सामग्रीमा जानुहोस्

मरदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरदान
مردان
देश पाकिस्तान
प्रदेशखैबर पख्तूनख्वा
जिल्लामरदान
तहसीलमरदान
सरकार
 • कार्यकारी प्रमुखजकिर हुसैन अफरीडि
 • उप-प्रहरी आयुक्तआलम सिनवारी
क्षेत्रफल
 • जम्मा६३२ किमी (२४४ वर्ग माइल)
उन्नतांश
३१० मिटर (१०२० फिट)
जनसङ्ख्या
 (२०१७)[]
 • जम्मा३५८६०४
 मरदान नगरपालिका: ३१५,७३३
मरदान: ६,८७१
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड+९२ ९३७

मरदान (उर्दु: مردان) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको मरदान जिल्लाको सदरमुकाम सहर हो। यो सहर पेशावर उपत्यकामा पर्छ भने खैबर पख्तुनख्वाको पेशावर पछिको दोस्रो ठुलो सहर हो।[]

मरदान सहर मरदान जिल्लाको दक्षिण-पश्चिममा ३४°१२′ उत्तर ७२°०३′ पूर्व / ३४.२००° उत्तर ७२.०५०° पूर्व र २८३ मिटर उचाइमा अवस्थित छ। मरदान सहर खैबर पख्तुनख्वा प्रान्तको मरदान जिल्लाको सदरमुकाम हो। यो शहरलाई चारै तिरबाट विभिन्न शहरहरूले घेरेका छन् जसमा रसलपुर दक्षिणमा , चरसादापुर पश्चिममा, यार हुसैन पूर्वमा र काटलङ उत्तरमा रहेको छ। यो सहर खैबर पख्तुनख्वाको दोस्रो ठुलो सहर हो भने पाकिस्तानको १९ अौँ ठुलो सहर रूपमा रहेको छ।

मरदान शहरको वार्सिक अौसत तापक्रम २२.२ डिग्री छ भने वार्सिक ५५९ मिलिमिटर पानी पर्ने गरेको छ। यो शहरमा अक्टोबर महिना सबैभन्दा सुक्खा महिना हु जसमा १२ मिलिमिटर पानी पर्छ भने अगस्टको महिनामा १२२ मिलिमिटर पानी पर्ने गरेको छ। वर्षको जुन महिना सबैभन्दा बढी गर्मीहुने महिना हो जसमा अौसत तापक्रम ३३.२ डिग्री मापन गरिएको छ भने जनवरी महिना सबैभन्दा जाडो हुने महिना हो जसको अौसत तापक्रम १० डिग्री मापन गरिएको छ।

मरदानको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १७.७
(६३.९)
१९.०
(६६.२)
२४.०
(७५.२)
३०.१
(८६.२)
३६.३
(९७.३)
४१.४
(१०६.५)
३८.५
(१०१.३)
३६.५
(९७.७)
३५.३
(९५.५)
३१.६
(८८.९)
२५.१
(७७.२)
१९.४
(६६.९)
२९.६
(८५.२)
दैनिक औसत °से (°फे) १०.०
(५०.०)
१२.२
(५४.०)
१७.२
(६३.०)
२२.७
(७२.९)
२८.२
(८२.८)
३३.२
(९१.८)
३२.३
(९०.१)
३१.०
(८७.८)
२८.८
(८३.८)
२३.२
(७३.८)
१६.२
(६१.२)
११.०
(५१.८)
२२.२
(७१.९)
न्यूनतम औसत °से (°फे) २.३
(३६.१)
५.५
(४१.९)
१०.४
(५०.७)
१५.३
(५९.५)
२०.२
(६८.४)
२५.१
(७७.२)
२६.२
(७९.२)
२५.५
(७७.९)
२२.३
(७२.१)
१४.९
(५८.८)
७.४
(४५.३)
२.७
(३६.९)
१४.८
(५८.७)
स्रोत: क्लाइमेट डाटा डट ओआरजी[]

सन् २००९ भन्दा अगाडि मरदान शहरमा कुनैकुनै सरकार अथवा निजी विश्वविद्यालय थिएन भने पहिलो निजी विश्वविद्यालय अब्दुल वाली खानको सन् २००९ मा स्थापना गरिएको थियो। सन् २०१७ मा मरदान शहरमा पहिलो महिला विश्वविद्यालयको स्थापना गरियो र यस विश्वविद्यालयलाई सन् २०१७ मा पुण रूपमा सुचारु गरियो त्यसपछि पेशावर मरदान क्याम्पको पनि स्थापना गरियको थियो।

सन् २०१० मा पहिलो पटक बचा खान मेडिकल कलेज'को स्थापना गरियको थियो जुन शहरकै पहिलो मेडिकल कलेजको रूपमा रहेको छ। यस शहरमा अन्य कृषि क्याम्पस ,पेशावर आदी विश्वविद्यालय पनि रहेका छन्। यस शहरमा अहिले थुप्रै विद्यालय र विश्वविद्यालयहरू पनि रहेका छन् जुन पुरुष र महिलाका लागिको शिक्षा अविविद्धिको लागि बनाइएको हो। यो शहरको सबैभन्दा प्रख्यात क्याम्पस फजल ई हक मरदान हो।

सन् २००६ मा मरदान जिल्ला सरकारले पाकिस्तान सरकार सङ्ग सहकार्य गरेर एक खेलकुदमा सबै किसिमको सुबिधा भएको अत्याधुनिक ब्यवसाहिक भवनको मरदान शहरमा स्थापना गरेको थियो। यसको परिसरमा सबै किसिमका खेलकुदका सुविधारू रहेका छन् जसमा क्रिकेट मैदान, फुटबल मैदान, पैडि खेल्ने पुल, बास्केटबल मैदान आदी रहेका छन्। सन् २०११ मा मरदान शहरमा अन्तर्राष्ट्रिय पैडि प्रतियोगिता गर्न लायक पुलको निर्माण गरेको थियो भनृ सन् २०१६ मा हक्की खेलको अन्तर्राष्ट्रिय मैदान ६७.६९ मिलियनको लागतमा निर्माण गरिएको थियो। पाकिस्तानका प्रख्यात अन्तर्राष्ट्रिय फुटबल खेलाडी मनसुर खान यहि शहरका हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "खैबर पख्तुनखवाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
  2. "मरदान जिल्लाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
  3. "मौसम: मरदान -", अन्तिम पहुँच २० नोभेम्बर २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]