स्टाइलो घाँस
स्टाइलो घाँस | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | Eudicots
|
(श्रेणीविहीन): | Rosids
|
गण: | Fabales
|
कुल: | Fabaceae
|
उपकुल: | Faboideae
|
वंश: | |
वंश: | Stylosanthes Sw.
|
स्टाइलो वहुवर्षिय कोशे घाँस हो। यस घाँसको उत्पत्ति दक्षिण अमेरिकी देश ब्राजिलमा भएको हो। यो अत्यन्त नरम र पोसिलो घाँस हो। यस प्रजातिको घाँसलाई एकपटक लगाए पछि ५-६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ। सबै प्रकारका घरपालुवा जनावरहरूले रुचाएर खाने स्टाइलो घाँस नेपालको सन्दर्भमा तराईदेखि मध्य पहाडी भेगसम्म सफलता पूर्वक खेती गर्न सकिन्छ। नेपालको घाँस विकासमा स्टाइलोले निकै ख्याती कमाएको छ। यस प्रजातिको घाँस मुख्यतया उष्ण जलवायुमा राम्रोसँग फष्टाउन सक्दछ। यो घाँसको अधिकतम उचाइ १ देखि १.२ मिटर रहेको हुन्छ। स्टाइलो प्रजातिको घाँसको विश्वभरीमा ४० भन्दा बढी उपप्रजातिहरू पाइन्छन्। यस प्रजातिको घाँसले अति सुख्खा हावापानी पनि सहन गर्न सक्ने, धेरै चरिचरन खप्न सक्ने हुन्छ तर गाइनेन्सिस उपप्रजातिले चाहिँ बढी चरीचरन सहन गर्न सक्दैन। बढि चरिचराउन हुने स्थानमा पनि यस घाँसको बीउ उत्पादन लिन सकिन्छ भने खुकुलो प्रकारको माटोमा विरुवा छिटो बढ्छ भने बीउ छर्दा जमिनको सतहमा पर्ने गरी छर्नु पर्दछ। स्टाइलो घाँस रुखो माटोमा पनि सजिलै उम्रन सक्छ र अम्लीय माटोमा लगाउदा पनि फसफोरस सोसेर लिन सक्ने क्षमता रहेको हुन्छ। यस घाँसलाई साधारणतया शुक्ष्म जैविक मलको प्रयोग नगरी पनि छर्न सकिन्छ तर कटिङ्गा उपप्रजातिलाई जैविक मलको उपचारको आवश्यक पर्दछ।यो घाँसको उत्पादन चिम्टाइलो माटोमा त्यति राम्रो हुँदैन तर घाँसको जात अनुसार सहन गर्न सक्ने क्षमता भएको तर कटिङ्गा जातले सबैभन्दा कम तापक्रम सहन सक्ने।[३]
हावापानी तथा माटो
[सम्पादन गर्नुहोस्]स्टाइलो घाँस कम खनजोत, कम उर्वरा शक्ति भएको स्थान, खेरा गइरहेको जग्गा जमिन, बाटोको डिल कान्ला, सामुदायिक वन क्षेत्रमा लगाउन सकिन्छ।[४] यस प्रजातिको घाँसबाट एकपटक बीउ छरेपछि ५-७ वर्ष सम्म उत्पादन लिन सकिन्छ। स्टाइलो घाँस उष्ण तथा समसितोष्ण हावापानी भएको क्षेत्रमा राम्रोसँग हुर्किन सक्छ। बीउ उत्पादनको लागि समुद्र सतहबाट ३०० देखि ५०० मिटरको उचाइको क्षेत्र उपयुक्त हुन्छ। स्टाइलो सबै खाले माटोमा लगाउन सकिन्छ तर रामो निकासको प्रबन्ध भएको बलौटे, दोमट माटोमा लागाउदा उत्पादन बदि लिन सकिन्छ। पानी जम्ने वा ओसिलो माटोमा भने घाँस राम्रो हुँदैन। यस घाँसको वृद्धि विकासका लागि माटोको पिएच मान ४-८ सम्म राख्दा बढी उत्पादन हुन्छ। अन्य घाँस उत्पादन गर्न नसक्ने तथा खेती अयोग्य जमिनमा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ र बढी बीउ उत्पादनकोलागि बलौटे र दोमट माटो उपयूक्त मानिन्छ।[५] यस घाँसका लागि वार्षिक औषत वर्षा ८०० मिलिमिटर आवश्यक पर्दछ तथापि उष्ण प्रदेशका लागि १५०० मिलिमिटर र समसतोष्ण प्रदेशका लागि १००० मिलिमिटर भन्दा बदि बार्षिक वर्षा भएमा घाँसको उत्पादन बढाउन सकिन्छ। यस घाँसले तुसारो सहन गर्न नसक्ने तर विरुवा जिवितै अवस्थामा रहिरहने र छायाँमा पनि राम्रो घाँस उत्पादन हुने गर्दछ। यस घाँसको लागि वार्षिक औषत तापक्रम २३ देखि २७ डिग्री सेल्सियस राम्रो मानिन्छ।
जग्गाको तयारी
[सम्पादन गर्नुहोस्]स्टाइलो घाँसको बीउ मसिनो हुने भएकाले माटो बुर्बुराउँदो हुनेगरी जग्गाको तयारी गर्नुपर्दछ र मात्र बीउ राम्रोसँग उम्रिन सक्दछ तर यो घाँस सामान्य खनजोत गरेर पनि छर्न सकिन्छ। बाँझो चौर, सामुदायिक वन क्षेत्रमा घाँस लगाउने ठाउँमा झार बुट्यानहरू हटाई हलुकासँग खन जोत गर्ने र बीउलाई माटोमा पर्ने गरी छर्नु पर्दछ र हलुकासँग छोप्नु पर्दछ तर यस घाँसको बीउलाई गहिरो गरी छर्नु हुँदैन।[६] जग्गाको बनावट अनुसार बीउलाई लस्करै वा छरेर लगाउन सकिन्छ। बीउलाई लस्करै छर्दा बीउ छर्ने जग्गामा करिव १-१ मिटरको दुरी बनाई १०-१२ सेमी चौडा क्षेत्र मात्र खनजोत गरी बीउ छर्न सकिन्छ।[७] बीउ छरी सकेपछि हलुकासँग माटोले छोपी चलाई दिनु पर्दछ यसो गर्दा खनजोतको खर्च कम लाग्ने र पछि बीउ सङ्कलन गर्न र गोडमेल गर्न पनि सजिलो पर्दछ।[८] पछि घाँस झाङ्गिदै जाने भएकोले झाँङ बीचमा रहेको खाली स्थान ढाकिँदै जान्छ। माटोमा फसफोरसको कमी भएको खण्डमा १०-२० किग्रा प्रति हेक्टरका दरले फसफोरस मल छर्नु पर्दछ।[९]
खेती तथा रोपण
[सम्पादन गर्नुहोस्]स्टाइलो घाँस मनसुन सुरु हुनु भन्दा पहिला नै छर्नु पर्दछ। त्यसैले स्टाइलो घाँस छर्ने उपयुक्त समय पहिलो पटक पानी परेपछि वा वैशाख १५ देखि असार १५ सम्म उपयुक्त मानिन्छ।[१०]नियमित रूपमा पानी पर्न थाले पछि घाँसको बीउ छर्न उपयुक्त हुँदैन। सिँचाइको सुविधा भएको ठाँउमा स्टाइलो फागुन चैतमा पनि छर्न सकिन्छ। यस घाँसको बीउ मसिनो हुने भएकोले धेरै गहिराइमा छर्नु हुँदैन। जमिनको १ सेमी भन्दा तल परेको स्टाइलोका बीउ टुसाउन सक्दैनन्। साधारणतया १ हेक्टरका लागस ५ किग्रा बीउको आवश्यकता पर्दछ।[११] एक रोपनीको लागि २५० ग्राम र एक कट्ठाको लागि १७० ग्राम बीउ भए प्रसस्त हुन्छ। स्टाइलो घाँसको बीउलाई सकेसम्म लस्करै छर्नु पर्दछ तर लस्करै छर्न सम्भव भएन भने बीउ एकनासले पर्ने गरी तोरी छरे झै गरी छर्न सकिन्छ। बीउ मसिनो भएको हुँदा बीउ जतिकै मात्रामा मसिनो माटो मिसाएर छर्दा राम्रो हुन्छ। नयाँ ठाउँमा स्टाइलो लगाउने भएमा पहिले स्टाइलो घाँस लगाएको ठाँउको माटो बीउमा मिसाएर छर्नु उपयुक्त हुन्छ जसले गर्दा जरामा नाइट्रोजन स्थिरिकरण गर्ने जिवाणुको वासस्थानको लागि आवश्यक पर्ने गिर्खा बन्न र घाँसको विरुवा बढ्नमा सहयोग पुग्दछ।
घाँस तथा बीउ उत्पादन
[सम्पादन गर्नुहोस्]घाँसको उत्पादन जमिन, जल र मलमा भर पर्दछ।[१२]दोमट माटोमा प्रयाप्त चिस्यान र उपयुक्त हावापानी भएको खण्डमा घाँस छरेको २-५ महिनामा हरियो घाँस काट्न लायक हुन्छ।[१३] पहिलो पटक घाँस काटेपछि २ महिनाको फरकमा पुनः घाँस काट्न सकिन्छ। यस घाँसको उत्पादन वर्षमा ५-६ पटक सम्म लिन सकिन्छ। यस घाँस काट्दा जमिनको सतहवाट १० सेमी माथिबमट काट्नु पर्दछ जसले गर्दा पछि घाँस पलाउन सजिलो हुन्छ। बीउ उत्पादनको लागि घाँस राख्ने हो भने भदौ १५बाट घाँस काट्न छाड्नु पर्दछ। स्टाइलो प्राय वर्षे भरी नै हरियो रहन्छ। चैत्र वैशाखमा तिर धेरै सुख्खा भएको अवस्थामा मात्र घाँस सुक्न सक्दछ।[१४] सामान्य अवस्थामा हरियो घाँसको उत्पादन ५०-६० मेट्रिक टनसम्म लिन सकिन्छ।
पुष माघमा स्टाइलो घाँसको विउ सङ्कलन गर्न सकिन्छ। यस प्रजाति भित्रको कुक स्टाइलो एकै चोटी पाक्दैन भने यसमा फुल फुल्ने, बीउ लाग्ने, पाकेर झर्ने क्रम निरन्तर भइरहेको हुन्छ। त्यसैले बीउ सङ्कलन एकै चोटी गर्न सकिँदैन यसको लागि ३-४ दिनको फरकमा घाँसको झाङ्ग मुठा पारी नाङ्लो वा प्लास्टिकमा थापेर झाङ्गमा लट्ठिले हलुकासँग हिकाएर बीउ सङ्कलन गर्नु पर्दछ भने यस प्रक्रियालाई ३-४ पटक दोहोऱ्याउनु पर्दछ।[१५] सङ्कलित बीउलाई राम्रोसँग केलाएर ३-४ पटक घाममा सुकाइ भण्डारण गर्नु पर्दछ। सामान्य कुक र पाल्पा स्टाइलो जातको बीउ प्रति हेक्टर २०० किग्रासम्म बीउ उत्पादन लिन सकिन्छ भने निना स्टाइलोको बीउ २००-२६० किग्रा प्रति हेक्टर बीउ उत्पादन लिन सकिन्छ यसैगरी हमाटा जातको स्टाइलोबाट १०००-१२०० किग्रा बीउ उत्पादन लिन सकिन्छ।
पौष्टिक तत्व
[सम्पादन गर्नुहोस्]यस घाँसमा बढी प्रोटिन भएकोले यो घरपालुवा जनावरहरूका लागि पोषिलो घाँस मानिन्छ तर कलिलो अवस्थामा बढी खुवाउदा पशुको पेट ढाडिने समस्या हुन सक्दछ त्यसैले यसलाई अन्य अकोषे घाँस वा नल परालसँग मिसाएर खुवाउनु पर्दछ।[१६]औषतमा स्टाइलो घाँसमा प्राप्त हुने पौष्टिक तत्वहरूमा क्रुड प्रोटिन १५-१७%, क्रुड फाइवर ६०-६५%, क्यालसियम १.०-१.५%, फसफोरस ०.१-०.२%, पोटासियम १.२-१.८% र म्याग्नेसियम ०.६-०.८% रहेको छ।[१७] यस घाँसमा कुनै प्रकारको विषाक्तता पाइएको छैन।[१८]
नेपालमा स्टाइलो घाँस
[सम्पादन गर्नुहोस्]यस प्रजातिको घाँस नेपालका मध्य पहाडी, भित्री मधेसी तथा तराईका भूभागमा राम्रोसँग फैलिन सक्ने पाइएको छ। कुक जातको स्टाइलो नेपालमा सन् १९८४ मा जनकपुर र रञ्जितपुरमा अनुसन्धान गरी अन्यत्र लगाउन सुरु गरिएको थियो। हाम्रो देशमा खास गरी हमाटा स्टाइलो, कुक र पाल्पा स्टाइलो बढी लगाउने गरिएको छ। त्यसमा पनि पाल्पा स्टाइलो पाएसम्म अरु स्टाइलो कृषकहरूले सामान्यतया लगाउने गरेका छैनन्।[१९] सामुदायिक पशु विकास आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा नयाँ जातको स्टाइलो निनालाई कृषकको खेत बारीमा लगाइएको थियो भने यस घाँस उत्पादन उत्साहजनक पाइएको थियो।
नेपालमा प्रचलनमा ल्याइएका स्टाइलो घाँसको मुख्य जात उपजातहरू निम्न अनुसार छन् । १. हमाटा स्टाइलोः भेरानो, अमिगा २. साधारण स्टाइलो, कुक, पाल्पा स्टाइलो निना, टेम्प्रानो ,ग्राहम, इन्डेभर स्टाइलो ३ स्क्यात्रा स्टाइलो - सिका, सिरान ४ कटिका स्टाइलो - प्राइमर, युनिका[२०]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "The dalbergioid legumes (Fabaceae): delimitation of a pantropical monophyletic clade", American Journal of Botany 88 (3): 503–33, २००१, जेएसटिओआर 2657116, डिओआई:10.2307/2657116, पिएमआइडी 11250829। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२९ मिति
- ↑ "Reconstructing the deep-branching relationships of the papilionoid legumes", South African Journal of Botany 89: 58–75, २०१३, डिओआई:10.1016/j.sajb.2013.05.001।
- ↑ "Stylosanthes", राष्ट्रिय स्रोत संरक्षण सेवा, युएसडिए वनस्पति डेटाबेस।, अन्तिम पहुँच ४ डिसेम्बर २०१५।
- ↑ Sa R (萨仁); Salinas AD (२०१०), "笔花豆属" [61. Stylosanthes Swartz, Prodr. 7, 108. 1788.], in Wu ZY (吴征镒); Raven PH; Hong DY (洪德元), Flora Republicae Popularis Sinicae [Flora of China], Vol. 10 (Fabaceae), Missouri Botanical Garden Press, St. Louis, and Science Press, Beijing, पृ: 135–136, आइएसबिएन 9781930723917, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४।
- ↑ Chakraborty S, सम्पादक (२००४), "Forage potential of Stylosanthes in different production systems", High-Yielding Anthracnose-Resistant Stylosanthes for Agricultural Systems, Australian Centre for International Agricultural Research (ACIAR), पृ: 27–38, आइएसबिएन 978-1-86320-442-2।
- ↑ Portal, DBO (१५ मार्च २०१८)। "Nova chance para os estilosantes"। Portal DBO। सङ्ग्रह मिति २५ जुन २०१९।
- ↑ "Manejo de Pastagens de Estilosantes Mineirão na Amazônia Ocidental"। Portal Agrolink (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Uso de leguminosas em sistemas de produção. 5 Estilosantes"। BeefPoint (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Produção de estilosante beneficia a criação de gado no Tocantins - Notícias - Secretaria da Comunicação"। secom.to.gov.br। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ Saúde, Boi (२०१८-०५-११)। "Como utilizar estilosantes mineirão na pastagem?"। Boi Saúde (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Estilosantes Mineirao: leguminosa forrageira para os cerrados. - Portal Embrapa"। www.embrapa.br। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Estilosantes Campo Grande - Produtos/Cultivares - Germipasto"। www.germipasto.agr.br। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ Ltda, Youzoom Soluçőes स्रोत। "Estilosantes Campo Grande - Emb. 05kg"। Sementes Boi Gordo - Qualidade em Sementes de Pastagem (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Estilosantes Campo Grande - Produtos/Cultivares - Germipasto"। www.germipasto.agr.br। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Estilosantes Campo Grande"। Grupo Facholi। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Embrapa lança nova leguminosa para terras férteis, o Estilosantes Bela"। www.girodoboi.com.br। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ alterar। "Estilosantes Bela: Em consórcio ou em valor nutritivo essa leguminosa se destaca"। ruralpecuaria.com.br (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "Nova leguminosa recupera pastagens e engorda o gado"। www.embrapa.br (पुर्तुगाली भाषा)। सङ्ग्रह मिति २०१९-०६-२५।
- ↑ "सिक्ने हैन घाँस उत्पादन सम्बन्धी प्रविधि"। कृषि पत्रिका। सङ्ग्रह मिति २ जुन २०२०।
- ↑ "व्यावसायिक घाँस खेती फस्टाउँदै"। नागरिक समाचार। सङ्ग्रह मिति २ जुन २०२०।