हाते लेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाते लेन्स एक प्रकारको अप्प्टिकल उपकरण हो । यसलाई सूक्ष्मदर्शक यन्त्र पनि भन्न सकिन्छ । किनभने यसले सानो वस्तुलाई ठूलो पारी देखाउँछ । हाते लेन्स भनेको ह्याण्डलसहितको एउटा कन्भेक्स लेन्स हो ।हाते लेन्सलाई आइग्लास(eye glass) पनि भन्ने चलन छ । आँखामा लगाई हेरिने भएकाले यसलाई आइग्लास भनिन्छ ।
यो फूलका भाग, किराका अङ्ग आदि वस्तुहरु हेर्न प्रयोग गरिन्छ । यसलाई जीव विज्ञान प्रयोगशालामा एउटा मात्र कन्भेक्स लेन्स भएको सरल सूक्ष्मदर्शक यन्त्रको रूपमा पनि प्रयोद गरिन्छ ।