सोनागी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोनागी (कोरियाली : 소나기, अङ्ग्रेजी अनुवाद : Rain Shower वा Shower) सन् १९५९ मा लेखक ह्वाङ सुन-वनद्वारा लिखित कोरियाली कथा हो ।[१][२] 'सोनागी' को अर्थ गरम मध्याह्न पछि छोटो तर बेजोडले पर्ने वर्षा हो । ह्वाङको यस कथामा "वर्षा" केटा र केटीको छोटो तर दिल छुने प्रेम कथाको प्रतीक हो ।

कथा सारंश[सम्पादन गर्नुहोस्]

कथा साना केटा पात्रले घर फर्कदैँ गर्दा सानी केटी पात्रलाई सानो खोल्सो छेऊ भेटेपछि सुरु हुन्छ । केटा, उक्त केटी मास्टर युनकी पनातानी हुन सक्ने ठम्याउँछन् । प्रत्येक दिन खोल्सो छेऊ भेट्दा केटा र केटी नजिकिन्छन् । शनिबारका दिन उनीहरू पाक्नै लागेको धान खेत हुँदै फट्याङ्ग्रा छिचोल्दै मुला बारीसम्म विभिन्न फूलहरू हेर्दै आइपुग्छन् । केही समयपछि दिन अँध्यारो बन्दै काला बादल लाग्छन् र हावा हुरी लाग्छ । उनीहरू ओत लाग्छन् र केटा आफ्नो ज्याकेट ओडाउँछन् । पुन: खोल्र्सो सम्म फर्किँदा दिन सामान्य बन्न पुग्छ । त्यस दिन पछि अर्का दिनहरूमा केटा केटीलाई देख्दैनन् । एकदिन अकस्मात् भेट्दा केटीले, उनीहरू आफ्नो परिवार पुर्ख्यौली घर छाड्न लागेको बताउँछन् । केही समय पछि केटाले आफ्ना बाबुबाट, मास्टर युनको सम्पूर्ण घर, जग्गा बेचिएको, उनीहरूको दुई सन्तानको पहिल्यै मृत्यु भइसकेको र सानी केटीको बिमार परेको खबर सुन्छन् ।

साहित्यिक विश्लेषण[सम्पादन गर्नुहोस्]

ह्वाङका अन्य कथाहरू उत्कृष्ट मानिए पनि यस कथालाई भने कोरियालीहरू सदावहार मान्दछन् । कोरियाली ग्रामीण बस्ती र निर्दोष किशोरावस्थाको प्रेमका लागि कथा चरचित छ । विभिन्न दृश्यात्मक विषयको वर्णन भएकाले पनि कथाले प्रत्येकमा भिन्नै अर्थ बोकेको छ । भाषागत सरलता र विषयको सरलपनले कथा सबै उमेरकाले बुझ्न सक्ने खालको रहेको छ र वर्तमान र भुत कालका वाक्यहरूको प्रयोगले कथा हालसालै घटित भएका महशुस गराउँछ । ग्रामीण जीवन र शहरीया जीवन शैलीको फरक, वास्तविक खुसीको अर्थ, हराएको निर्दोषपन कथाका मुख्य विषय हुन् ।

यस कथा पनि आफ्ना अरू कथाहरू जस्तै ह्वाङले कोरियाली युद्धको समयमा नै लेखेका हुन् । त्यति बेला उनी शर्णार्थीका रूपमा बस्दै थिए ।

चलचित्र[सम्पादन गर्नुहोस्]

कोरियाली चलचित्र द क्लासिकले विभिन्न दृश्यात्मक कल्पनाहरू सोनागीलाई आधार बनाएका छन् । "केटा र केटी वर्षाबाट बच्नसँगैँ" नजिक हुने दृश्य कोरियाली रोमान्स धारका चलचित्रहरूमा प्रचलित छ ।

सोनागी गाउँ[सम्पादन गर्नुहोस्]

सन् २००९ मा सोनागी गाउँ र ह्वाङ सुन-वन साहित्यिक भवन खोलिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]