सुशिला चापागाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुशिला चापागाईं विराटनगरकी समाजसेवी हुन्। उनले नारी विकास सङ्घ नामक संस्थामार्फ महिलाको चौतर्फी विकासका लागि काम गर्दै आएकी छिन्छ। उक्त संघको स्थापना २०३७ कात्तिक २२मा भएको हो। यसका अहिले पाँच क्षेत्रीय कार्यालय : हेटौडा, धरान, इलाम, विराटनगरबेलबारीमा छन्। २३ शाखा छन्।

सुशिलाको जन्म १९९२ साल मंसिर २ गते भोजपुरको र्‍याङ, सुन्तलाबारीमा भएको हो। उनका पिताको नाम विष्णुप्रसाद अधिकारी र माताको नाम अयोध्यादेवी अधिकारी हो। उनीरू ३-३ दाजुभाइ र दिदीबहिनी मध्ये सुशिला माहिली छोरी हुन्। उनको विवाह चापागाईं परिवारमा भयो। ११ वर्षै बिहे भएपछि उनी दिङ्ला गइन्। २०१८ सालमा मधेश आइन्। केही समय मोरङको देहातमा बसेपछि उनी विराटनगर आइन्नु। उनी धेरै संस्थाको सदस्य भइन् र अहिले आफ्नै संस्थामा मात्र बढी समय दिन्छिन्। सुशिलाले थाइल्याण्ड, श्रीलङ्का, भारतजस्ता केही देश भ्रमण गरेकी छिन्। समाजसेवा गरेकाले उनलाई धेरै पुरस्कार र सम्मान प्रदान गरिएको छ।

बाहिरीय लिँक[सम्पादन गर्नुहोस्]