सिलु बिरालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिलु बिरालो
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. pardicolor
वैज्ञानिक नाम
Prionodon pardicolor
Hodgson, 1842
सिलु बिरालोको आवास नक्शा

सिलु बिरालो नेपालमा पाइने एक प्रकारको जनावर हो । यसको वैज्ञानिक नाम (Prionodon pardicolor) हो। नाममा बिरालो भएता पनि यो बिरालो कुलमा पर्दैन। सिलु बिरालो १५०-२००० मि को उचाइमा बस्दछ। यो नेपाल,चीन,भारत,भुटान,म्यानमार र दक्षिणपूर्विय एशियामा आवासिय छ। यो जनावर खासगरि पूर्विय नेपालको तराईतल्लो पहाडी भेगमा बस्छ।

विशेषता[सम्पादन गर्नुहोस्]

सिलु बिरालोको दुब्लो-लामो शरीरमा लामो पुच्छर हुन्छ। यसको घाँटी र टाउको अलि तन्किएको हुन्छ र खुट्टाहरू साना हुन्छन्। यसको पुच्छरमा लगभग आठ अथवा नाै औँठे आकार हुन्छन्। यसको ताैल ०.४५ केजि सम्म मात्र पुग्छ र लम्बाई ३६-३८ सेमि सम्म पुग्छ। यसको पुच्छरको लम्बाई मुल शरीरको लम्बाई जति नै अथवा ३०-३३ सेमि हुन्छ। सिलु बिरालोको आयु ९-११ वर्षको हुन्छ। सिलु बिरालोको गर्भ अवधि ६०-७० दिनसम्मको हुन्छ।यक पटकमा यसले २-३ न्याउरा जन्माउँछन्।

सिलु बिरालोलाई आइयुसिएनले कम चासोकामा सूचिकृत गरे पनि नेपालमा भने लोप्नमुख छ। अध्ययनको कमीलो गर्दा नेपालमा मात्र होइन,अन्य मुलुकहरूमा पनि यसको जनसङ्ख्याको अनुमान लगाउन कठिन छ। तर विज्ञहरू यसको गृहवनको संरक्षणमा ध्यान नदिएकाले अति लोप्नमुख हुनसक्ने भन्छन्। धेरै मानिसहरूलाई सिलु बिरालोको जानकारी नभएकोले पनि लोप्नमुख हुने खतरालाई बढाउँछ।

आहारा र बानीव्यहोरा[सम्पादन गर्नुहोस्]

सिलु बिरालो रातमा बढी सक्रिय हुन्छ र रातमा नै सिकार गर्छ। यो जनावर एक्लो बस्न रुचाउँछ र रूखबिरूवा पनि सजिलै चढ्न सक्छ। सिलु बिरालोले खोक्रो रूखहरूमा घर बनाउँछन् र असक्रिय अवस्थामा पनि त्यही नै आराम गर्छन्। यो मांसाहारी जनावर हो। मुसा,सर्प,भ्यागुतो यसका मुल आहारा हुन्। यसले अरू जनावरका मृत शरीर खाने गरेको छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

[१][२]

  1. http://dnpwc.gov.np/ne/species-detail/61/
  2. https://www.britannica.com/animal/spotted-linsang