सिराजुल इसलाम चौधुरी
सिराजुल इसलाम | |
---|---|
সিরাজুল ইসলাম চৌধুরী | |
जन्म | बाडैलखाली गाउँ श्रीनगर, मुन्सिगञ्ज जिल्ला, बेलायती भारत | २३ जुन १९३६
राष्ट्रियता | बाङ्लादेशी |
शिक्षा | विद्यावारिधि |
मातृ शिक्षाप्रतिष्ठान | ढाका विश्वविद्यालय लिड्स विश्वविद्यालय लेस्टर विश्वविद्यालय |
सिराजुल इसलाम चौधुरी (बङ्गाली: সিরাজুল ইসলাম চৌধুরী) (जन्म २३ जुन १९३६) एक बाङ्लादेशी साहित्यकार आलोचक, सार्वजनिक बौद्धिक, सामाजिक र राजनीतिक विश्लेषक, कार्यकर्ता, इतिहासकार, शिक्षाविद्, सम्पादक, अनुवादक, स्तम्भकार र ढाका विश्वविद्यालयका अवकाशप्राप्त प्रध्यापक हुन्। उनी नतुन दिगान्ताका सम्पादक हुन्। बङ्गलादेशका सबैभन्दा विपक्षी विद्वानहरू मध्ये एक मानिने उनले लगभग सय पुस्तकहरू र बाङ्ला र अङ्ग्रेजी भाषामा अनगिन्ती निबन्ध लेखेका छन्।[१]
प्रारम्भिक जीवन तथा शिक्षा
[सम्पादन गर्नुहोस्]चौधुरीको जन्म मुन्सिगञ्ज जिल्लाको श्रीनगर थाना अन्तर्गत बरोइखली गाउँमा सन् १९३६ जुन २३ का दिन भएको थियो। उनी आफ्ना नौ जना भाइ र चार बहिनीहरू मध्ये जेठा सन्तान थिए भने उनको बाबुको नाम हाफिजउद्दीन चौधुरी र एसिया खातुन थियो। आफ्नो प्रारम्भिक जीवनमा उनी उपन्यासकारको रूपमा आफ्नो कार्यकाल निर्माण गर्न मनपराउँथे तर उनका बुबाले भने उनलाई अर्थशास्त्रको स्नातत पछि लोकसेवा सामेल गराउन चाहन्थे।[२] सन् १९५० मा सेण्ट ग्रेगरीको उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेपछि उनले सन् १९५२ मा नट्रे डेम कलेजबाट स्नातकोत्तर तहको पढाई गरे र ढाका विश्वविद्यालयमा अङ्ग्रेजी विभागमा भर्ना भएका थिए। चौधुरीले सन् १९५५ मा एमए डिग्री हासिल गरे र उनले मा र मुन्सिगञ्ज हारागङ्गा कलेज र ढाकाको जगन्नाथ कलेजमा शिक्षक पेशामा आवद्ध भएका थिए। उनले बेलायतको लिड्स विश्वविद्यालय र युके विश्वविद्यालयमा अङ्ग्रेजी अध्ययनमा स्नातकोत्तर डिप्लोमा गरे र लेष्टर विश्वविद्यालय बेलायतबाट अङ्ग्रेजीमा स्नातकोत्तर भन्दा माथिको डिग्री गरेका थिए।[३]
कार्यकाल
[सम्पादन गर्नुहोस्]चौधुरी सन् १९५६ मा ढाका विश्वविद्यालयको अङ्ग्रेजी विभागको प्राध्यापकको रूपमा कार्यरत भए र लेखक पनि हुने योजना बनाए। उनले लेखक बन्न किन दुई कारणहरू भनेका थिए: पहिलो, विश्वविद्यालयमा उनको काम जसले उनी एक ठाउँबाट अर्को स्थानान्तरण हुँदैन भन्ने कुराको सुनिश्चित गर्दछ र जसले उनलाई धेरै पढ्न र लेख्न समय दिन्छ र दोस्रोमा उनले आफ्नो स्वभावलाई कारण देखाएका थिए। त्यसपछिका चार दशक भन्दा बढीमा उनले विद्यार्थीहरूलाई शिक्षा दिए, निबन्धहरू लेखे र विभागको नेतृत्व गर्दै शिक्षण संस्थाको प्रमुख बनेका थिए। विभागमा शोध प्रबन्धको शुरूवात गरे, अध्ययन केन्द्र स्थापना गर्दै विश्वविद्यालयमा संलग्न र त्यसको साथसाथै राजनीतिमा पनि संलग्न भएका थिए।[४] चौधुरीले पहिलोपटक ढाका विश्वविद्यालयमा अङ्ग्रेजी भाषामा विद्यावारिधिको शुरूवात गर्ने प्रस्ताव गरेका थिए। चौधुरीले बङ्गाली र अङ्ग्रेजी भाषामा ढाका विश्वविद्यालय पत्रिकामा १५ वर्ष समाचार पत्रमा सम्पादन गरेका थिए। उनले विश्वविद्यालय पत्रिकाको स्थापना गरेका थिए।[५] चौधुरीले समय नामक साप्ताहिक दृष्टिकोणको स्थापना पनि गरे र यसलाई सन् १९९० को दशकको शुरूदेखि अजेफार हुसेन , जाहेदा अहमदसँग सहकार्य गर्दै सह सम्पादकको रूपमा स्थापित भएका थिए। उनले सन् १९८६ मा विश्वविद्यालय पुस्तकालयको र सन् १९८६ मा मानविकी केन्द्रको उन्नत अनुसन्धान केन्द्रको स्थापना गरेका थिए। उनले हाल समाज रुपान्तर अध्याय केन्द्र (सामाजिक परिवर्तन अध्ययन केन्द्र) नामक एक संस्थाको सञ्चालन गरिरहेका छन्।
राष्ट्रवाद
[सम्पादन गर्नुहोस्]बङ्गलादेशमा रणनीतिक र रक्षात्मक राष्ट्रवादका अग्रणी समर्थक चौधुरीले बङ्गलादेश स्वतन्त्रता युद्धको दृष्टिकोणबाट यस विषयमा गहन लेखेका थिए। उनको विचारमा राष्ट्रवाद सकारात्मक र नकारात्मक दुबै पक्ष भएको धेरै महत्त्वपूर्ण तत्व हो।सकारात्मक पक्ष हिसाबले देशभक्ति मार्फत एक राष्ट्रलाई एकजुट गर्दछ र देशभक्ति सामूहिक विकासको लागि अपरिहार्य छ।[६] यसले परायापनलाई कम गर्दछ र मानिसहरूलाई उनीहरूको देशवासीको बारेमा सचेत र संवेदनशील बनाउँदछ। राष्ट्रवादमा बाह्य र आन्तरिक दुश्मनहरू हुन्छन्। बाहिरी शत्रुहरूले आक्रमण गर्छन् र देश कब्जा गर्न कोशिस गर्छन्। पुँजीवादले साम्राज्यवादलाई जन्म दिएको छ जुन जनताको सबैभन्दा घातक दुश्मन हो। राष्ट्रवादको आन्तरिक दुश्मन राष्ट्रिय परिधिवाद, अन्धावाद र अहम्कार हो।राष्ट्रियताको सबैभन्दा ठूलो आन्तरिक दुश्मन वञ्चितता हो। देशभित थुप्रै जातजाति र वर्गहरू विभिन्न क्षेत्रमा वञ्चित छन्। यो अन्तर एकता सृजना गर्ने बाटोमा खडा छ।धनी मानिसहरू शासक बन्न खोज्छन् र गरीबहरूलाई शोषण गर्छन्। तिनीहरू वर्गभेदको यथार्थलाई रोक्न जनवादी राष्ट्रवादी उत्साहका साथ आन्दोलित हुन्छन्। वर्गको अभाव पूँजीवादको परिणाम हो।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]चौधुरीको नाज्मा जेस्मीन चौधुरीसँग विवाह भएको थियो जो ढाका विश्वविद्यालयको प्राध्यापक थिइन्। उनीहरूका सन्तानहरू रोवनाक आरा चौधुरी र शर्मिन चौधुरी हुन्।
प्रकाशित पुस्तकहरू
[सम्पादन गर्नुहोस्]प्रबन्ध-लेख
[सम्पादन गर्नुहोस्]- अन्वेषण (सन् १९६४)
- नजरुल इसलाम (सन् १९६५)
- द्वितीय भुवन (सन् १९७३)
- निराश्रय गृही (सन् १९७३)
- आरण्याक दृश्यवली (सन् १९७४)
- अनतिक्रान्त बृओ (सन् १९७४)
- प्रतिक्रियाशिलता, आधुनिक इङ्रेजि साहित्य (सन् १९७५)
- परत्तपन्द्र ओ सामन्तवाद (सन् १९७५)
- द इनिमी टेरिटोर (सन् १९७६)
- आमार पितार मुख (सन् १९७६)
- বঙ্কিমচন্দ্রের जमिदार ओ कृषक (सन् १९७६)
- कुमुर बन्धन (सन् १९११)
- उपरकाठामोर भेटरई (सन् १९११)
- बेकनेर मौमाछिरा (सन् १९७८)
- स्वाधीनता ओ संस्कृति (सन् १९७९)
- एकइ समतले (सन् १९८०)
- उनविश्व शताब्दी बाङ्ला गद्येर সামাজিক व्याकरण (सन् १९८०)
- स्वाधीनतार स्पृहा, सामेयर भय (सन् १९८१)
- बाङाली काके बलि (सन् १९८२)
- बाङ्लाीके के बाँचा बे (सन् १९८३)
- বৃত্তের भाङा-गडा (सन् १९८४)
- टालस्टाय अनेक प्रसङ्गेर कायेकाटी (सन् १९८५)
- नेतम, जनता ओ राजनिती (सन् १९८६)
- गणतन्त्रेर पक्ष-विपक्ष (सन् १९८६)
- शेष मीमाङ्सार आगे (सन् १९८८)
- उद्याने एबङ् उद्यानेर बाइरे (सन् १९८९)
- श्रेणी, ममय ओ साहित्य (सन् १९९०)
- স্বপ্নের आलो छाया (सन् १९९१)
- केड बले वृक्ष, केड बले नदी (सन् १९९०)
- দ্বিজাতিতত্ত্বের सत्य-मिथ्या (सन् १९९२)
- लेलिन केन जरुरी (सन् १९९२)
- आपनगन (सन् १९९४)
- अपरिचित नेता, परिचित দুর্বৃত্ত (১৯৯৪)
- बाङालीर जय-पराजय (सन् १९९४)
- लिङ्कनेर विषन्न मुख (सन् १९९४)
- एर पथ ओर प्राचीर (सन् १९९५)
- भय पेयो ना, बेँचे आछि (सन् १९९५)
- माझखानेर मानुषेर (सन् १९९५)
- दुई बाङालीर लाहोर जात्रा (सन् १९९६)
- पतङ्ग, भृत्य ओ दैत्य (सन् १९९६)
- राष्ट्रेर मालिकाना (सन् १९९७)
- उपनिवेशेर संस्कृति (सन् १९९८)
- शेक्सपियरेर मेयेरा (सन् १९९९)
- बाङालीर जातीयताबाद (सन् २०००)
- बाङालीर समय-असमय (सन् २०००)
- ध्रुपदी नायिकादेर कयेकजन (सन् २०००)
- पूँजिवादेर दुशासन (सन् २००१)
- आत्मप्रतिकृति नय (सन् २००२)
- "इङ्रेजी साहित्य न्याय-अन्याय (सन् २००२)
- भुतेर नय, भरिष्यातेर (सन् २००२)
- बन्ध करो ना पाअम (सन् २००४)
- प्रभुर जत इच्छा (सन् २००५)
- भरसार जयगाजमी (सन् २००५)
- विच्छिन्नतार सत्य-मिसत्य (सन् २००६)
- गणतन्त्रेर अमसृण पथ (सन् २००६)
- द्वन्द्वर मेरुकरण (सन् २००६)
- गणतन्त्रेर सन्धाने (सन् २००६)
- विरुप विश्व साहशी मानुष
- जातीयतावाद, साम्प्रदायिकता ओ जनगणेर मुक्ति
छोटो लेख
[सम्पादन गर्नुहोस्]- भालो मानुषेर जगत्त (১৯৯০)
- दरगाटा खोलो (১৯৮৯)
उपन्यास
[सम्पादन गर्नुहोस्]- शेष नेई (सन् २००४)
- कणार অনিশ্চিত जात्रा (सन् २००५)
- बाबुलर बेडा-ओठा (सन् १९९९)
अनुवाद
[सम्पादन गर्नुहोस्]- এ্যারিস্টটলের কাব্যতত্ত্ব (১৯৭২)
- इबसेनेर बुनो हाँस (১৯৬৫)
- हाउसम्यानेर কাব্যের स्वभार (১৯৬৫)
- होमारेर ओडेसी (১৯৯০)।
सम्पादन
[सम्पादन गर्नुहोस्]क्रमिक नङ | सम्पादनार विवरण | साल |
---|---|---|
(१) | आनोयार पाशा रचनावली (तीन खडु) | |
(२) | ढाका विश्वविद्यालय (दुई खडु) | |
(३) | त्रैमासिक नतुन दिगन्त | सन् २००३[७] |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Hussain, Azfar (जुन २३, २०१६), "Bangladesh's foremost oppositional intellectual", The Daily Star, The Daily Star, अन्तिम पहुँच २१ जुलाई २०१६।
- ↑ Hasan Hafiz (जनवरी २६, २०१७), "আমার মা - সিরাজুল ইসলাম চৌধুরী", Anannya Magazine (बङ्गालीमा), अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ५, २०१७ मिति
- ↑ Kaiser Haq (जुन २३, २०१६), "A public intellectual turns 80", New Age, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ "Serajul Islam Choudhury: Our leading public intellectual", New Age, जुन २३, २०१६, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ Syed Manzoorul Islam (जुन २३, २०१६), "Serajul Islam Choudhury: a tribute", New Age, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१६ मिति
- ↑ "“The country is thriving on the exploitation of the poor.”", The Daily Star (अङ्ग्रेजीमा), २०१५-०६-२३, अन्तिम पहुँच २०१८-०८-१४।
- ↑ http://gunijan.org.bd/GjProfDetails_action.php?GjProfId=265