हडताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हडताल भारतीय उपमहाद्वीपमा बोलिने भाषाहरूमा प्रयोग हुने एक शब्द हो। नेपाली बृहत् शब्दकोश अनुसार हडताल भन्नाले हरितालेे कुनै कामकारबाही वा प्रचलन प्रति असन्तोष, दु:ख, विरोध आदी प्रकट गर्न तथा आफ्नो माग पूरा गराउनका निम्ति मजदुर, कर्मचारी, विद्यार्थी आदी र जनसाधारणद्वारा सामूहिक रूपमा पसल अड्डा, पढाइ काम आदी बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार" भन्ने बुझिन्छ।[१] यो २०औँ शताब्दीको प्रारम्भको भारतीय स्वतन्त्रता आन्दोलन (जसलाई राष्ट्रवादी आन्दोलन पनि भनिन्छ) को बेलामा पहिलो पटक प्रयोग गरिएको थियो। सामान्य हडतालहुनुको अलावा यसमा स्वेच्छाले स्कूल र व्यापार गर्ने ठाउँहरू बन्द गर्नु पनि समावेश छ। यो अलोकप्रिय वा अस्वीकार्य निर्णयलाई उल्टाउन सरकारको सहानुभूतिलाई आकर्षित गर्ने एक तरिका हो। हडताल प्रायः राजनीतिक कारणले प्रयोग गरिन्छ। उदाहरणका लागि विपक्षी दलले कुनै सरकारी नीति वा कारबाहीको विरोध गर्छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १९५५, आइएसबिएन 978-99933-71-10-6 
  2. Online edition of Sunday Observer वेब्याक मेसिन अभिलेखिकरण २००५-०५-१० मिति - 10 Aug 2003