स्तनपान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आमाको दूध चुसिरहेको नवजात शिशु

स्तनपान (Breast Feeding) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान र सघनतालाई परिवार नियोजनको माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जान्छ । यो कार्य ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि छ ।

अन्तरराष्ट्रिय स्तनपानको चिह्न

महत्व[सम्पादन गर्ने]

स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । तर विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ । यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ । [१]

स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् । [२] आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन् । वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन । यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाट बच्चाहरूको पेट मा । यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ ।

जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ । उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ । यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस हुन सक्छ । यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ ।

गलत धारणा[सम्पादन गर्ने]

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारण रहेको पाइन्छ । तर यो कुरा साँचो होइन । आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ । बरू यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ । आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ । यिनै कुरालाई मनन गरेर चीनले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानूनी रूपमै रोक लगाएको छ । [३]

पाउडर दूध बनाउने कम्पनीहरू सबै आमाले पाउडारलाई स्तनपानको सट्टा पाउडर दूध खुवाउन् भन्ने चाहन्छन् तर बोतल र कृत्रिम दूधको प्रयोग ज्यादै हानिकारक हुन्छ । पाउडर दूध खुवाउँदा लाखौ बच्चाहरू कुपोषित वा बिरामी परेका छन् वा मृत्यु भएको छ ।

  • पाउडर वा टिनको र गाईबस्तुको दूधले बच्चालाई रोगबाट बचाउन सक्दैन ।
  • यस्तो दूधले बच्चालाई रोग लगाउन र ज्यान लिन सक्छ । पाउडर दूध खुवाउँदा दुधदानी वा त्यसमा मिसाइने पानी राम्ररी उमालिएन भने बच्चाले हानिकारक किटाणु निल्छ र पखाला लाग्छ ।
  • पाउडर दूध धेरै महँगो हुन्छ । एउटा बच्चालाई पहिलो वर्ष नै कम्तीमा ४० किलो पाउडर चाहिन्छ ।

स्तनपानको फाइदा[सम्पादन गर्ने]

आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।

केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरीत आमाको दूध शत-प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । यो शायद यस कारण बाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन । स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् । [४]

  • बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
  • स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
  • स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता बिमार र संक्रमणबाट बचाउँछ ।
  • दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
  • स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस् । हुने रोगबाट जोगाउँछ) ।
  • आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।
  • स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ ।
  • कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ ।
  • स्तनपान गराउन खर्च लाग्दैन । [१]

स्तनपानलाई प्रोत्साहन[सम्पादन गर्ने]

विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान हप्ताको रूपमा मनाइने गरिएको छ ।

स्तनपान गराउने तरिका[सम्पादन गर्ने]

नवजातं शिशुलाई

आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तस्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । दूध चुसाइले दूधको प्रवाहलाई बढाउँछ ।

सुत्केरी भएपछि पहिलो २ वा ३ दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ जुन बच्चाको लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्त्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । बच्चाको आँत सफा गर्नका लागि जडीबुटी, चिया वा पानी खुवाउन आवश्यक छैन ।

कुनै पनि बच्चालाई बच्चालाई

बच्चालाई स्तनपान गराउँदा चुस्न सजिलो बनाई दिनुपर्छ । आमा पनि सजिलो गरी बस्नुपर्छ जसले गर्दा दूध राम्ररी बग्न सकोस ।

बच्चाको टाउको र शरीर सिधा राख्नको लागि बच्चाको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ । बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ र मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ ।

यस बच्चाको मुखले आमाको स्तन यस बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको छ । राम्ररी च्याप्न सकोको छैन ।

नवजात शिशुको पछिल्लो भागलाई आमाको यो अकॉ राम्रो तरिका हो । कुनै सिरानी वा हातले थाम्नुपर्छ । बाक्लो कपडामाथि बच्चालाई राख्नुपर्छ ।

स्तनपान गराउँदा समस्या पथ्र्यो भने अन्य अनुभवी महिलाको सहयोग लिनुहोस् । उनले कतिपय स्वास्थ्यकर्मीले भन्दा राम्रो सल्लाह दिन सक्छिन् । जस्तै समस्या परे पनि दुधदानीको प्रयोग नगर्नुहोस्, यसले बच्चालाई अर्के प्रकारको दुध चुस्ने बानी पार्छ । स्तनपान गराउने नै प्रयास गर्नुहोस् । कुनै बेला राम्रो विधि सिक्न आमालाई समय लाग्छ भने कुनै बेला राम्ररी दूध चुस्न सिक्न बच्चालाई समय लाग्छ ।

दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । बच्चाले चुस्न थालेको केही मिनेटपछि आउने दूधमा बढि चिलो हुन्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।

बच्चा भोकाएपछि (राति, दिउँसो जुनसुकै बेला) स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ । नानीले जति चुस्छ उति नै दूध बढी बन्दै जान्छ ।

गर्मीयाम भए पनि बच्चालाई चिनी, पानी, अरू किसिमको दूध वा तयारी आहारहरू दिनुपर्दैन । यस्ता आहारहरू बच्चाले खाएपछि भनेजति आमाको दूध खान सक्दैन । यस्तो आहार ४ देखि ६ महिनासम्मका बच्चालाई हानिकारक हुनसक्दछ ।

बच्चालाई ढच्याउ गराउने

कुनै-कुनै बेला बच्चाले दूध खाँदा हावा पनि निल्छ, यसले उसलाई असुविधा हुनेगर्छ । बच्चालाई उचालेर पाखुरा वा छातीमा राखी ढाड मसारेर त्यो हावा फाली ढयाउ गर्न मद्दत गर्नुपर्छ । काखमा बसेको वा सुतेको बेला पनि त्यसो गर्न सकिन्छ । बच्चालाई राखेर थमथमाउँदा असजिलो भएको वा सधैं रोइरहने बच्चालाई पनि आराम मिल्छ ।

आमालाई सल्लाह[सम्पादन गर्ने]

बच्चालाई दुध चुस्न असजिलो भएको कुरा थाहा पाउने तरिका :

  • बच्चाले छटपट गर्छ वा रुन्छ र दूध चुस्न मान्दैन भने ऊ असजिलो अवस्थामा छ ।
  • बच्च को शरीर आमातिर फर्केको छैन वा स्तनमा मुख पुयाउँदा टाउको बाङ्गिएको छ भने ऊ सजिलो अवस्थामा छैन । यस्तो अवस्थामा बच्चाले दूध चुस्न नसक्ने हुन्छ ।
  • मुन्टाको वरिपरिको खैरो भाग धेरै नै दे खएको छ भने बच्चाको मुखमा राम्ररी स्तन परेको छैन ।
  • बच्चाले दूध चुस्दा आवाज आउँछ र छिटो-छिटो तान्छ भने पनि स्तन राम्ररी मुखमा परेको छैन । मा बच्चाको मुखमा स्तन राम्ररी राखिदिनुपर्छ । त्यसपछि उसले बिस्तारै र गहिरो गरी तान्छ र यस्त राम्ररी निल्छ ।
  • आमालाई पीडा हुन्छ र मुन्टामा घाउ छ भने मुन्टालाई अलि भित्र राख्नुपर्छ ।

स्तनपान गराउने आमाको आहारा[सम्पादन गर्ने]

आमाले सुत्केरीबाट उठ्न, बच्चाको राम्रो हेरचार गर्न र तिनले गर्नुपर्ने कामहरू गर्नका लागि राम्ररी खानुपर्छ । उनीहरूलाई प्रोटिन तथा चिल्लो पदार्थयुक्त खानाका साथै प्रशस्त सागसब्जी र फलफूलको आवश्यकता पर्छ । उनीहरूलाई सफा पानी, दूध, ज्वानोको झोल, सुप र जुसजस्ता तरल पदार्थ पनि प्रशस्त चाहिन्छ । यी विभिन्न आहारले आमाको शरी बनाइरहेको हुन्छ ।

स्तनपान गराउन पैसा खर्च हुँदैन । यदि सम्भव हुन्छ भने त्यो बचेको पैसाले आमाले आफ्नो आहारमा सुधार गर्नुपर्छ । अतिरिक्त प्रोटिनका लागि सिमी, बीउ हुने फल, अन्डा, दूध, दही, चीज, माछामासु आदि खानुपर्छ ।

केही मान्छेहरू सुत्केरीले खास-खास प्रकारका खानाहरू खानु नहुने र वच्चाले पहिलो दुध खानु हुँदैन भन्छन् तर उनीहरूले सन्तुलित खाना खाना पाएनन् भने उनीहरू कुपोषण, रक्तअल्पता र अन्य रोगका हुन्छन् ।

सकार कुनैकुनै बेला स्तनपान गराउने आमालाई विशेष भोजन दइन्छ । खास पोषणयुक्त छ भने यस चलनलाई राम्रो मान्नुपर्छ । असल आहारले सुत्केरी भएपछिको शरीरलाई चाँडै तङ्गग्राउँछ । निम्न अवस्थामा अरू थप आहारा चाहिन्छ :

  • स्तनपान गराउने आमा गर्भवती भएको अवस्थामा
  • बिरामी वा स्वास्थ्य कमजोर भएको अवस्थामा ।
  • दुई वर्षभन्दा कम समयमै अर्को गर्भ रहेको अवस्थामा

विशेष अवस्थाका नानीहरूलाई स्तनपान[सम्पादन गर्ने]

ज्यादै साना अथवा कम तौल भएका शिशु : शिशुले राम्रोसँग दूध चुस्न सकेन भने दूधलाई हातैले निचोरेर चम्चा वा कपले खुवाउनुपर्छ । बच्चा जन्मनेबित्तिकै देखि यो क्रम सुरु गर्नुपर्छ र आफै चुस्नसक्ने नहुन्जेलसम्म यस्तो गरिरहनुपर्छ । यसो गर्दा स्तनमा अरू बढी दूध उत्पादन हुन्छ । बच्चा जन्मदा उसको वजन १.५ (डेढ) किलो ग्राम (३.५ (साढे तीन) पाउन्ड) भन्दा कम छ भने उसलाई नाकदेखि पेटसम्मको एउटा पाइप राखेर अरू विभिन्न विशेष उपचार गर्नु आवश्यक पर्छ । आमाको दूध त्यो पाइपद्वारा दिइन्छ । यसबारे स्वास्थ्य कार्यकर्तासँग कुरा गर्नुहोस् ।

महिना नपुगी जन्मेको बच्चा : बच्चा बच्चालाई धेरै न्यानो चाहिन्छ । उसलाई न्यानो कपडाले बेरेर तपाईंको स्तनसँगै छातीमा राख्नुहोस् । कतिपय ठाउँमा यस तरिकालाई कङ्गारु हेरचाह' पनि भनिन्छ । कपडाभित्र आमा र बच्चाको छालाको स्पर्श हुनुपर्छ र दूध चुसाइरहनु पर्छ । राम्ररी दुध चुस्न नसके हातले निकालेको दूध खुवाउनु पर्छ ।

ओठ र तालु खुँडे भएको बच्चा : यस्ता बच्चाहरूलाई दुध चुस्नका लागि विशेष सहयोग चाहिन्छ । ओठभित्र मात्र धाजा फाटेको छ भने त उसले राम्रैसँग चुस्न सक्छ । (दुध खुवाउँदा ओठ फाटेको ठाउँमा आफ्नो हातको औंला राखिदिनुहोस् । तर तालु नै खुला छ भने दूध खुवाउँदा उसलाई सिधा पारेर राख्नुहोस् । यतिखेर तपाईंलाई विशेष सहयोग चाहिन सक्छ । बच्चाले स्तन च्यापेपछि आमाले हातैले दूध निचोरेर मुखमा झारिदिनुपर्छ ।

कमलपित्त भएको शिशु : कमलपित्त भएको बच्चालाई आमाको दूध र घामको किरण पर्याप्त चाहिन्छ । यो रोग लागेमा कुनै-कुनै बच्चाहरू धेरै निदाउने गर्छन् । धेरै निदाउने बच्चालाई हातैले निकालेको दूध २४ घण्टामा कम्तीमा १० पटक खुवाउनुपर्छ । नागो पारेर बच्चालाई विहान र डुब्नु अघिको घाममा राख्नुपर्छ अथवा धेरै उज्यालो कोठामा राख्नुपर्छ ।

जुम्ल्याहा बच्चा : जुम्ल्याहाहरूमा एउटा चाहिं कमजोर भएर जन्मेको हुनसक्छ । यस्तोमा दुवै बच्चाले आमाको दूध प्रशस्त खान पाउनुपर्छ । जुम्ल्याहा बच्चाको आमाले दुवैलाई पुग्ने प्रशस्त दूध बनाउन सक्छिन् ।

बच्चा बिरामी हुँदा

  • बच्चा बिरामी हुँदा स्तनपान रोक्नु हुँदैन । स्तनपान गराईराखेमा मात्र चाडै स्वास्थ हुन्छ ।
  • झाडापखाला बच्चाहरूका लागि खतरनाक हुन्छ । यस्तो बेलामा औषधिभन्दा पनि हेरचाह नै प्रभावकारी हुन्छ किनभने धेरैजसो बच्चाहरु पानी नपुगी जलवियोजन (dehydration) का कारणले मर्छन् ।
  • पखाला लागेको बेला छिटो-छिटो दूध खुवाउने र थप पानी पिलाउने ।
  • बच्चा कमजोर छ भने दूध खुवाइरहनुहोस् । बच्चाले दूध नचुसे हातैले निकालेर खुवाउने र स्वास्थ्य कार्यकर्तालाई देखाउने ।
  • बच्चालाई वान्ता हुँदा थोरै-थोरै मात्रामा छिटो-छिटो खुवाउनुपर्छ । प्रत्येक ५ देखि १० मिनेटभित्रमा बच्चालाई चम्चाले थप पानी दिइरहनुपर्छ । मौका पर्नेबित्तिकै स्वास्थ्य कार्यकर्तासँग सल्लाह लिनुपर्छ किनभने जल वियोजनले बच्चा मर्न सक्छ ।
  • बच्चालाई अस्पताल लगेपछि पनि स्तनपान गराइराख्नुपर्छ । यदि तपाईं - अस्पतालमा बस्न नसक्ने आमाले भने आफ्नो दूध निचोरेर भाँडामा वा पनर्जलीय तरल पदार्थ बोतलमा राखी खुवाउने व्यवस्था मिलाउनुपर्छ ।

बच्चालाई चम्चा वा कपले कसरी खुवाउने

  • सानो कप वा चम्चा प्रयोग गर्नुहोस् । उमाल्ने व्यवस्था नभए कप वा चम्चालाई साबुनपानीले राम्ररी धुनुपर्छ ।
  • बच्चालाई काखमा लगभग सिधा गरी राख्नुहोस् ।
  • सानो कप वा चम्चाले दूध बच्चाको ओठमा पर्ने गरी बिस्तारै राख्नुहोस् ।
  • मुखमा दूध नखन्याउनुहोस्, बच्चा आफैले त्यसलाई तानोस् । धेरैजसो साना राम्रो हुन्छ ।

आमा बिरामी हुँदा

  • बिरामी आमाले पनि सकेसम्म बच्चालाई अन्य आहाराको सट्टा स्तनपान नै गराउनुपर्छ । आमालाई यदि धेरै ज्वरो र पसिना आएमा दूध कम बन्छ ।
  • यसो हुनबाट जोगिनका लागि :
  • तरल पदार्थ धेरै पिउनुहोस् ।
  • स्तनपान गराइरहनुहोस् ।
  • सुतेर स्तनपान गराउनुपर्छ
  • हातले दूध निकाल्नुपर्छ (आवश्यक परे अरूको मद्दत लिने)
  • बच्चालाई संक्रमणबाट बचाउन स्तन वा बच्चालाई छुनुअगाडि साबुन पानीले राम्रोसँग आफ्नो हात धुनुहोस् ।

अामाले औषधि प्रयोग गदा

धेरैजसो औषधिहरू ज्यादै कम मात्रामा मात्र दूधमा जाने हुनाले यिनीहरूले बच्चालाई असर गर्दैनन् । बरु स्तनपान रोकियो भने बच्चालाई नोक्सान हुन्छ । तर कुनै-कुनै औषधिहरूका खराब असर हुन्छन् । यस पुस्तकमा त्यस्ता औषधिहरूका चेतावनीको सङ्केतका साथै सुरक्षित औषधिहरूको सुझाव दिइएको छ । गराइरहेको कुरा उनलाई बताउनुहोस् । यसबाट नराम्रो औषधिको प्रयोग गर्नबाट बचिन्छ ।

आमा पुनः गर्भवती हुँदा वा अकों बच्चा जन्मदा बच्चा भएकी आमा गर्भवती भइन् भने पनि उनले स्तनपान गराइरहन सक्छिन् तर यो बेलामा उनले धेरै पोषणयुक्त खाना खानु पर्छ ।

परिवर्तनका लागि गर्न सकिने कामहरू[सम्पादन गर्ने]

महिलाहरूलाई सूचना मात्र होइन सहयोग पनि चाहिन्छ । महिलाहरूलाई पहिलो ६ महिनासम्म आफ्नो बच्चालाई दूधबाहेक केही पनि दिनुहुन्न भन्ने कुरा गर्न सकिने बताउनुपर्छ । अन्य आहाराहरूले बच्चालाई हानि गर्नसक्छ भन्ने कुरा उनी र उनका परिवारलाई पनि बुझाउनुपर्छ ।

समस्या आउनुभन्दा अगाडि महिलाहरूलाई स्तनपानका लागि सहयोग गर्नुपर्छ ।  दूध पर्याप्त छ भन्ने कुरा बुझन उनीहरूलाई सहयोग गर्नुपर्छ । सधैं आइपर्ने समस्याका बारेमा आमा-आमाबीच भएको छलफल बढी प्रभावकारी हुन्छ । जसले बढी दूध खुवाएको छ वा जसको बच्चा बढी सप्रेको छ त्यस्ता आमाको नेतृत्वमा दूध खुवाउने आमाहरूको समूह खोल्नुपर्छ ।

स्वास्थ्य केन्द्रलाई स्तनपान गराउने आमाहरूका लागि बढी मित्रवत बनाउने प्रयास गर्नुपर्छ ।  बच्चा जन्मनेबित्तिकै दूध चुसाउन आमाहरूलाई सहायता गर्नुपर्छ । आमालाई बच्चासँग सुत्न प्रोत्साहित गर्नुपर्छ । आमा बिरामी पर्दा पनि बच्चा साथैमा रहोस् ।

तपाईं स्वयं आमा हुनुहुन्छ भने आफ्नो बच्चालाई स्तनपान गराएर कसरी स्तनपान गराउँदै पनि काम गर्न सकिन्छ भनेर सिकाउनुहोस् ।

स्वास्थ्य केन्द्रमा कृत्रिम दूधका पोस्टर र अन्य प्रचार सामग्री टाँस्न प्रतिबन्ध लगाउनुहोस् । पाउडर दूध बनाउने कम्पनीका नमुना वा उपहारहरू नलिनुहोस् । र तिनका प्रतिनिधिहरूलाई स्वास्थ्य केन्द्रमा छिनै नदिनुहोस् ।

कामदारहरुलाई स्तनपानको महत्वबारे शिक्षा दिनुहोस् । महिलाहरुलाई उनीहरुका नानीलाई स्तनपान गराउने वा दूध निकाल्न सक्ने स्थान उपलव्ध गराउनुपर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]