हलिउड
हलिउड Hollywood | |
---|---|
लस एन्जलसको छिमेक | |
निर्देशाङ्क: ३४°०६′०६″उ ११८°१९′३६″प / 34.10167°N 118.32667°W | |
देश | संयुक्त राज्य अमेरिका |
राज्य | क्यालिफोर्निया |
काउन्टी | लस एन्जलस |
सहर | लस एन्जलस |
निगमित | सन् १९०३ |
लस एन्जलससँग गाभिएको | सन् १९१० |
उन्नतांश | १०८ मिटर (३५४ फिट) |
क्षेत्र नम्बर | ३२३ |
हलिउड लस एन्जलस, क्यालिफोर्नियाको केन्द्रीय क्षेत्रको एक छिमेक हो। यसको नाम अमेरिकी चलचित्र उद्योग र यससँग सम्बन्धित व्यक्तिहरूको लागि एक संक्षिप्त सन्दर्भ भएको छ। यसका धेरै स्टुडियोहरू जस्तै प्यारामाउन्ट पिक्चर्स, वार्नर ब्रदर्स, र युनिभर्सल पिक्चर्स त्यहाँ स्थापना भएको थियो र प्यारामाउन्टको अझै त्यहाँ यसको स्टुडियोहरू छन्।
हलिउडलाई सन् १९०३ मा नगरपालिकाको रूपमा समावेश गरिएको थियो।[२][३] यसलाई सन् १९१० मा लस एन्जलसको सहरसँग जोडिएको थियो र त्यसको लगत्तै एक प्रख्यात चलचित्र उद्योग देखा परेको थियो र अन्तत: विश्वमा सबैभन्दा बढी पहिचान प्राप्त भएको थियो।[४][५]
भूगोल
[सम्पादन गर्नुहोस्]'लस एन्जलस टाइम्स'को मानचित्रण एल.ए. प्रोजेक्टका अनुसार, हलिउड उत्तरमा हलिउड हिल्स, उत्तर पूर्वमा लस फेलिज, पूर्वमा इस्ट हलिउड वा भर्जिल भिलेज, दक्षिणमा लार्चमन्ट र ह्यान्कक पार्क, दक्षिण पश्चिममा फेयरफ्याक्स, पश्चिममा वेस्ट हलिउड, र उत्तर पश्चिममा हलिउड हिल्स वेस्टले घेरिएको छ।[६]
हलिउड भित्रका अन्य क्षेत्रहरू फ्र्याङ्क्लिन भिलेज, लिटिल आर्मेनिया, स्पल्डिङ स्क्वायर, थाई टाउन, र युक्का कोरिडोर हुन्।[७][८]
अन्य हलिउडहरू
[सम्पादन गर्नुहोस्]सन् १९९४ मा, हलिउड, अलाबामा, र हलिउड नामका अन्य १० सहरहरूले हलिउड चेम्बर अफ कमर्सको नामलाई ट्रेडमार्क गर्न र समान नाम भएका समुदायहरूलाई रोयल्टी तिर्न बाध्य पार्ने प्रयासलाई सफलतापूर्वक लडेका थिए।[९] मुख्य कुरा यो थियो कि अलाबामाको हलिउड राष्ट्रमा पहिलो सम्मिलित हलिउड थियो, जबकि अलाबामाको छ वर्ष पछि क्यालिफोर्नियामा सन् १९०३ सम्म सम्मिलित थिएन। थप रूपमा, यो सन् १९१० मा लस एन्जलससँग गाभियो र यसलाई छुट्टै सहरको रूपमा पहिचान गरिएन।
मौसम
[सम्पादन गर्नुहोस्]हलिउड, लस एन्जलस, क्यालिफोर्नियाको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम रेकर्ड °फे (°से) | ९१ (३३) |
९१ (३३) |
९३ (३४) |
१०३ (३९) |
९९ (३७) |
१०८ (४२) |
१०६ (४१) |
९८ (३७) |
१०९ (४३) |
१०२ (३९) |
९९ (३७) |
९४ (३४) |
१०९ (४३) |
उच्चतम औसत °फे (°से) | ६६.५ (१९.२) |
६६.९ (१९.४) |
६७.४ (१९.७) |
७०.२ (२१.२) |
७०.६ (२१.४) |
७२.८ (२२.७) |
७७.२ (२५.१) |
७९.४ (२६.३) |
७७.९ (२५.५) |
७४.८ (२३.८) |
७१.३ (२१.८) |
६६.७ (१९.३) |
७१.८ (२२.१) |
न्यूनतम औसत °फे (°से) | ५०.५ (१०.३) |
५०.८ (१०.४) |
५१.३ (१०.७) |
५३.२ (११.८) |
५५.८ (१३.२) |
५७.५ (१४.२) |
६१.५ (१६.४) |
६२.४ (१६.९) |
६१.७ (१६.५) |
५८.८ (१४.९) |
५५.२ (१२.९) |
५०.७ (१०.४) |
५५.८ (१३.२) |
न्यूनतम रेकर्ड °फे (°से) | ३० (−१) |
३६ (२) |
३७ (३) |
४० (४) |
४५ (७) |
४४ (७) |
५२ (११) |
५१ (११) |
४८ (९) |
४० (४) |
३३ (१) |
३३ (१) |
३० (−१) |
औसत वर्षा इन्च (मिमी) | ३.९९ (१०१) |
५.२३ (१३३) |
२.८४ (७२) |
०.९७ (२५) |
०.३१ (७.९) |
०.११ (२.८) |
०.०२ (०.५१) |
०.०५ (१.३) |
०.२५ (६.४) |
०.९१ (२३) |
१.३६ (३५) |
२.७५ (७०) |
१८.७९ (४७७.९१) |
स्रोत: The Weather Channel[१०] |
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]सन् २००० अमेरिकी जनगणनाले ३.५१ वर्ग माइल (९.१ किमी२) हलिउड छिमेकमा ७७,८१८ बासिन्दाहरूको गणना गरेको थियो—प्रति वर्ग माईलमा (८,५६९ प्रति किमी२) औसत २२,१९३ व्यक्ति, जुन लस एन्जलस काउन्टीको सबैमा सातौँ-सघन छिमेक हो। सन् २००८ मा सहरले जनसङ्ख्या ८५,४८९ पुगेको अनुमान गरेको थियो।
ग्यालरी
[सम्पादन गर्नुहोस्]-
सन् २००७ भन्दा पहिले टिसिएल चाइनिज थिएटर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hollywood", Geographic Names Information System, United States Geological Survey, अन्तिम पहुँच जनवरी ७, २०१८।
- ↑ "Los Angeles Herald, Volume XXXI, Number 45", By the California Digital Newspaper Collection (November 15, 1903), अन्तिम पहुँच फेब्रुअरी २२, २०१४।
- ↑ "Hollywood Was Once an Alcohol-Free Community", By Rachel Nuwer of smithsonianmag.com, अन्तिम पहुँच फेब्रुअरी २२, २०१४।
- ↑ Annual Report of the Controller of the City of Los Angeles, California, ByOffice of Controller Los Angeles, CA (1914), १९१४, अन्तिम पहुँच फेब्रुअरी २२, २०१४।
- ↑ Report of the Auditor of the City of Los Angeles California of the Financial Affairs of the Corporation in Its Capacity as a City for the Fiscal Year, By Auditor's Office of Los Angeles, CA (1913), १९१३, अन्तिम पहुँच फेब्रुअरी २२, २०१४।
- ↑ ""Central L.A.," Mapping L.A., Los Angeles Times", Projects.latimes.com, अन्तिम पहुँच जनवरी १४, २०१४।
- ↑ "Archived copy", मूलबाट २०१५-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१२-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति Yucca Corridor Coalition website
- ↑ Monte Morin, "A Look Ahead: Activists Are Stepping Up Efforts on Their New Cause and Meeting Strong Business Opposition," Los Angeles Times, August 23, 1999, page 1
- ↑ [१]
- ↑ "Monthly Averages for Los Angeles (90028)", www.weather.com, अन्तिम पहुँच अक्टोबर ३१, २०१७।