होक्काइडो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होक्काइडो (जापानी: 北海道, अङ्गेजीः Hokkaido) जापानको दोस्रो ठूलो टापु हो । होक्काइडोमा रहेको सबैभन्दा ठूलो सहर साप्पोरो हो। होक्काइडोको उत्तरपूर्वमा कुरिल टापुहरू छन्, जुन रूसको सिमाना हो। [१]

१६ औं शताब्दीसम्म होक्काइडोमा आइनु आदिवासीहरूले बसोबास गर्थे। जापानको शासन १७ औं शताब्दी सम्म ओशिमा प्रायद्वीपमा सीमित थियो। १८६९ मा, मेइजी पुनर्स्थापना पछि, जापान द्वारा यो टापू कब्जा गरिएको थियो, र होक्काइडो नामकरण गरिएको थियो। त्यस पछि, जापानी मुलका मानिसहरू यो टापुमा उपनिवेश गर्न थाले। र ऐनु मानिसहरूलाई तिनीहरूको भूमि समर्पण गर्न बाध्य पारियो। २१ औं शताब्दी सम्ममा, ऐनु समुदाय जापानी समाजमा बिलिन भयो ।[२][३]

प्रारम्भिक इतिहास[सम्पादन गर्नुहोस्]

जोमोन कालमा (करिब १५००० वर्ष पहिले) होक्काइडोमा मानिसको बसोबास सुरु भएको थियो। लगभग २००० वर्ष पहिले, याओई मानिसहरूले यहाँ उपनिवेश गरे र टापु को जनसंख्या सिकारी बाट कृषि पेशा तिर सारे। ७२० ईस्वीमा यस क्षेत्रको लिखित ईतिहास सुरु भएको प्रमाण निहोन शोकीमा लेखिएकोले थाह हुन्छ। निहोन शोकी अनुसार आबेनो हिराफु( Abe no Hirafu) ले ६५८ देखि ६६० सम्म ठूलो नौसेना र सेनाको नेतृत्व गरेर स्थानिय सङ्ग सम्पर्क गरेका थिए। नारा र हेयान काल (७१०-११८५) को समयमा, होक्काइडोका मानिसहरूले केन्द्रीय सरकारसँग व्यापार गर्थे। मध्य युगमा, होक्काइडोका मानिसहरूलाई इजो भन्न थालियो। र होक्काइडोलाई इजोची (蝦夷地) वा इजोगासिमा (蝦夷ヶ島) भनेर चिनिन थाल्यो। [४]

मेइजी पुनर्स्थापना[सम्पादन गर्नुहोस्]

मेइजी पुनर्स्थापना सम्म होक्काइडोलाई इजोची भनेर चिनिन्थ्यो। १८६८ मा बोशिन युद्धको केही समय पछि, एनोमोटो ताकेकीको नेतृत्वमा टोकुगावाको समूहले अस्थायी रूपमा यस टापुलाई कब्जा गर्‍यो, तर सो विद्रोह मे १८६९ मा निर्मूल गरियो। त्यसपछि सो क्षेत्रलाई जापानी मूल क्षेत्र मा गाभियो र होक्काइडो नामकरण गरियो। [५]

दोस्रो विश्वयुद्ध[सम्पादन गर्नुहोस्]

जुलाई 1945 को मध्य मा, होक्काइडोका विभिन्न बन्दरगाहहरु, शहरहरु र सैन्य सुविधाहरुमा अमेरिका नौसेना को टास्क फोर्स ३८ ले आक्रमण गरेकाे थियो। जापानीले आत्मसमर्पण गर्नु अघि, सोभियत संघले होक्काइडोमा आक्रमणको तयारी गरेको थियो, तर सो योजना पुरा गरिएन। [६]

हाल[सम्पादन गर्नुहोस्]

१९४७ मा स्थानीय स्वायत्तता कानून लागु भएपछि होक्काइडो अन्य प्रिफेक्चरहरूसँग बराबर भयो। जापानको केन्द्रीय सरकारले होक्काइडो विकास एजेन्सी (北海道開発庁, Hokkaido Kaihatsuchō) लाई प्रधानमन्त्री कार्यालयको एजेन्सीको रूपमा १९४९ मा स्थापना गर्‍यो। सो एजेन्सीलाई २००१मा भूमि, पूर्वाधार र यातायात मन्त्रालयमा मा समाहित गरियो।

जनसंख्या[सम्पादन गर्नुहोस्]

होक्काइडो जापानको पाँच मुख्य टापुहरू मध्य तेस्रो-सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र हो। २०२३ मा यहाँ काे जनसंख्या ५१,११,६९१ थियो। प्रति वर्ग किलोमिटरमा ६१ जना बासिन्दा भएको यो जापानमा सबैभन्दा कम जन-घनत्व भएको क्षेत्र हो। होक्काइडो विश्वका टापुहरू माझ जनसंख्यामा २१ औं स्थानमा पर्छ।

यो पनि हेर्नुहोस‍‍[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "離島とは(島の基礎知識) (what is a remote island?)" (website), MLIT (Ministry of Land, Infrastructure, Transport and Tourism) (जापानीमा), Ministry of Land, Infrastructure, Transport and Tourism, २२ अगस्ट २०१५, मूलबाट २००७-११-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०१९, "MILT classification 6,852 islands (main islands: 5 islands, remote islands: 6,847 islands)"  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २००७ मिति
  2. Honna, Nobuyuki; Tajima, Hiroko Tina; Minamoto, Kunihiko (२०००), "Japan", in Kam, Ho Wah; Wong, Ruth Y. L., Language Policies and Language Education: The Impact in East Asian Countries in the Next Decade, Singapore: Times Academic Press, आइएसबिएन 978-9-81210-149-5 
  3. Hohmann, S. (2008). "The Ainu's modern struggle". World Watch. 21 (6): 20–24.
  4. "A Journey into the culture and history of Hokkaidō.", hkd.mlit.go.jp, मूलबाट २०२०-०९-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-२९ 
  5. Satow, Ernest. (1882). "The Geography of Japan" in Transactions of the Asiatic Society of Japan, Vols. 1–2, p. 88., पृ. 33, गुगल बुक्स मा
  6. "Translation of Message from Harry S. Truman to Joseph Stalin", August 19, 1945, History and Public Policy Program Digital Archive, RGASPI Fond 558, Opis 11, Delo 372, Listy 112–113. Translated by Sergey Radchenko. http://digitalarchive.wilsoncenter.org/document/122333 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति. Retrieved 2017 September 22.