सुदीप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदीप
ಸುದೀಪ್
सुदीप
जन्मसुदीप संजीव
(1973-09-02) २ सेप्टेम्बर १९७३ (उमेर ५०)
शिमोगा जिल्ला, मैसूर राज्य (हाल कर्नाटक), भारत
वासस्थानबेङ्गलोर, भारत
पेशाअभिनेता, निर्देशक, टेलिभिजन प्रस्तोता
कार्यकाल१९९६–वर्तमान
जीवनसाथीप्रिया राधाकृष्ण (२००१-वर्तमान)
सन्तान

सुदीप संजीव (कन्नड: ಸುದೀಪ್, जन्म २ सेप्टेम्बर १९७३) जसलाई सुदीपको नामले पनि चिनिन्छ, एक भारतीय अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता, स्क्रिनलेखक र टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा कन्नड चलचित्रमा काम गर्ने गर्छन् ।[१]

सुदीप कन्नड चलचित्र स्पर्श (२००२), हुच्च (२००१), नन्धी (२००२), किच्चा (२००३), स्वाथी मुथु (२००३), माइ अटोग्राफ (२००६), मुस्सनजिमाटु (२००८), वीरा मदकरी (२००९), जस्ट माथ माथल्ली (२०१०), केम्पे गोदा (२०११) र तेलुगु-तमिल चलचित्र ईगा (२०१२) मा गरेको आफ्नो अभिनयको कारणले चिनिने गर्छन् । [२] उनले आफ्नो चलचित्र हुच्चा, नन्धीस्वाथी मुथुको लागि तीन वर्ष लगातार फिल्मफेयर अवार्ड जितेका छन् । सन् २०१३ देखि उनले वास्तविक टेलिभिजन शो बिग बोस कन्नड प्रस्तुत गरिरहेका छन् जुन बिग बोसको कन्नड भर्जन हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "sudeep biography", entertainment.oneindia.in।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०७ मिति
  2. "Fame flies for Sudeep", The Hindu, २ अगस्ट २०१४, अन्तिम पहुँच १२ अप्रिल २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]