सितिलिङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सितिलिङ्क[१]
स्थापित२००८; १६ वर्ष अघि (२००८)[२]
केन्द्रीय कार्यालय,
उत्पादनहरूसुशाङ्ख्य उपकरण, सफ्टवेयर, घरेलु उपकरण आदी
कर्मचारी सङ्ख्या
३०००[२]
मूल सङ्गठनमेरिलियोन
वेबसाइटcitilink.ru

सितिलिङ्क (रुसी: Ситилинк) सुशाङ्ख्य यन्त्र, अङ्कीय तथा घरेलु उपकरणहरू बेच्ने एक रूसी भण्डारको एक शृङ्खला हो। कम्पनीको पूरा नाम सितिलिङ्क सिमित दायित्व कम्पनी हो जसको प्रधान कार्यालय रूसको राजधानी मस्कोमा अवस्थित छ। कम्पनी सन् २००८ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापना गरिएको थियो। [३]

सन् २०१६ मा "सितिलिङ्क" रूनेटको सबैभन्दा महँगो कम्पनीहरूमा प्रवेश गरेको थियो। फोर्ब्सको रूसी संस्करण अनुसार यसको कुल सम्पत्ति ५३० मिलियन अमेरिकी डलर अनुमान गरिएको थियो।[४] हालैको एक तथ्याङ्क अनुसार कम्पनीमा ३००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी नियन्त्रक तथा अभिभावक कम्पनी मेरिलियोन हो।[२]

सन् २००८ देखि सन् २०१४ सम्म, कम्पनीका महाप्रबन्धक सर्जे कोभालेन्को थिए भने मार्च २०१४ देखि उक्त पदमा मिखाली स्लाभिनस्कीले हात हालेका थिए।[५][६] सिटिलिङ्कको व्यापामा अनलाइन खुद्रा पसलहरू पनि समावेश छ। [७]

इतिहास[सम्पादन गर्नुहोस्]

सितिलिङ्क, सन् २००७ मा यसलाई मर्लिन कम्प्युटर उपकरणहरूको आधिकारिक वितरकको खुद्रा विक्रेताको रूपमा स्थापना गरिएको थियो। [८] नोभेम्बर २००८ मा कम्पनीलाई अनलाइन भण्डारको रूपमा सुरुवात गरिएको थियो।[८] डिसेम्बरमा कम्पनीले मस्कोमा आफ्नो पहिलो खुद्रा भण्डारण केन्द्रको सञ्चालन गरेको थियो। मस्को र मस्को वरिपरिका क्षेत्रहरूमा यसले "सितिलिङ्क-मिनीको स्थापना गरी सामान पुर्‍याउने कम गरेको थियो।

सन् २०१० मा, कम्पनीले रुसका अन्य शहरहरूमा खुद्रा सञ्जालहरूको स्थापना गरी सञ्चालन गरेको थियो। यसले सेण्ट पिटर्सबर्ग रोष्टोभ अन डनमा कार्यालयको स्थापना गरी सञ्चालन गरेको थियो।

सन् २०१२ मा, आर्टमी लेबेदेभ स्टुडियोले यस कम्पनीका लागि नयाँ लोगो सृजना गरेको थियो। [९]

सन् २०१५ मा, कम्पनीले रूसको सम्पूर्ण क्षेत्रहरूमा वितरण विस्तारको काम तिव्र रूपमा सञ्चालन गरेको थियो र यसले ग्राहक सेवा केन्द्रको पनि स्थापना गरेको थियो।

सन् २०१९, रूनेटका अनुसार, कम्पनीले २० सर्वाधिक महँगा कम्पनीहरूको श्रेणीमा सातौँ स्थान प्राप्त गरेको थियो, जुन फोर्ब्स पत्रिकाद्वारा प्रकाशित गरिएको थियो।[१०] विज्ञहरूले सन् २०१२ मा कम्पनीको मूल्य २५४ मिलियन डलर पुगेको अनुमान गरेको थियो।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

१) फोर्ब्स पत्रिकाद्वारा "रूसको शीर्ष २० सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनीको" रूपमा दोस्रो स्थान प्राप्त।[२]

२) पत्रिकाहरूको वरियतामा पहिलो स्थान।[११]

३) "सन् २०१२ मो २०अौँ सबैभन्दा महँगो कम्पनीहरूको श्रेणीमा सातौँ स्थान प्राप्त।[१२]

४) उत्कृष्ट खुद्रा व्यापारी"को वरियतामा तेस्रो स्थान।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Онлайн ТОП-30 ритейлеров", मूलबाट २०१३-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०३ मिति
  2. २.० २.१ २.२ २.३ "20 крупнейших онлайн-магазинов России: рейтинг Forbes", Forbes Media LLC, २७.०२.२०१४, अन्तिम पहुँच २०१४-०२-२७ 
  3. О «Ситилинк» वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२६ मिति
  4. "20 самых дорогих компаний Рунета: рейтинг Forbes", www.forbes.ru, अन्तिम पहुँच २०१६-०२-२९ 
  5. "Рейтинг компаний от iXBT.com: Тест онлайн-магазина «Ситилинк»", मूलबाट २०१३-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०२-२६ 
  6. Интервью с руководством компании «Ситилинк»
  7. "Новый этап в развитии компьютерного дискаунтера", मूलबाट २०१३-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०२-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२३ मिति
  8. ८.० ८.१ "Михаил Славинский из Merlion возглавил УК «Ситилинк»", मूलबाट २०१४-०३-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२६ मिति
  9. Логотип «Ситилинка»
  10. १०.० १०.१ "20 самых дорогих компаний Рунета — 2019. Рейтинг Forbes. 6. HeadHunter | Технологии", Forbes.ru, २०१९-०२-२१, अन्तिम पहुँच २०१९-०२-२५ 
  11. "Торгу тут место", मूलबाट २०१३-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०२-२६ 
  12. "«iXBT Brand 2012 — выбор читателей»", अन्तिम पहुँच २०१३-०२-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]