सूर्यमान गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सूर्यमान गुरुङ

२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गरेका ६४ वर्षीय सूर्यमान गुरुङ ताप्लेजुङ क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँले यस अघि २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनाब लड्नुभएको थियो। हाल नेपाली काङ्ग्रेस, ताप्लेजुङ जिल्ला सभापति रहनुभएका गुरुङले पार्टी प्रशिक्षण विभाग सदस्य र आदिवासी-जनजाति संघको उपसभापतिको जिम्मेदारी सम्हालिसक्नुभएको छ। राजनीतिक संघर्षका क्रममा उहाँले पाँच वर्ष जेलमा र नौ वर्ष निर्वासनमा बिताउनुभएको छ। पूर्व राजा वीरेन्द्रको राज्याभिषेक ताका उहाँ अढाई वर्ष जेल पर्नुभएको थियो। दार्जिलिङ, भारतबाट स्नातक तहसम्मको अध्ययन गरेका सभासद गुरुङ ३ छोरी र २ छोराका पिता हुनुहुन्छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो भने अध्ययन रुचिको विषय। नेपाल रेडक्रस, नेपाल नेत्र-ज्योति सङ्घ लगायतका सामाजिक संघसंस्थामा आवद्ध गुरुङका लेखरचना पत्र‍-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। आफ्नो राजनीतिक निष्ठा र आफूप्रति सबै जातको सदभावका कारणले आफू संविधानसभामा विजयी भएको बताउने गुरुङले राज्य पुनः संरचनामा सबै जातजातिको समावेशी प्रतिनिधित्व हुनुपर्ने र सङ्घीयताका बारेमा वैज्ञानिक विश्लेषण गरी आधारहरूको किटान हुनुपर्ने मुद्दा प्रमुखतासाथ उठाउने संकल्प गर्नुभएको छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]