हो चि मिन्ह
हो चि मिन्ह | |
---|---|
भियतनाम मजदुर पार्टीका अध्यक्ष | |
कार्यकाल १९ फेब्रुअरी १९५१ – २ सेप्टेम्बर १९६९ | |
पूर्वाधिकारी | ओहोदा स्थापित |
उतराधिकारी | ओहोदा अन्त्य |
कार्यकाल १ नोवेम्बर १९५६ – १० सेप्टेम्बर १९६० | |
पूर्वाधिकारी | Trường Chinh |
उतराधिकारी | Lê Duẩn |
कार्यकाल २ सेप्टेम्बर १९४५ – २ सेप्टेम्बर १९६९ | |
पूर्वाधिकारी | ओहोदा स्थापित Bảo Đại (as Emperor) |
उतराधिकारी | Tôn Đức Thắng |
कार्यकाल २ सेप्टेम्बर १९४५ – २० सेप्टेम्बर १९५५ | |
पूर्वाधिकारी | ओहोदा स्थापित Trần Trọng Kim (as Prime Minister of the Empire of Vietnam) |
उतराधिकारी | Phạm Văn Đồng |
व्यक्तिगत विवरण | |
जन्म | Kim Liên, Nghệ An Province, French Indochina | १९ मे १८९०
मृत्यु | २ सेप्टेम्बर १९६९ (aged ७९) होनोई, उत्तर भियतनाम |
राजनीतिक दल | फ्रेन्च सेक्सन ओफ वोर्कर्स इन्टरनेसनल (1919–1921) फ्रेन्च कम्युनिष्ट पार्टी (1921–1925) भियतनाम कम्युनिस्ट पार्टी (1925–1969) |
जीवनवृति | राजनीतिज्ञ |
हस्ताक्षर | |
Hồ Chí Minh (/hoʊ tʃiː mɪn/;[१] ढाँचा:IPA-vi, ढाँचा:IPA-vi; Chữ nôm: 胡志明; जन्म १९ मे १८९० – २ सेप्टेम्बर १९६९), Nguyễn Sinh Cung,[२][३][४] न्गुऐन टाट थान्ह तथा न्गुऐन यि क्युवेकबाट समेत परिचित भियतनामी कम्युनिस्ट नेता थिए । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि थिए | उनी भियतनाम युद्धको समयमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम), भियतनाम जनसेना र भियतकङ स्थापना गर्ने मुख्य व्यक्ति थिए ।
हो चि मिन्हले सन् १९४१ देखि भियतनाम स्वतन्त्रता आन्दोलन नेतृत्व गरे, सन् १९४५ मा कम्युनिस्ट शासनको प्रजातान्त्रिक गणतन्त्र भियतनाम स्थापना गरे र सन् १९५४ मा फ्रान्सलाई पराजित गरे। आधिकारिक रूपमा सन् १९६५ देखि स्वास्थ्य अवस्थाले गर्दा पद छोडेका थिए। युद्ध पछि उनको नामबाट दक्षिण भियतनामको राजधानी सैगोनको नाम हो चि मिन्ह सिटी राखिएको थियो ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]राजनीतिज्ञ बाहेक हो चि मिन्ह लेखक, पत्रकार, कवि र बहुभाषी पनि थिए । उनका पिता शिक्षक र विद्वान थिए र उनले न्गुऐन डाइनेस्टी इम्पेरय जाँचबाट दिक्षा उपाधि पाएका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ho Chi Minh". Random House Webster's Unabridged Dictionary.
- ↑ Trần Quốc Vượng, "Lời truyền miệng dân gian về Hồ Chí Minh", BBC Vietnamese, अन्तिम पहुँच १० डिसेम्बर २०१३।
- ↑ Vũ Ngự Chiêu, "Vài vấn nạn lịch sử thế kỷ XX: Hồ Chí Minh—Nhà ngoại giao, 1945–1946", Hợp Lưu Magazine. Note: See the document in French, from Centre des archives d'Outre-mer [CAOM] (Aix)/Gouvernement General de l'Indochine [GGI]/Fonds Residence Superieure d'Annam [RSA]/carton R1, and the note in English at the end of the cited article, अन्तिम पहुँच १० डिसेम्बर २०१३।
- ↑ Nguyễn Vĩnh Châu, "Phỏng vấn sử gia Vũ Ngự Chiêu về những nghiên cứu lịch sử liên quan đến Hồ Chí Minh", Hợp Lưu Magazine, अन्तिम पहुँच १० डिसेम्बर २०१३।