स्पोर्ट्सकिडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्पोर्ट्सकिडा
साइटको प्रकार
खेलकुद वेबसाइट
संस्थापितसन् २००९
मालिकएब्सोलुट स्पोर्ट्स प्रालि
युआरएलsportskeeda.com
अलेक्सा क्रमह्रास ६,१६० (अक्टोबर २०१९)
दर्तावैकल्पिक
वर्तमान स्थितिचालू

स्पोर्ट्सकिडा बहुराष्ट्रिय दर्शक र लेखकहरू समावेश गरिएको भारतमा आधारित एक बहु खेलकुद वेबसाइट हो। प्रयोगकर्ताहरू विश्वभरबाट प्रशंसकहरूसँग कुराकानी गर्न वेबसाइटमा पढ्न, लेख्न र टिप्पणी गर्दा संलग्न हुन सक्छन्।[१] यस साइटले मुख्य खेलहरू जस्तै फुटबल, क्रिकेट,टेनिस , बास्केटबल, हकी, फरमुला वान, ब्याडमिण्टन, व्यावसायीक कुश्ती, मिश्रित मार्शल र बक्सिङका साथसाथै कबड्डी र स्क्वास जस्ता परिचित खेलकुदहरू समावेश गर्दछ। यसले फुटबल र बेसबलको रूपमा अमेरिकी खेलहरू पनि समावेश गर्दछ। स्पोर्ट्सकिडाले पनि मनोरञ्जन खेलहरू जस्तै डब्ल्युडब्ल्युई र युएफसीलाई पनि समावेश गर्दछ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

स्पोर्ट्सकिडा यसको वर्तमान प्रमुख कार्यकारी अधिकारी पोरूस जैन र श्रीनिवास राौड कुड्डापाद्वारा सह-स्थापना गरिएको थियो।

यस वेबसाइटको नाम स्थानीय हिन्दी भाषाबाट राखिएको छ जसको नेपालीमा अर्थ हुन्छ खेलकुद किरो। यो वेबसाइट सन् २००९ मा जैन र उनका खेलकुद समर्थक मित्र अन्सु प्रसादले सृजना गरेका थिए।[३] I यो सुरुवातमा नोइडामा जैनको बुबाको कार्यालयबाट सेवा सञ्चालन गरिएको थियो भने हाल यसको कार्य सञ्चालन सन् २०११ देखि बेङ्गलोर हुँदै आएको छ।[४]

यो कम्पनलाई हाल प्रवन्ध र व्यवस्था एब्सोलुट स्पोर्ट्स प्राइभेट लिमिटेडले गर्दै आएको छ [५] जुन १० जून २०१० मा यस कम्पनीसँग सामेल भएको थियो।[६]

कोष[सम्पादन गर्नुहोस्]

स्पोर्ट्सकिडा उद्यम पूँजी कोषको पृष्ठभूमिको रूपमा रहेको छ। सिडफण्ड नामक एक सङ्गठनले प्रारम्भिक चरणको उद्यमलाई समर्थन गरेको थियो जसले सन् २०११ मा स्पोर्ट्सकिडामा ६ लाख अमेरिकी डलरको लगानी गरेको थियो।[४] स्पोर्ट्सकिडाको राजस्वका पद्धतिहरू अहिलेसम्म पनि जनताहरूलाई खुलाइएको छैन।

सामग्री तथा योगदानकर्ताहरू[सम्पादन गर्नुहोस्]

स्पोर्ट्सकिडाका सामग्रीहरू विभिन्न स्रोतहरूबाट खरीद गरिएको छ। यस वेबसाइटले स्वैच्छिक लेखकहरू वा समुदायद्वारा लेखिएको वा प्रकाशन गरिएको लेखहरू स्वीकार गर्दछ।[७] कुनै एउटा लेखकले लेख लेख्न वा योगदान गर्नको लागि साइटमा दर्ता हुन आवश्यक छ। यसमा ४,००० भन्दा बढी दर्ता भएका स्वैच्छिक योगदानकर्ताहरूको समूह छ।

यस वेबसाइटले हरेक दिन लगभग १०० लेख प्रकाशन गरेको दावी गर्दछ, जो मुख्यतया म्याच पूर्वावलोकन / समीक्षा, आदर, व्यङ्ग्य, खुला पत्र, समाचार, श्रव्य दृश्य, शीर्ष ५ / शीर्ष १० लेखहरु र विश्लेषणको आधारमा बनेको हो।[८][९]

मोबाइल अनुप्रयोग[सम्पादन गर्नुहोस्]

स्पोर्ट्सकिडाको आधिकारिक एन्ड्रोइड अनुप्रयोगको नवीनतम संस्करण जून २०१५ मा सुरु गरिएको थियो जसले गर्दा यो संस्थाले पहिलोपटक मोबाइलमा पूर्ण प्रवेश गरेको छ। यद्यपि यो सेवा सन् २००९ देखि सञ्चालनमा रहेको छ। पूर्ण कार्यात्मक स्पोर्ट्सकिडाको अनुप्रयोग हाल गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ। अनुप्रयोगलाई एन्ड्रोइड ४.०३ वा सो भन्दा उच्च संस्करणको आवश्यकता पर्दछ।[१०]

पहुँच[सम्पादन गर्नुहोस्]

स्पोर्ट्सकिडा, २५ जून २०१९ सम्म यो तथ्याङ्क अनुसार ४,१३५ अौँ विश्वव्यापी स्थानमा रहेको थियोे। [११] यो वेबसाइटले उल्लेखनिय भाग फेसबुक र अन्य विभिन्न सामाजिक सञ्जाल मार्फत ट्राफिक उत्पन्न गर्दछ।[९]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हाम्रो बारेमा", स्पोर्ट्सकिडा डटकम, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  2. "UFC News & Fight Updates | UFC Tonight Match & Next UFC Fight Details | Current UFC Fighters", स्पोर्ट्सकिडा डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-२९ 
  3. "SportsKeeda – The place to be for the fans of Indian Sports", टाइम्स अफ इण्डिया, २३ डिसेम्बर २००९, अन्तिम पहुँच ८ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २०११ मिति
  4. ४.० ४.१ नारायण रामकृष्ण (२३ सेप्टेम्बर २०१२), "A social way of covering sports", बिजनेस लाइन, द हिन्दु, अन्तिम पहुँच ८ जुन २०१३ 
  5. "एब्सोलुट स्पोर्ट्स प्रालि", भिसिसर्कल डटकम  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१४ मिति
  6. "एब्सोलुट स्पोर्ट्स निजी लिमिटेड", कर्पोरेट डिआइआर डटकम 
  7. "Industry moves: Urban Ladder, AppStudioz and Sportskeeda", मिडियानामा डटकम 
  8. "Agnel Jude Bankien joins Sportskeeda as VP, sales and marketing > afaqs! news & features", अफकास डटकम, १३ डिसेम्बर २०१२, अन्तिम पहुँच ८ जुन २०१३ 
  9. ९.० ९.१ "स्पोर्ट्सकिडाको सञ्चार माध्यममा समिक्षा", सिम्प्लि ३६० डटकम 
  10. "Sportskeeda Live app on Google Play", प्ले डट गुगल डटकम, गुगल। 
  11. "sportskeeda.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१९-१०-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]