हुसेइन मुहाम्मद एरशाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हुसेइन मुहाम्मद एरशाद
হুসেইন মুহাম্মদ এরশাদ
Hussain M. Ershad-2.jpg
बङ्गलादेशका दसौँ राष्ट्रपति
कार्यकाल
११ डिसेम्बर १९८३ – ६ डिसेम्बर १९९०
प्रधानमन्त्रीआताउर रहमान खान
मिजानुर रहमान चौधुरी
मओदुद आहमेद
काजी जाफर आहमेद
पूर्वाधिकारीआहसानउद्दिन चोधुरी
उतराधिकारीशाहाबुद्दिन आहमेद
राष्ट्रिय संसदका विपक्षी दलीय नेता
कार्यकाल
९ जनवरी, २०१९ – १४ जुलाई, २०१९
पूर्वाधिकारीरओशन एरशाद
सेनावाहिनीका सेनापति
कार्यकाल
२९ डिसेम्बर, १९७८ – २७ डिसेम्बर, १९८५[१]
राष्ट्रपतिजियाउर रहमान
पूर्वाधिकारीनायब जनरल जियाउर रहमान
उतराधिकारीमोहाम्मद आतिकुर रहमान
व्यक्तिगत विवरण
जन्म(१९३०-०२-०१)१ फेब्रुअरी १९३०
दिनहाटा, कोचबिहार, बाङ्ला राज्य, बेलायती भारत
मृत्यु१४ जुलाई २०१९(२०१९-०७-१४) (८९ वर्ष)
सम्मिलित सामरिक हासपाताल, ढाका
नागरिकताBritish Raj Red Ensign.svg बेलायती भारत (सन् १९४७ सम्म)
Flag of Pakistan.svg पाकिस्तान (सन् १९७१ भन्दा पहिला)
Flag of Bangladesh.svg बङ्गलादेश
राजनीतिक पार्टीजातीयो पार्टी
जीवन साथी(हरू)रओशन एरशाद (1956–2019)[२]
विदिशा एरशाद
(
वि २०००; सम्बन्ध बिच्छेद २००५)
[३][४]
सन्तान(हरू)साद एरशाद, एरिक एरशाद, आरमान एरशाद, जेबिन[५]
सैनिक सेवा
निष्ठापाकिस्तान
बङ्गलादेश
सेवा/शाखापाकिस्तान सेनावाहिनी
बङ्गलादेश सेनावाहिनी
सेवा अवधीFlag of Pakistan.svg पाकिस्तान (सन् १९५२–१९७१)
Flag of Bangladesh.svg बङ्गलादेश (सन् १९७३–१९८५)
श्रेणीनायब जनरल

हुसेइन मुहाम्मद एरशाद (बङ्गाली: হুসেইন মুহাম্মদ এরশাদ, जन्म: १ फेब्रुअरी १९३०, मृत्यु: १४ जुलाई २०१९) अवकाशप्राप्त एक बङ्गलादेशी प्रमुख सेनानी तथा राजनितीविद् थिए जसले सन् १९८३ देखि सन् १९९० सम्म बङ्गलादेशको राष्ट्रपतिको रूपमा काम गरेका थिए बङ्गलादेशीहरूद्वारा राष्ट्रपतिको रूपमा काम गरेका हुसेइनलाई एक सैन्य तानाशाहीको रूपमा वर्णन गरिँदै आएको छ। उनले १ जनवरी १९८६ का दिन जातीयो पार्टी नामक एक राजनैतिक दलको स्थापना गरेका थिए जुन पछि विभिन्न अन्य राजनैतिक दलहरूमा विभाजित भएको थियो। सन् २०१९ मा सम्पन्न भएको एघारौँ संसदीय चुनावमा उनी रङ्पुर-३ क्षेत्रबाट संसदीय सदस्यको रूपमा निर्वाचित भएका थिए उनले एघारौँ राष्ट्रिय संसदमा विपक्षी दलका नेताको रूपमा काम गरेका थिए।[६]

उनले सन् १९८३ मा निर्वाचित सरकारको नेतृत्वमा सेना प्रमुखको रूपमा राज्य शक्ति ग्रहण गर्दै र सैन्य कानून लागू गरी देशमा शासन गर्न सुरु गरेका थिए। उनले देशमा लोकतान्त्रिक शासनको पुन: स्थापना गर्ने उद्देश्यको घोषणा गर्दै सन् १९८७ मा संसदीय आम निर्वाचन सम्पन्न गराएका थिए। यस चुनावमा उनीद्वारा स्थापित जातीयो पार्टीको उम्मेद्वारको रूपमा भाग लिए पछि ५ वर्षका लागि बङ्गलादेशको राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। सन् १९९० को जनआन्दोलनमा सैन्य सहयोगको अभावका कारण उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिन बाध्य भएका थिए।

बाल्यकाल तथा सैन्य कार्यकाल[सम्पादन गर्ने]

हुसेइन मुहाम्मद एरहादको जन्म सन् १९३० फेब्रुअरी १ का दपन भारतको पोश्चिमबङ्गो राज्यमा अवस्थित जलपाइगुडि विभाग अन्तर्गत पर्ने कोचबिहार जिल्लाको दिनहाटा सहरमा भएको थियो।[७] उनले रङ्पुर जिल्लाको एक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने सन् १९५० मा उनले ढाका विश्वविद्यालयबाट स्नातकोत्तर गर्न सफल भएका थिए।

सन् १९५१ मा उनी पाकिस्तान सेनावाहिनीको सेना शिक्षण विद्यालयमा (कोहाटमा अवस्थित) भर्ना भएका थिए भने सन् १९५२ मा उनी सेनाको रूपमा अनुमोदित भएका थिए।[८] सन् १९९० देखि सन् १९५२ सम्ममा उनी चट्टोग्राम पूर्वी बेङ्गल सन्यदलको केन्द्रको सहायकको रूपमा कार्यरत थियो। सन् १९६७ मा उनले क्वेटा सैन्य कलेजबाट एक सैन्य शिक्षण पुरा गरेका थिए। सन् १९६८ मा उनी सियालकोटमा ५४औँ सैनिक गणका प्रमुख थिए।[९] सन् १९६९ मा नायब कर्णेलको रूपमा पदोन्नती भएपछि उनले सन् १९६९ देखि सन् १९७० मा तेस्रो पूर्वी बेङ्गल सैन्य गणको प्रमुख सेनानी र सन् १९७१ देखि सन् १९७२ सम्म ८औँ पूर्वी बेङ्गल सैन्य गणको प्रमुख सेनानीको रूपमा काम गरेका थिए।

बङ्गलादेशको स्वतन्त्रता युद्ध तथा स्वतन्त्रता[सम्पादन गर्ने]

सन् १९७१ मार्च २५ का दिन बङ्गलादेशको स्वतन्त्रता युद्धको सुरुवात भएको थियो भने उक्त समयमा एरशाद छुट्टिमा रङ्पुर गएका थिए तर स्वतन्त्रता युद्धमा भाग नलिइ उनी पाकिस्तान गएका थिए। स्वतन्त्रता युद्ध पश्चात् सन् १९७३ मा पाकिस्तानबाट बाङालीहरूलाई देश फिर्ता गरिएको थियो भने त्यस समयमा उनी पनि बङ्गलादेश आएका थिए। शेख मुजिबुर रहमानको मृत्युको बेला उनले आगरा सैन्य शिक्षण संस्थामा रहेको राष्ट्रिय रक्षा शिक्षण भाग लिएका थिए।

सैन्य शासन सत्ता तथा राष्ट्रपतित्व ग्रहण[सम्पादन गर्ने]

सन् १९८१ मे ३० का दिन बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या पश्चात् एरशादको राजनीतिक अभिलाषा प्रष्ट रूपमा देखा पर्न थालेको थियो। सन् १९८२ मार्च २४ का दिन एरशादले राष्ट्रपति आब्दुस सात्तारको निर्वाचित सरकार खारेज गर्दै शासन सत्ता माथि कब्जा गरेका थिए। उनले सन् १९८३ डिसेम्बर ११ का दिन सम्म प्रमुख सैन्य प्रशासकको रूपमा देशमा शासन गरिका थिए।त्यो दिन उनले देशको राज्य सत्तामा रहेका विचारपति एएफएम आहसानुद्दिन चौधुरीबाट शासन सत्ता आफ्नो हातमा लिएका थिए। एरशादले मुलुकमा जिल्ला प्रणाली लागू गर्दै सन् १९८५ मा पहिलो जिल्ला परिषद् निर्वाचन सम्पन्न गराएका थिए। उनले सन् १९८६ मा जातीयो पार्टी स्थापना गरे र पछि यही राजनैतिक दलको मनोनयनलाई लिएर पश्चात् ५ वर्षका लागि राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। बङ्गलादेश आवामी लीग र बङ्गलादेश जामायाते इसलामी नामक दुई राजनैतिक दलहरूले यस निर्वाचनमा भाग लिएता पनि बङ्गलादेश जातीयोतावादी दलले यस निर्वाचनलाई बहिष्कार गरेको थियो। उनको राजनैतिक दलले जनमत सर्वेक्षणबाट अपेक्षा गरेको भन्दा खराब काम गरेको थियो भने यस उनीहरूले झण्डै एक तिहाइ सिट जित्ने देखिएको थियो। राष्ट्रपतिले ७ डिसेम्बर १९८७ का दिन विपक्षी आन्दोलनको विरोधमा संसदलाई भङ्ग गरेको थियो जसको फलस्वरूप सबै राजनैतिक दलहरूले सन् १९८८ मा हुन लागेको आम निर्वाचनको बहिष्कार गरेका थिए। इरशादलाई ८ डिसेम्बर १९९० का दिन उनको तानाशाही प्रवृत्तिको विरुद्ध एक संयुक्त आन्दोलनमा बङ्गलादेशका मानिसहरूको साथमा सबै विपक्षी दलहरूले उनलाई सत्ताबाट हटाइदिएका थिए।[१०]

राष्ट्रपति निर्वाचन, सन् १९८६[सम्पादन गर्ने]

नायब कर्णेल हुसेइन मुहम्मद इरशादले सन् १९८६ (सन् १९८६ १५ अक्टोबरका दिन सम्पन्न भएको) मा आयोजित निर्वाचनमा जित हासिल गर्न सफल भएका थिए। यस निर्वाचनमा १६ जना उम्मेदवारले नामाङ्कन पत्र पेश गरेका थिए। छनौटमा कुनै उम्मेद्वारको नामाङ्कन पत खारेज नभएकोले कुल उम्मेदवारहरूको सङ्ख्या १६ रहेको थियो। ४ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्पर्धी जम्मा १२ जना थिए। सन् १९८६ को राष्ट्रपतिय निर्वाचनमा १२ जना प्रतिस्पर्धाीहरू यस प्रकार थिए: महोदय अनिउल इसलाम चौधुरी (सुक्कु मिया), आलहाज्व मओलाना खायरुल इसलाम जशोरी, आलहाज्व मेजर आफसार उद्दिन, मुहाम्मद आनछार आली, मओलाना मोहामदुल्लाह (हाफेज्जी हुजेर), मोहाम्मद खलिलुर रहमान मजुमदार, मोहाम्मद आब्दुस आसाद, मोहाम्मद जहिर खान, नायब कर्णेल सैयद फारुक रहमान, सैयद मुनिरुल हुदा चौधुरी, मोयाज्जेम होसेन चौधुरी र हुसेइन मोहाम्मद एरशाद।

पछिल्लो राजनैतिक जीवन[सम्पादन गर्ने]

एरशादले सत्ता गुमाए पछि उनलाई गिरफ्तार गरिएको थियो भने सन् १९९६ मा आवामी लीग सत्तामा नआउञ्जेल उनलाई कारागारमा राखिएको थियो। सन् १९९१ को राष्ट्रिय निर्वाचनाा उनले कारागारबाट निर्वाचनमा भाग लिएका थिए भने उनले रङ्पुर क्षेत्र सङ्ख्या ५बाट निर्वाचित भएका थिए। बिएनपी सरकारले उनी विरूद्ध धेरै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो जसमध्ये केहीमा उनी दोषी ठहरिएका थिए। उनी सन् १९९६ को आम निर्वाचनमा पाँच सिट ल्याई निर्वाचित भएका थिए। उनलाई ६ वर्षको हिरासतमा पछि सन् १९९७ जनवरी ९ का दिन जमानतमा रिहा गरिएको थियो। उनको संस्थापक जातीयो पार्टी सन् २००० मा तीन भागमा विभाजित भएको थियो जसमध्ये उनी प्रमुख राजनैतिक दलका अध्यक्ष थिए। सन् २०१४ जनवरी ५ का दिन राष्ट्रिय चुनावमा उनी संसदमा मुख्य विपक्षी दलका रूपमा देखा परेका थिए भने उनकी श्रीमती रओशन एरशाद विपक्षी दलको प्रमुख नेत्री बनेकी थिइन्।

गिरफ्तारी[सम्पादन गर्ने]

विपक्षी दलहरूले एरशादको राजनैतिक गतिविधिहरूको विरोध गर्दै आएका थिए भने जनआन्दोलनको क्रममा उनले सन् १९९० मा राजिनामा दिन बाध्य भएका थिए। सन् १९९१ मा जनरल एरशादलाई पक्राउ गरी कारागार चलान गरिएको थियो। सन् १९९१ संसदीय निर्वाचनमा एरशादले कारागारबाटै निर्वाचन भाग लिएका थिए भने उनले रङ्पुरमा पाँच सिटहरू माथि जित निकाल्न सफल भएका थिए। बिएनपी सरकारले उनको विरुद्ध धेरै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो भने केहीमा उनी दोषी पनि ठहरिएका थिए जसकारण उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।[११] सन् १९९६ को आम निर्वाचनमा एरशादले संसदमा ५ सिटहरू पनि जितेका थिए। उनलाई ६ वर्षको हिरासतमा पछि सन् १९९७ जनवरी ९ का दिन जमानतमा रिहा गरिएको थियो। यद्यपि अदालतले उनीलाई दोषी ठहराएका कारण उनले जित हासिल गरेका सिट रद्द गरिदिएको थियो।

व्यक्तिगत जीवनी[सम्पादन गर्ने]

एरशाद सन् १९५६ मा रओशन एरशादसँग विवहा बन्धकमा बाँधिएका थिए। रओशन एरशाद सन् १९९१, १९९६ तथा सन् २००१ मा गरी तीनपटक संसदीय सदस्यको रूपमा निर्वाचित भएकी थिइन्। सन् २००८ को निर्वाचनमा एरशाद आवामी लिगको नेतृत्वमा गठबन्धनमा सामेल भए तर रओशन बिएनपीमा सामेल भएकी थिइन्। सन् २०१४ को निर्वाचन पश्चात् उनी संसदमा विपक्षी दलका नेत्री भएकी थिइन् भने एरशादको मृत्युपछि उनी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेकी थिइन्। उनीहरूको रहगीर आल माहीशाद एरशाद नामक एक छोरा छन्। सन् २००० मा एक १४ वर्षीया एक बालिकालाई अपहरण गरेको आरोपमा पक्राउ परेपछि उनी कानुनी जटिलतामा परेका थिए भने छोरीका बुबाले उक्त बालिकालाई मानसिक अवस्था ठिक नभएको भनि भनेर वर्णन गरेका थिए। पछि यो कदम उनको राजनैतिक दललाई बदनाम गर्नका लागि लगाइएको झुटो आरोप हो भनि एरशादले बयान दिएका थिए एरशादले पक्राउ परेकाहरू विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका थिए। शादले आर्मिम खानसँग विवाह गरेका थिए।

सन् २००० मा एरशादले बिदिशासँग विवाह गरेका थिए तर पछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो। सन् २००५ मा तत्कालीन बिएनपी सरकारले बिदिशालाई देशद्रोहको आरोप लगाएको थियो।इरशादले बिदिशालाई आफ्नो पहिलो विवाह गोप्य राख्नको लागि सम्बन्धविच्छेद गरेका थिए जुन तिनीहरूको विवाहको समयमा पनि थियो कायमै रहेको थियो। उनीहरूको एरिक एरशाद नामक एक छोरा छ। सन् १९८६ मा बेलायतको द ओब्जारार पत्रिकाले मारिउम मुमताज नामक महिलाको उद्धृत गर्दै भन्यो कि उनले अगस्ट १४ मा इरशादसँग गोप्य रूपमा विवाह गरिसकेका थिए जसका लागि एरशादले उनलाई सेठ चौधुरी बदरुद्दीनलाई छोड्न बाध्य तुल्याएका थिए। सन् १९९० को सुरुमा यो मुद्दा न्यु योर्क पोस्ट र द सान्डे पत्रिकामा पुन सार्वजनिक भएको थियो जुन सन् १९९० मा महिलाले सम्बन्धविच्छेदको लागि संयुक्त राज्यमा एरशादको विरुद्ध मुद्दा हालेकी थिइन्। एरशाद र जिनात मोशार्रफ बङ्गलादेश रसायनीक उद्योग सङ्घको स्वामित्वमा रहेको एक अतिथि गृहमा प्राय: भेला हुने गरेका थिए भनि सन् १९९० मा सरकारी स्वामित्व रहेको दैनिक बाङ्ला दावी गरेको थियो। जिनातका पति एकेएम मोशर्रफ होसेनलाई उद्योग मन्त्रालयको सचिवको रूपमा एरशाद सरकारमा जागिर नदिएसम्म उनी कम्पनीका अध्यक्षका रूपमा रहेका थिए।

मृत्यु[सम्पादन गर्ने]

शारीरिक अस्वस्थताका कारण सन् २०१९ जुन २६ का दिन ढाकाको संयुक्त सैन्य अस्पतालमा भर्ना गरिएको थियो। उनको शारीरिक अवस्था बिग्रँदै गएका कारण उनलाई ८ जुलाईका दिन थप उपचार गरिएको थियो। उनको सन् २०१९ जुलाई १४ का दिन बिहान ७ बजेर ४५ मिनेटमा ढाकाको संयुक्त सैन्य अस्पतालमा मृत्यु भएको थियो।[१२][१३][१४][१५] उनी रगतमा युरिया, हिमोग्लोबिनको अभाव, फोक्सोको सङ्क्रमण र मृगौला जटिलताबाट पीडित थिए। उनको मृत्यु पश्चात् केही पटक शोक कार्यक्रमहरू आयोजना भएका थिए जसमा सबैभन्दा पहिला जातीयो संसद भवनमा, दोस्रो बायतुल मोकाररम जातीयो मस्जिद आयोजना गरिएको थियो, तेस्रो रङ्पुरको इदगाश मैदानमा आयोजना गरिएको थियो भने उनलाई १६ जुलाईका दिन उनको बुबाको चिहान नजिकै गाडिएको थियो।[१६][१७][१८]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "বাংলাদেশের রাজনৈতিক ঘটনাপঞ্জি १९७१-२०११-মুহাম্মদ হাবিবুর রহমান"। सङ्ग्रह मिति १ फेब्रुअरी २०१६ 
  2. "६३ বছরের বাঁধন হারিয়ে কাঁদছেন রওশন!"যুগান্তর। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  3. "হুসেইন মুহাম্মদ এরশাদ: জেনারেল থেকে রাজনীতিক হিসেবে উত্থান ও আস্থার সংকট"বিবিসি বাংলা। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  4. "এরশাদের মৃত্যুতে বিদিশার আবেগঘন স্ট্যাটাস"প্রথম আলো। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  5. "এরশাদের সন্তান-সন্ততিরা কে কোথায়"বিডিনিউজ২৪.কম। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  6. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (PDF)। सङ्ग्रह मिति १० जनवरी २०१९ 
  7. "বঙ্গভবনের वेबसाइट"। सङ्ग्रह मिति ४ डिसेम्बर २०१३ 
  8. "Ershad, Lt. General Hussein M - Banglapedia"en.banglapedia.org। सङ्ग्रह मिति २०१६-०४-२६ 
  9. "তিনটি সেনা অভ্যুত্থান ও কিছু না বলা কথা - লে. কর্ণেল (অব:) এম এ হামিদ পিএসসি" 
  10. "সংরক্ষণাগারভুক্ত অনুলিপি"। सङ्ग्रह मिति १४ अक्टोबर २००९ 
  11. "বাংলাপিডিয়া" 
  12. "এরশাদ আর নেই"প্রথম আলো। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  13. "সাবেক রাষ্ট্রপতি হুসেইন মুহাম্মদ এরশাদ মারা গেছেন"বিবিসি বাংলা। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  14. "চলে গেলেন হুসেইন মুহম্মদ এরশাদ"যুগান্তর। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  15. "চলে গেলেন এরশাদ"কালের কণ্ঠ। १४ जुलाई २०१९। सङ्ग्रह मिति १४ जुलाई २०१९ 
  16. "রংপুরেই শেষ শয্যা হল এরশাদের"বিডিনিউজ২৪.কম। १६ जुलाई २०१९। सङ्ग्रह मिति १६ जुलाई २०१९ 
  17. "পল্লী নিবাসে চিরনিদ্রায় শায়িত এরশাদ"যুগান্তর। १६ जुलाई २०१९। सङ्ग्रह मिति १६ जुलाई २०१९ 
  18. "রাষ্ট্রীয় মর্যাদায় এরশাদের দাফন সম্পন্ন"আমাদের সময়। १६ जुलाई २०१९। सङ्ग्रह मिति १६ जुलाई २०१९ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

पूर्ववर्ती:
आफम आहसानउद्दिन चौधुरी
बङ्गलादेशको राष्ट्रपति
डिसेम्बर, १९८३ - डिसेम्बर ६, १९९०
उत्तराधिकारी:
शाहाबुद्दिन आहमेद