हायु (जाति)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हायु जातजातीको मुख्य बसोवास रामेछाप जिल्लाको सुकाजोर गाविसमा पर्ने मुराजोर भन्ने ठाउँ हो तर ओख्रेनी गाविसमा पनि यिनीहरूको बाक्लो बस्ती देखिन्छ । कुन ठाउँबाट यिनीहरू यो ठाउँमा बसाईँ आएका हुन भन्ने कुनै टुङ्गो छैन । बुढापाकाहरुको भनाई अनुसार उनीहरू एउटा बाजा बोकेर समुहमा यात्रा गर्ने क्रममा यही स्थानमा आइपुग्दा आफुले बोकेको बाजा अकास्मात् बजेकोले देवताहरूको सङ्केत ठान्दै त्यही स्थानमा बसोवास गर्न थालेका हुन् । त्यसपछी कागुनेको विउ छरेर उनीहरू जीवीकोपार्जन गर्दै आए । हायुहरूको शारीरिक बनावट, मध्यम कद, कालो कपाल भएको मङ्गोल नस्ल जस्तै छ । झट्ट हेर्दा हायुहरू साह्रै सोझा देखिन्छन् । हायुहरुको थर अनौठो भएको कारण अवसर गुमाउनुपर्ने बाध्यताका कारण थर नै परिवर्तन गर्नुपर्ने स्थितिको सामना गरेका छन् । विर्तामा पाएको जग्गाका (अहिले भोगचलनमा नभएको) कारण हायुहरूको पुर्व आर्थिक अवस्था धेरै गतिलो थियो तर गरिबी र अभावमा बाँचेका हायुहरूलाई देश विकासको मुलधारमा ल्याउन नसकेको प्रष्टै देखिन्छ । पढेलेखेकाले जागिर खानुपर्छ भन्ने मान्यता बोकेका हायुहरू निजामती सेवामा समेत आबद्ध छन ।