२०२३ लङ्का प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३ लङ्का प्रिमियर लिग
मिति३० जुलाई – २० अगस्ट २०२३
प्रशासक(हरू)श्रीलङ्का क्रिकेट
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिनप्लेअफस
आयोजक(हरू)श्रीलङ्का
विजेताबि लभ क्यान्डी (१औँ उपाधि)
उप-विजेतादम्बुला ओरा
सहभागीहरू
खेल संख्या२४
म्यान अफ द सिरिजवनिन्दु हसरङ्गा
अधिक रनवनिन्दु हसरङ्गा (२७९)
अधिक विकेटवनिन्दु हसरङ्गा (१९)
आधिकारिक वेबसाइटlplt20sl.com

२०२३ लङ्का प्रिमियर लिग, जुन् श्रीलङ्कामा ट्वान्टी२० ढाँचामा आधारित फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता, लङ्का प्रिमियर लिग (एलपिएल) को चौथो संस्करण हुनेछ।[१] यो प्रतियोगिता ३१ जुलाई देखि २२ अगस्त २०२३ सम्म हुने गरी तय गरिएको छ।[२] प्रतियोगितामा पाँच टोलीले तीन अन्तर्राष्ट्रिय स्थानमा खेल्नेछन्।[३] यो लिग श्रीलङ्का क्रिकेटको स्वामित्वमा रहेको छ।[४] जाफना किङ्स डिफेन्डिङ च्याम्पियन हो।[५]

प्रतियोगिता ढाँचा[सम्पादन गर्नुहोस्]

प्रत्येक टोलीले आफ्नो टोलीमा बढीमा ६ अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्न सक्नेछन्। पाँच टोलीले राउण्ड रोबिन चरणमा एक अर्कासँग दुई पटक खेल्नेछन्। जसमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।[६]

खेलाडी लिलामी[सम्पादन गर्नुहोस्]

लिलामी, जुन १४ मा आयोजित हुनेछ जहाँ पाँच फ्रान्चाइजीहरूले प्रत्येकलाई अधिकतम $ ५००,००० खर्च गर्न अनुमति दिइनेछ। प्रत्येक टोलीमा अनिवार्य ६ विदेशी र १४-१९ घरेलु खेलाडीसहित २०-२४ खेलाडीको टोली हुनेछ। पूर्व-हस्ताक्षर किट्टीबाट खर्च नगरिएको कुनै पनि रकम लिलामीमा लैजान पाईदैन। टोलीहरूसँग आफ्ना खेलाडीहरूका लागि राइट-टु-म्याच विकल्प पनि हुनेछ, र त्यसको लागि पैसा लिलामी किट्टी भित्रबाट आउनु पर्छ।[७]

बोलपत्र कुनै पनि समयमा दुई टोलीहरू बीच हुनेछ, तेस्रो टोलीले पहिलो दुई टोलीहरू मध्ये एउटा प्रक्रियाबाट फिर्ता भएपछि मात्र बोलपत्रमा सामेल हुन अनुमति दिन्छ। पहिलो ७० नाम बोलपत्रको लागि प्रस्तुत गरिसकेपछि "द्रुत" लिलामी प्रक्रिया हुनेछ। यस प्रक्रियाले फ्रान्चाइजीहरूले १५-२० खेलाडीहरू मनोनयन गर्नेछन्, जसमा बिक्री नभएका खेलाडीहरू पनि हथौडामुनि जानेछन्।[७]

खेलाडीहरूलाई क्याप्ड र अनक्याप गरी दुई समूहमा वर्गीकरण गरिनेछ। प्रत्येक क्याप गरिएको खेलाडीले $ १०,००० देखि $ ५०,००० सम्मको आधार मूल्यमा $ १०,००० वृद्धिमा आफूलाई दर्ता गर्न सक्षम हुनेछन्। अनक्याप गरिएका खेलाडीहरूलाई $ २०,००० को आधार मूल्यमा वर्गीकृत गरिनेछ - जसले न्यूनतम ५० प्रथम-श्रेणी खेल खेलेको हुनु पर्ने छ; $ १०,००० - न्यूनतम २५ प्रथम-श्रेणी खेलहरू, वा एलपिएल वा अन्य कुनै पनि बराबरको टि२० फ्रेन्चाइज लिगमा न्यूनतम १८ खेलहरू; र $ ५,००० - माथि उल्लिखित मापदण्डहरू पूरा नगर्नेहरू।[७]

दिलशान मदुशंका लिलामीको सबैभन्दा महँगो खेलाडी बने, जब उनलाई जाफ्ना किंग्सले $ ९२,०००[८] को रेकर्ड मूल्यमा किनेको थियो। न्युजिल्यान्डका चाड बोवेस लिलामीको सबैभन्दा महँगो विदेशी खेलाडी बने जो ५८,००० डलरमा छनोट भएका थिए र बोवेसले अझै अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्न र प्रमाणित गर्न सकेका छैनन्।[८]

टिम[सम्पादन गर्नुहोस्]

टिम सहर डेब्यु मालिक कप्तान कोच
कोलम्बो स्ट्राइकर्स कोलम्बो २०२३ सागर खन्ना निरोशन डिकवेल्ला साइमन हेलमोट
डम्बुला ओरा डम्बुला २०२२ विरनजित थम्बुगला कुसल मेन्डिस अविश्का गुनावरदेने
गल्ले टाइटान्स गल्ले २०२३ नयना वासालथिलका दशुन सनका चमरा कपुगेदरा
जफना किङ्स जफ्ना २०२१ सुवासकरण अल्लिराजा थिसरा परेरा Thilina Kandamby
बि लभ क्यान्डी क्यान्डी २०२३ उमर खान वनिन्दु हसरङ्गा मुस्ताक अहमद

खेल स्थान[सम्पादन गर्नुहोस्]

कोलम्बो क्यान्डी
आर प्रेमदासा स्टेडियम पल्लेकेला क्रिकेट स्टेडियम
क्षमता: ३५,००० क्षमता: ३५,०००

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

स्थान टोली खेलेको खेल जित हार बराबर नतिजा बिहिन अङ्क कुल रन दर छनौट
दम्बुल्ला ओरा १२ ०.७९३ क्वालिफाएर १ चरणमा प्रवेश
गल्ले टाइटन्स ०.३५३
बि लभ क्यान्डी ०.१८५ इलिमिनेटर चरणमा चरणमा प्रवेश
जफना किङ्स -०.१७९
कोलम्बो स्ट्राइकर -०.२१५

प्लेअफ[सम्पादन गर्नुहोस्]

क्वालिफायर १/इलिमिनेटर क्वालिफायर २ फाइनल
  २० अगस्ट २०२३ — कोलम्बो
१७ अगस्ट २०२३ — कोलम्बो
दम्बुला ओरा १४७/४ (१९.४ ओभर)
गल्ले टाइटन्स १४६ (२० ओभर) Q1W दम्बुला ओरा १४७/४ (२० ओभर)
  Q2W बि लभ क्यान्डी १५१/५ (१९.५)
 
१९ अगस्ट २०२३ — कोलम्बो
Q1L गल्ले टाइटन्स १२३/८ (२० ओभर)
EW बि लभ क्यान्डी १५७/७ (२० ओभर)
 
१७ अगस्ट २०२३ — कोलम्बो
बिलभ क्यान्डी १८८/८ (२० ओभर)
जफना किङ्स १२७ (१७.२ ओभर)
 

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Fourth Edition Of Lanka Premier League To Start From July 31 Onwards", SportsBuzz (अङ्ग्रेजीमा), २७ मार्च २०२३, अन्तिम पहुँच २८ मार्च २०२३ [dead link]
  2. "Lanka Premier League to be played from July 31 to August 22", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ मार्च २०२३ 
  3. "LPL 2023: SLC confirms LPL to take place in 3 Venues", InsideSport (en-USमा), २७ मार्च २०२३, अन्तिम पहुँच २९ मार्च २०२३ 
  4. "Sri Lanka Cricket to Hold the 4th Edition of the LPL in July and August", श्रीलङ्का क्रिकेट, अन्तिम पहुँच १० जुन २०२४ 
  5. "Jaffna Kings champions of LPL 2022", द आइल्याण्ड, अन्तिम पहुँच १० जुन २०२३ 
  6. "World-Class Cricketers Set Sights on LPL 2023: Sri Lanka’s T20 Tournament Sparkles!", श्रीलङ्का क्रिकेट (en-USमा), अन्तिम पहुँच २६ अप्रिल २०२३ 
  7. ७.० ७.१ ७.२ "LPL Season 4 to have IPL-style auction for the five squads", ESPNCricinfo, अन्तिम पहुँच ११ जुन २०२३ 
  8. ८.० ८.१ "LPL auction: Dilshan Madushanka becomes most expensive player", ESPNCricinfo, अन्तिम पहुँच २४ जुन २०२३