सोम बहादुर कुमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोम बहादुर कुमाल
तेह्रौं सागमा काश्य पदकका साथ सोम बहादुर कुमाल
व्यक्तिगत जानकारी
जन्म नामसोम बहादुर
पुरा नामसोम बहादुर कुमाल
राष्ट्रियतानेपाली
जन्म (1992-05-28) २८ मे १९९२ (उमेर ३१)
खेल
राष्ट्रनेपाल
खेलएथ्लेटिक्स
प्रतिस्पर्धा(हरू)दौड 400m 800m
क्लबनेपाल आर्मी क्लब
टोलीनेपाल आर्मी टिम
प्रशिक्षितधनी राम चौधरी(२०१९ साग)
पुष्प राज ओझा
उपलब्धि र उपाधिहरू
व्यक्तिगत उत्कृष्ट(हरू)१.५०.२५ मिनेट (८०० मीटर)
४७.९४ सेकेण्ड (४०० मीटर)
पदक कीर्तिमान
नेपालका लागि प्रतिस्पर्धा
कांस्य पदक – तेस्रो स्थान साग गेम २०१९ ८०० मीटर
नेपाली सेनाका लागि
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ४०० मीटर
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ८०० मीटर
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ४×४०० मीटर
सवर्ण पदक – पहिलो स्थान ९औ राष्ट्रिय खेलकुद २०७९ ४×४०० मीटर

सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्। एथ्लेटिक्सको ८०० मीटर दौडका राष्ट्रिय किर्तिमान बनाएका उनले २०१९ को दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

सोम बहादुर कुमाल नेपाली एथ्लेटिक्स खेलका छोटो र मध्य गतिका खेलाडी हुन्। एथलेटिक्समा ८०० मिटर स्पर्धामा सोम बहादुरको नाममा नेपालको लागि राष्ट्रिय कीर्तिमान रहेको छ। सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए।

कतारको दोहामा आयोजना भएको एशियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भएपछि सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउएका थिए[१]


एसियाली खेलकुद २०१९[सम्पादन गर्नुहोस्]

सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन खेलकुदको पहिलो छनोट चरणमा १ मिनेट ५० दशमलव २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए, यो किर्तिमानसकिर्तिमानसगै उनी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनी १ मिनेट ५३ दशमलव २२ सेकेन्डमा पुरा गरि पन्धौं स्थान प्राप्त गर्न सफल भएका थिए[२][३]

विश्व सैनिक खेलकूद प्रतियोगिता[सम्पादन गर्नुहोस्]

सन् २०१९ मा चिनमा आयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए[४]। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।

व्यक्तिगत उपलब्धी[सम्पादन गर्नुहोस्]

इभेन्ट समय स्थान प्रतियोगिता कैफियत
४०० मीटर ४७.९४ सेकेण्ड _ _ _
८००मीटर १.५०.२५ मिनेट[५] जार्काता, इन्डोनेसिया इन्डोनेसिया एसियाली खेलकुद २०१८ यो उनको ८०० मीटरमा नेपाली राष्ट्रिय किर्तिमान समेत हो।
४×४०० मीटर _ _ _ _

अन्तर्राष्ट्रिय सहभागिताहरू[सम्पादन गर्नुहोस्]

१२औ साउथ एशियन गेम- २०१६ २२ औ एशियन च्याम्पियनसिप- २०१७ २३ औ frdration कप २३ औ एशियन च्याम्पियनसिप-- २०१९

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

सोम बहादुर कुमाल एक नेपाली उत्कृष्ट खेलाडीसँगै राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनी हाल नेपाली सेनामा आबद्ध रहेका छन्। उनले वि.स. २०६९ देखि नेपाली सेनामा प्रवेश गरेका थिए।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • सुकीर्ति पदक २०७६[६]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउने २०७५", अन्तिम पहुँच शनिबार, चैत ३०, २०७७ [dead link]
  2. "Heats and Semifinals results", अन्तिम पहुँच २२ अप्रिल २०१९ 
  3. "Final results", अन्तिम पहुँच २२ अप्रिल २०१९ 
  4. नेपालका सोम फाइनल चरणमा प्रवेश, खेलपाती, प्रकाशित मिति: कार्तिक ६, २०७६, ०१:३०:००
  5. "Athletics Schedule", asiangames2018.id, २४ अगस्ट २०१८, मूलबाट १४ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१८ मिति
  6. "मानबहादुरसहित आर्मीका चार खेलाडीलाई सुकीर्ति पदक प्रर्तिभा पुरस्कार राष्ट्रिय खेलकुद बाट", hamrokhelkud.com, अन्तिम पहुँच बुधबार, साउन २२, २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]