469 in Latin
  2. Tropicos, Brachiaria (Trin.) Griseb.
  3. Kew World Checklist of Selected Plant Families
  4. ४.० ४.१ Flora of China Vol. 22 Page 520 臂形草属 bi xing cao shu Brachiaria (Trinius) Grisebach, Ledebour, Fl. Ross. 4: 469. 1853. Flora of China.
  5. Utsunomiya, KS; Pagliarini, MS; Do Valle, CB (२००५), "Microsporogenesis in tetraploid accessions of Brachiaria nigropedata (Ficalho & Hiern) Stapf (Gramineae)", Biocell 29 (3): 295–301, पिएमआइडी 16524251 
  6. Mendes-Bonato, AB; Risso-Pascotto, C; Pagliarini, MS; Valle, CB (२००६), "Chromosome number and meiotic behaviour in Brachiaria jubata (Gramineae)", Journal of Genetics 85 (1): 83–7, डिओआई:10.1007/BF02728976, पिएमआइडी 16809846 
  7. Kumble, Vrinda (१९९६), Brachiaria: Biology, Agronomy, and Improvement, CIAT। 
  8. Torres González, A.M.; Morton, C.M. (२००५), "Molecular and morphological phylogenetic analysis of Brachiaria and Urochloa (Poaceae)", Molecular Phylogenetics and Evolution 37 (1): 36–44, डिओआई:10.1016/j.ympev.2005.06.003, पिएमआइडी 16039145 
  9. Watson, L. and M. J. Dallwitz. (2008). Brachiaria. वेब्याक मेसिनमा अभिलेखिकरण जनवरी १५, २०१३ मिति The Grass Genera of the World. Retrieved 7 November 2011.
  10. Clayton, W. D., et al. (2002 onwards). Brachiaria. GrassBase - The Online World Grass Flora.
  11. Holmann, F., et al. (2004). Impact of the adoption of Brachiaria grasses: Central America and Mexico. Livestock Research for Rural Development 16, Art. #98.
  12. McGregor, John T.; Smith, Roy J.; Talbert, Ronald E. (१९८८), "Broadleaf Signalgrass (Brachiaria platyphylla) Duration of Interference in Rice (Oryza sativa)", Weed Science 36 (6): 747–50, जेएसटिओआर 4044781 
  13. Alibhai, S. K.; Key, G. (२००९), "A preliminary investigation of small mammal biology in the Kora National Reserve, Kenya", Journal of Tropical Ecology 1 (4): 321–7, जेएसटिओआर 2559449, डिओआई:10.1017/S0266467400000407 
  14. Rana, B. D. (१९७५), "Breeding Biology of the Indian Ring Dove in the Rajasthan Desert", The Auk 92 (2): 322–32, जेएसटिओआर 4084560, डिओआई:10.2307/4084560 
  15. Burke, Ian C.; Thomas, Walter E.; Spears, Janet F.; Wilcut, John W. (२००३), "Influence of environmental factors on broadleaf signalgrass (Brachiaria platyphylla) germination", Weed Science 51 (5): 683–9, जेएसटिओआर 4046547, डिओआई:10.1614/0043-1745(2003)051[0683:IOEFOB]2.0.CO;2 
  16. Boddey, R.M.; MacEdo, R.; Tarré, R.M.; Ferreira, E.; De Oliveira, O.C.; De p. Rezende, C.; Cantarutti, R.B.; Pereira, J.M.; Alves, B.J.R.; Urquiaga, S. (२००४), "Nitrogen cycling in Brachiaria pastures: The key to understanding the process of pasture decline", Agriculture, Ecosystems & Environment 103 (2): 389–403, डिओआई:10.1016/j.agee.2003.12.010 
  17. Sun, Dan; Dickson, Geoff R. (१९९६), "The Competition Effect of Brachiaria decumbens on the Early Growth of Direct-Seeded Trees of Alphitonia petriei in Tropical North Australia", Biotropica 28 (2): 272–6, जेएसटिओआर 2389082, डिओआई:10.2307/2389082 
  18. Nepstad, D. C.; Uhl, C.; Serrao, E.A.S. (१९९१), "Recuperation of a degraded Amazonian landscape: Forest recovery and agricultural restoration", Ambio 20 (6): 248–55। 
  19. Singh, R. J. (सम्पादक), "Forage Crops", Genetic Resources, Chromosome Engineering, and Crop Improvement, Florida: CRC Press, पृ: २०९। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]