हजरत अली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमिरुल मुमिनिन
इमाम
हजरत

अली इब्न अबी तालिब
علي ابن أبي طالب

अलाइहीस सलाम[१]
रदिवाल्लाह अनहु [२]
कररामल्लाह वाजहाहु[३]
सूची
  • इमाम
  • गदिरे खुमको घटना
  • हयदर
  • खलिफा
  • अबु तुराब
  • असदुल्लाह
  • अल-मुर्तजा
  • अल-वासी
  • अल-वाली
  • वालीउल्लाह
  • अबुल हसन
  • मुस्किल कुशा
  • उलिल अमर
  • इमाकुल मुत्ताकिन
  • अमिरुल मुमिनिन
  • बाब मदिनातुल इलम
अरबी हस्तलिपिमा अलीको नाम
चौँथो खलिफा
सुन्नी इस्लाम
रशिदुन खिलाफत६५६–६६१[४]
पूर्वाधिकारीउसमान इब्न आफफान
उत्तराधिकारीहासान इब्न अली
प्रथम इमाम
शिया इस्लाम
इमामत६३२–६६१
उत्तराधिकारीहसन इब्न अली
जन्मअन्दाजी १५ सेप्टेम्बर ६०१ (१३ रजब २१ हिजरी सन्)[४]
मक्का, हेजाज, अरब उपद्वीप[४][५]
मृत्युअन्दाजी २९ जनवरी ६६१ (२१ रमजान ४० हिजरी सन्)
(उमेर ५९)[६][७]
कुफा, इराक, रशिदुन खिलाफत
Burial
इमाम अली मस्जिद, नजाफ, इराक
अथवा
नील मजार, मजारे शरिफ, अफगानिस्तान
दाम्पत्य सङ्गिनी
  • फतिमा बिन्त मुहम्मद
  • उमाम बिन्त आबिल आस
  • उमाम बिन्त जयनब
  • उम्मुल बनिन
  • लयला बिन्त मासुद
  • आसमा बिन्त उमाइस
  • खाओला बिन्त जाफर
  • आस-साहबा बिन्त राबिया
सन्तान
  • हसन इब्न अली
  • हुसेन इब्न अली
  • जयनब बिन्त अली
  • उम्मेम कुलसुम बिन्त अली
  • मुहसिन इब्न अली
  • मुहम्मद इब्न अल हानाफियाह
  • अब्बास इब्न अली
  • सैयद रुकाइया बिन्त अली
  • अब्दुलालह इब्न अली
  • हिलाल इब्न अली
  • आउन
  • मुहम्मद इब्न अबी বকর बकर (पालक पुत्र)
नाम
अली इब्न अबी तालिब इब्न अब्दुल मुत्तालिब
अरबी: عَلِيّ ٱبْن أَبِي طَالِب ٱبْن عَبْد ٱلْمُطَّلِب
स्थानीय नामعَلِيّ ٱبْن أَبِي طَالِب
वंशआहल अल-बइत
वंशबनु हाशिम
वंशकुराइश
बाबुआबु तालिब इब्न अब्दुल मुत्तालिब
आमाफतिमा बिन्त असाद
धर्मइस्लाम
हस्ताक्षरको हस्ताक्षर
मृत्युको कारणअली हत्याकाण्ड
निवासइमाम अली मस्जिद, नजाफ, इराक
३१°५९′४६″N ४४°१८′५१″E / ३१.९९६१११°N ४४.३१४१६७°E / 31.996111; 44.314167निर्देशाङ्कहरू: ३१°५९′४६″N ४४°१८′५१″E / ३१.९९६१११°N ४४.३१४१६७°E / 31.996111; 44.314167
स्मारकइमाम अली मस्जिद, नजाफ प्रदेश, इराक
अन्य नाम
  • अबुल हसन
  • अबु तुराब
चिनारीको कारणज्ञान, प्रज्ञा, वीरता, साहसिकता, नेतृत्व, आध्यात्मिकता, दार्शनिकता, न्यायविचार
उल्लेखनीय कार्य
मुसहाफ अली, अल- जाफर, नाहनुल बालागा, गुरार अल-हिकाम वा दुरार अल-कलिम, दीवान अल-इमाम अली इब्न अबी तालिब, सहिफा अल-अलबिया
विपक्षी
  • प्रथम मुवाबिया
  • खारिजी
आफन्तमुहम्मद ﷺ (काकाका छोरा र ससुरा)
सैन्य कार्यजीवन
निष्ठा
सक्रिय सेवा अवधि६२३–६३२
६५६–६६१
युद्ध
  • मुहम्मदको ﷺ नेतृत्वधीन युद्धसमूह
    • बदरको युद्ध (सन् ६२४)
    • उहुदको युद्ध (सन् ६२५)
    • खन्दकको युद्ध (सन् ६२७)
    • फदाक विजय (सन् ६२८)
    • खयबरको युद्ध (सन् ६२८)
    • मुतार युद्ध (सन् ६२९)
    • अल-फुल्स अभियान (सन् ६३०)
    • मक्का विजय (सन् ६३०)
    • हुनाइनको युद्ध (सन् ६३०)
    • हामदान अभियान (सन् ६३१)
  • प्रथम फितना
    • उटेको युद्ध (सन् ६५६)
    • सिफफिनको युद्ध (सन् ६५७)
    • नहवानको युद्ध (सन् ६५८)
अरबी नाम
व्यक्तिगत (इसम)अली
पैत्रिक (नसाब)अली इब्न अबी तालिब इब्न अब्दुफ मुत्तलिब इब्न हाशिम इब्न आब्द मनाफ इब्न कुमाई इब्न किलाब
डाकनाम (कुनिया)अबुल हसन[४]
उपाधि (लक्काब)अबु तुराब


अली इब्न अबी तालिब (अरबी: علي ابن أبي طالب‎,जन्म:१३ सेप्टेम्बर ६०१ – २९ जनवरी ६६१) इस्लाम धर्मका नबी मुहम्मदका काकाका छोरा र ज्वाईँ र सहाबी थिए। जसले सन् ६५६ देखि ६६१ सम्म खलिफाको (प्रमुख) रूपमा सम्पूर्ण इस्लाम विश्वभर शासन गरेका थिए। सुन्नी इस्लामका अनुसार उनी चौथो रसिदुन खलिफा हुन्। शिया इस्लामका अनुसार उनी मुहम्मदका उत्तराधिकारी र मुहम्मदको पहिलो इमाम हुन्। उनी अबु तालिब इब्न अब्दुुल मुत्तालिब र फतिमा बिन्त असदका छोरा तथा फतिमाका श्रीमान र हसन र हुसेनका बुबा थिए। उनी अहल अल-किसा र अहल अल-बैतका एक सदस्य थिए।

एक बालकको रूपमा पैगम्बर मुहम्मद उनको हेरचाह गरेका थिए। पैगम्बर मोहम्मदका नजिकका नातेदारहरूले निमन्त्रणामा लगभग ९ देखि ११ वर्षको उमेरमा अली इस्लाममा पहिलो विश्वासी पत्र बनेका थिए।[८] त्यसपछि उनले सार्वजनिक रूपमा यवम अल-इन्जारको निमन्त्रणा स्वीकार गरेपछि मुहम्मदले उनलाई आफ्नो भाइ र उत्तराधिकारी बनाएका थिए। उनले मुहम्मदलाई लाइलात अल-मबितको रातमा हिजरत गर्न सहयोग गरेका थिए। मदिनामा बसाइँसरी मुसलमानहरू बीच भ्रातृत्व स्थापना गरेपछि, मुहम्मदले उनलाई आफ्नो भाइको रूपमा रोजेका थिए। उनी मदिनाका अधिकांश युद्धहरूमा ध्वजावाहक र आफ्नो बहादुरीको लागि प्रसिद्ध बनेका थिए। मुहम्मदको पहिलो उत्तराधिकारी जस्तो अधिकारको मुद्दाले मुसलमानहरू बीच एक ठूलो दरार सिर्जना गरेको थियो। त्यसकारण मुसलमानहरू शिया र सुन्नी समूहहरूमा विभाजित भएका थिए।

अबुु तालिब र फातिमा बिन असदको पुत्रको रूपमा कयौँ शास्त्रीय इस्लामीहरूको अनुसार इस्लाममा सबैभन्दा पवित्र स्थान मक्काको काबामा जन्म ग्रहण गर्ने अली एकमात्र व्यक्ति हुन्।[९] अली इस्लाम धर्म ग्रहण गर्ने पहिलो बालक थिए भने केही लेखकहरूकाा अनुसार उनी प्रथम मुसलमान थिए। अलीले मुहम्मदलाई आफ्नो सुरुवाती दिनहरूबाटै संरक्षण गर्न थालेका थिए भने मुस्लिम समुदायद्वारा लडिएको लगभग सबै युद्धहरूमा उनले भाग लिएका थिए। [४][१०] मदिनामा बसाइँसराइ गरेपछि उनले मुहम्मदकी छोरी फतिमासँग विवहा गरेका थिए। [११] खलिफ उसमान इब्न अफानको हत्या पछि सन् ६५६ मा मुहम्मदको सहाबाहरूले उनलाई खलिफाको रूपमा नियुक्त गरेका थिए। अलीको शासनकालमा गृहयुद्ध भएको थियो भने सन् ६६१ मा कुफाको जामा मस्जिदमा प्रार्थनाकाा लागि गएको बेला खारजी इब्न मुल्जिमले उनीमाथि आक्रमण गरि उनको हत्या गरेका थिए।[१२]

राजनीतिक र आध्यात्मिक रूपमा शिया र सुन्नी दुवै समुदायहरूका लागि अली एक महत्त्वपूर्ण व्यक्ति हुन्। अलीको बारेमा लेखिएको कयौँ जीवनी र स्रोतहरू साम्प्रदायिक रेखाहरूद्वारा पक्षपाति भएतापनि उनी एक सच्चा मुसलमान थिए भन्ने कुरामा सबैको मतैक्य रहेको छ। [१३][१४][१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://sunnah.com/bukhari:4947
  2. https://www.islamweb.net/ar/fatwa/10967/
  3. https://sunnah.com/nasai:5627
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Britannica
  5. Rahim, Husein A.; Sheriff, Ali Mohamedjaffer (१९९३), Guidance From Qur'an (अङ्ग्रेजीमा), Khoja Shia Ithna-asheri Supreme Council, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  6. Shad, Abdur Rahman. Ali Al-Murtaza. Kazi Publications; 1978 1st Edition. Mohiyuddin, Dr. Ata. Ali The Superman. Sh. Muhammad Ashraf Publishers; 1980 1st Edition. Lalljee, Yousuf N. Ali The Magnificent. Ansariyan Publications; January 1981 1st Edition.
  7. Sallaabee, Ali Muhammad, Ali ibn Abi Talib (volume 2), पृ: ६२१, अन्तिम पहुँच १५ डिसेम्बर २०१५ 
  8. Momen, Moojan (१९८५), An Introduction to Shiʻi Islam: The History and Doctrines of Twelver Shiʻism (अङ्ग्रेजीमा), Yale University Press, पृ: १२, आइएसबिएन 978-0-300-03531-5 
  9. Biographies of the Prophet's companions and their successors, Ṭabarī, translated by Ella Landau-Tasseron, pp. 37–40, Vol:XXXIX.
  10. Sallabi, Dr Ali M (२०११), Ali ibn Abi Talib (volume 1), पृ: 52–53, मूलबाट १४ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१८ 
  11. The First Muslims वेब्याक मेसिन अभिलेखिकरण २७ अगस्ट २०१८ मिति www.al-islam.org Retrieved 23 Nov 2017
  12. Razwy, Sayed Ali Asgher, A Restatement of the History of Islam & Muslims, पृ: ७२। 
  13. Lapidus 2002, p. 47.
  14. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value)..
  15. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value)..