ह्वाट विल पिपल से

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्वाट विल पिपल से
निर्देशकइराम हक
लेखकइराम हक
निर्मातामारिया एकरहोव्ड
मुख्य कलाकार
छायाङ्कननदीम कार्लसन
सम्पादन
  • यानुस बिलेस्कोव यान्सन
  • एन ओस्तेरुद
सङ्गीत
  • लोरेन्ज ड्याङ्गेल
  • मार्टिन पेडरसन
वितरक
कम्पनीहरू
  • मेर फिल्म
  • रोहफिल्म फ्याक्ट्री
  • जेन्ट्रोपा स्विडेन
प्रदर्शन मिति
९ सेप्टेम्बर २०१७
अवधि
१०६ मिनेट
राष्ट्र
भाषाहरू

ह्वाट विल पिपल से (अङ्ग्रेजी: What Will People Say, नर्वेजियन: Hva vil folk si) इराम हकद्वारा निर्देशित अन्तर्राष्ट्रिय स्तरमा निर्मित सन् २०१७ मा सार्वजनिक गरिएको चलचित्र हो। चलचित्रमा देखिएका पाकिस्तानका दृश्यहरू भारतमा, विशेष गरी राजस्थानमा, खिचिएका थिए।[१]

९ सेप्टेम्बर २०१७ मा टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा यस चलचित्रको प्रथम प्रदर्शनी भएको थियो। यसलाई सर्वोत्कृष्ट विदेशी भाषा चलचित्रको श्रेणीमा एकेडेमी पुरस्कारको लागि बुझाइएको थियो तर दुर्भाग्यवश मनोनित भएन।[२][३][४]

सारांश[सम्पादन गर्नुहोस्]

यो चलचित्र निर्देशिका इराम हकको व्यक्तिगत जीवनमा आधारित छ। १६ वर्षकी निशा आफ्ना अभिभावकसँग नर्वेमा बस्छिन्। उनी दोहोरो जीवन जिउँछिन्। उनलाई आफ्ना नर्वेजियन साथी र नर्वेजियन प्रेमी ड्यानियलसँग बास्केटबल खेल्न, भोजभतेरमा जान र मादक पदार्थ सेवन गर्न मन पर्छ। यद्यपि, उनी आफ्नो परम्परागत पाकिस्तानी परिवारमा उनी शान्त, शालीन छोरीको भूमिका निर्वाह गर्छिन्।

एक रात निशाका बुबा मिर्जाले ड्यानियललाई निशाको कोठामा भेट्छन् र रिसमा उनलाई पिट्न थाल्छन्। उनका छिमेकीले प्रहरीलाई बोलाउँछन् र निशालाई बाल कल्याण संस्थामा लगिन्छ। त्यहाँ उनको परामर्शदाताले उनको कुनै गल्ती छैन भनेर सम्झाउँछिन् तर उनका बुबाले उनलाई ड्यानियलसँग यौन गरेको सोची विवाह गर्नैपर्ने भन्छन्। नर्वेमा बसोबास गर्ने पाकिस्तानी समुदायले उनीहरूलाई निशाको राम्रो ध्यान राखेन भने उसको उद्दण्डताले अरूहरूलाई पनि नकारात्मक प्रभाव पर्छ भन्छन्। आफ्नो प्रतिष्ठा र अरूहरूले के सोच्छन् भन्ने डरले गर्दा मिर्जाले निशालाई बाहिर पठाउने निर्णय लिन्छन्।

उनीहरू पाकिस्तान जान्छन्, जहाँ निशालाई उनकी फुपूको घरमा लगिन्छ। मिर्जाले निशासँग राम्ररी कुरा गर्न खोज्छन् तर असफल हुन्छन्। निशालाई उनकी फुपूको घरमा खाना पकाउन, प्रार्थना गर्न र घरगृहस्थी सम्हाल्न सिकाइन्छ। उनी साइबर क्याफेमा गई आफ्ना नर्वेजियन साथीलाई इमेल पठाउन खोज्छिन् तर उनकी फुपूले थाहा पाएर उनलाई पिट्छिन्। उनको राहधानी पनि जलाइन्छ जसले गर्दा नर्वे फर्किने विकल्प बाँकी रहँदैन। उनका दिनहरू फुपूसँग बजार जाने, प्रार्थना गर्ने र खाना पकाउने जस्ता कामहरू गरेर नै बित्न थाल्छन्। उनी पढाइमा पनि बढी ध्यान दिन थाल्छिन् र चङ्गा उडाउन सिक्छिन्, जसले उनको स्वतन्त्र हुने इच्छाको सङ्केत गर्छ।

निशा र उनकी फुपूको छोरा आमिरले एक अर्कालाई मन पराउन थाल्छन्। उनीहरूको सम्बन्ध घनिष्ट हुँदै गएपछि उनीहरू एक रात एकअर्कालाई चुम्न थाल्छन्। उनीहरू समातिन्छन् प्रहरीद्वारा जसले निशालाई आफ्नो लुगा खोल्न लगाई उनको अश्लील तस्वीर खिच्छन्। अर्को दिन, उनीहरूलाई घर लगी प्रहरीले फुपूलाई धम्काउँछन्। निशाकी फुपूले उनका बुबालाई सम्पर्क गरी निशाले आमिरसँग यौन गर्न खोजेको कुरा लगाउँछिन्। निशाले सत्यको खुलासा गर्न खोजे पनि उनी असफल हुन्छिन्।

मिर्जा निशालाई नर्वे फिर्ता लग्न पाकिस्तान आउँछन्। बिच बाटोमा उनले निशालाई भीरबाट हाम फाल्न लगाउँछन् तर पछि निशाले रुँदै माफी मागेपछि उनीहरू दुबैजना रुँदै निशालाई एक अन्तिम अवसर दिन्छन्। घरमा निशाका अभिभावकले उनको सबै गतिविधि राम्ररी हेर्छन्। बाल कल्याण संस्थाले निशाको वापसीको बारेमा थाहा पाएपछि उनकी आमाले उनलाई झुट बोल्न लगाउँछिन्। निशाको बारेमा मान्छेहरूले नराम्रो बोल्न छोडुन् भनी उनका अभिभावकले उनको विवाह एक क्यानाडेली व्यक्तिसँग गर्ने निर्णय लिन्छन्। निशाले विवाह पछि उनले आफ्नो पढाइलाई निरन्तरता दिन नमिल्ने कुरा हुन्छ। निशाको चित्त दुख्छ र उनी भाग्नका लागि झ्यालबाट सुटुक्क बाहिर निस्किन्छिन्। फर्केर उनी आफ्ना बुबालाई हेर्छिन्, जसले उनलाई झ्यालबाट आँखाभरि आँसु पारी हेर्छन्। घरबाट भागिरहेकी निशालाई रोक्न उनी केही गर्दैनन्।

कलाकार[सम्पादन गर्नुहोस्]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

रटन टमेटोजमा २१ समीक्षामा आधारित भई यस चलचित्रलाई ८१% र १० मा ७ अङ्क दिइएको छ।[५] मेटाक्रिटिकमा १० आलोचकहरूको समीक्षानुसार यस चलचित्रले १०० मा ६९ पाएको छ, जसले "सामान्यतया अनुकूल समीक्षा" जनाउँछ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कन्नन, इन्दिरण (१४ अक्टोबर २०१७), "'ह्वाट विल पिपल से' र पारिवारिक मूल्यमान्यताको सापेक्ष चित्रण", बिजनेस स्ट्यान्डर्ड 
  2. अब्बाटेचियानी, डेभिड (५ सेप्टेम्बर २०१८), एकेडेमी पुरस्कारमा 'ह्वाट विल पिपल से' द्वारा नर्वेको प्रतिनिधित्व , सिनयुरोपा।
  3. गन्शोल्ट इघानियन, क्याथरिन (४ सेप्टेम्बर २०१८), "एकेडेमी पुरस्कारमा 'ह्वाट विल पिपल से' द्वारा नर्वेको प्रतिनिधित्व", वर्डेन्स ग्याङ 
  4. कोज्लोव, व्लादिमिर (४ सेप्टेम्बर २०१८), "एकेडेमी पुरस्कार: सर्वोत्कृष्ट विदेशी भाषा चलचित्रको श्रेणीमा नर्वेद्वारा 'ह्वाट विल पिपल से' को चुनाव", द हलिउड रिपोर्टर 
  5. "ह्वाट विल पिपल से ? (सन् २०१७)", रटन टमेटोज, फ्यानड्याङ्गो। 
  6. "ह्वाट विल पिपल से समीक्षा", मेटाक्रिटिक, सी.बी.एस. इन्टरएक्टिभ। 

बाह्य कडी[सम्पादन गर्नुहोस्]