बरिसाल
बरिसाल
বরিশাল | |
---|---|
सहर | |
बरिसालका सम्पदाहरू | |
उपनाम: पूर्वको भेनिस | |
विभाग | बरिसाल विभाग |
जिल्ला | बरिसाल |
नगरपालिकाको स्थापना | १८७६ |
सहर निगम | २००२ |
सहर | १९ अप्रिल २००१[१] |
सरकार | |
• प्रकार | मेयर परिसद |
• अङ्ग | बरिसाल परिसर निगम |
क्षेत्रफल | |
• सहरी | ५८ किमी२ (२२ वर्ग माइल) |
उन्नतांश | १ मिटर (४ फिट) |
जनसङ्ख्या (२०११)[३] | |
• सहर | ३२८,२७८ |
• घनत्व | १०,५२४/किमी२ (२७,२६०/वर्ग माइल) |
• महानगर | ३८५,०९३ |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | ८२०० |
टोलिफोन कोड | ०४३१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बारिसाल (बङ्गाली: বরিশাল) बङ्गलादेशको एक प्रमुख सहर हो जुन क्रितनखोला नदिको किनारमा रहेको छ। यो सहर बङ्गलादेशको दक्षिण-मध्य क्षेत्रमा अवस्थित छ। यो सबैभन्दा ठुलो सहर हो र दुवै बरिसाल जिल्ला र बरिसाल विभागको प्रशासनिक मुख्यालय र सबैभन्दा ठुलो सहर हो। यो बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिका र नदी बन्दरगाह रूपमा रहेको छ। बिरसल नगरपालिका १९७६ मा ब्रिटिस राजको समयमा स्थापना भएको थियो र २५ जुलाई २००२ मा नगरपालिका निगममा स्थान अभिब्रिद्घी गरियको थियो। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ३२८,२७८ रहेको छ र यस सहरमा ३० वार्डहरू र ५० वटा महलहरू छन्। यस सहरको कुल क्षेत्रफल ५८ वर्ग किलोमिटर रहेको छ।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]२०११ राष्ट्रिय जनगणनाको अनन्त परिणामको अनुसार बरिसालको जनसङ्ख्या (बरिसाल नगर निगमको अधिकार क्षेत्र अन्तर्गत) ३२८,२७८ रहेको छ जसमध्ये परुषको जनसङ्ख्या ५१.६३ र ४८.३७ % महिला को जनसङ्ख्या रहेको छ।
बरिसालको सहरीया मानिसको साक्षरता दर ७५.३ % रहेको छ जुन राष्ट्रिय औसत ५६.५ % भन्दा अधिक छ। बरिसालमा लगभग सबै मानिसहरू बङ्गाली हुन।
भूगोल
[सम्पादन गर्नुहोस्]बरिसला जिल्ला कुल क्षेत्रफल २७९०.५१ वर्ग किलोमिटर रहेको छ जुन मदारीपुर ,लक्ष्मीपुर ,चाँदपुर ,शरियतपुर जिल्लाले उत्तर तर्फबाट धेरेको छ भने पटुवाखाली ,बर्जुना र झालोकोटी जिल्लाले दक्षण तर्फबाट धेरेको छ र भोला जिल्लाले पूर्वीमा र पिरोजपुर ,झालोकोटी र गोपालगन्जले पश्चिम तर्फबाट धेरेको छ। खोरदबाद , एरियल खान ,कमलीजरा र क्रितनखोला यस सहरका प्रमुख नदिहरू हुन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]बरिसाल बङ्गलादेशको सबैभन्दा धेरै धान उत्पादन गर्ने सहर हो। यस सहरमा बलाम (एक प्रकारको बासमती धान) यहाँको लोकप्रिय धान हो। यो सहर पानको लागि प्रख्यात छ। सहरलाई नदिहरूले धेरेको हुँदा यहाँ माछा पनि धेरै मात्रमा पाइन्छ। नरिवल यस सहरको एक प्रमुख फलफुल हो। सहरले हालसम्म हल्सा माछा ,सिमेन्ट ,धान ,अौसधीहरू आयात गर्दै आएको छ।
खेलकुद
[सम्पादन गर्नुहोस्]यस सहरमा क्रिकेट र फुटबल अत्यधिक रुचाइएको खेल हो भने कब्ड्डी र टेनिस पनि प्रख्यात रहेको छ। यस सहरको बरिशाल विभागीय रङ्गशाला अन्तर्राष्ट्रिय रङ्गशाला हो जसमा विभिन्न किसिममा खेलहरू खेलिँदै आएको छ भने यस रङ्गशालाको कुल क्षमता १५,००० रहेको छ। हाल यो रङ्गशालालाई क्रिकेट खेलहरूको लागि प्रयोग गरिन्छ। यो फुटबल र अन्य खेलकुदहरूको लागि पनि प्रयोग गरिँदै आएको थियो। विभिन्न खेलहरू बाहेक त्यहाँ कहिलेकाहीँ खेल सम्बन्धि कार्यक्रमहरू पनि गरिँदै आएको छ।
उल्लेखनीय व्यक्तित्वहरू
[सम्पादन गर्नुहोस्]- वीरश्रेष्ठ महिउद्दिन जाहाङ्गीर -स्वतन्त्रता युद्ध सेनानी (वीरश्रेष्ठ);
- अश्वीनिकुमार दत्त - समाजसेवक;
- जीवनानन्द दास - कवि तथा साहित्यकार
- आब्दुल रहमान विश्वास - पूर्व राष्ट्रपति ;
- शओकत होसेन हिरन - पूर्व नगरप्रमुख;
- आबुल काशेम फलजुल हक- राजनीतिक व्यक्तित्व
- सुफिया कामाल-कवि
- कामिनी राय-कवि
- निर्मलकुमार रायचौधुरी, चिकित्सक तथन समाजसेवी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बरिसाल सहरको अग्रिम योजना -", बङ्गलादेश सरकार, मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१५ मिति - ↑ "बरिसाल सहर परिसद, बङ्गलादेश", अन्तिम पहुँच १२ अप्रिल २०१५। वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०१५ मिति
- ↑ "२०११ राष्ट्रिय जनगणना , बङ्गलादेश", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: ३८, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१५ मिति