लंगकावी
लंगकावी जिल्ला | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दारेह लंगकावी | |||||||||||||||||||||
मलेसियाको नक्सामा लंगकावीको अवस्थिति | |||||||||||||||||||||
निर्देशाङ्क: ६°२१′उ॰ ९९°४८′पू॰ / ६.३५०°N ९९.८००°Eनिर्देशाङ्कहरू: ६°२१′उ॰ ९९°४८′पू॰ / ६.३५०°N ९९.८००°E | |||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||
• जम्मा | ४७८.४८ किमी२ (१८४.७४ वर्ग माइल) | ||||||||||||||||||||
जनसङ्ख्या (२०१०) | |||||||||||||||||||||
• जम्मा | ८५,५८८ | ||||||||||||||||||||
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) | ||||||||||||||||||||
समय क्षेत्र | युटिसी+८ (मलेसियाको प्रमाणिक समय) | ||||||||||||||||||||
• ग्रीष्म (डिएसटी) | युटिसी+८ | ||||||||||||||||||||
Postcode | 07xxx | ||||||||||||||||||||
सम्पर्क कोड | +6-09 | ||||||||||||||||||||
Vehicle registration plates | KV | ||||||||||||||||||||
|
लंगकाली मलेसियाको उत्तर पश्चिम मुख्य क्षेत्रबाट ३० किलोमिटर टाढा रहेको टापुहरूबाट मिलेर बनेको जिल्ला हो । यो टापुहरू केदाह प्रान्तमा रहेको र थाइल्याण्डको सिमानासँग जोडिएको छ ।
लंगकाली प्रशासनिक जिल्ला समेत हो भने यसको सबै भन्दा ठूलो शहर कुहा हो । लंगकावी ड्युटी फ्रि टापु पनि हो । [२]
उत्पत्ती
[सम्पादन गर्नुहोस्]लंगकावी नाम १५ औँ शताब्दीमा समेत रहेको मान्यता रहेता पनि १६ औँ शताब्दीमा लंगकावी टापुको विभिन्न नामहरू लंगा, लंगाका, लंसुरा तथा लंगापूराबाट नक्शामा नामाकरण भएको देखिन्छ । [३]
भूगोल
[सम्पादन गर्नुहोस्]लंगकावी, ९९ वटा टापुहरूको समुह हो जसलाई मलेसियाको मुख्य भुभागबाट मलाकाको नहरले छुट्याएको छ । यो केदाह प्रान्तको एक जिल्ला हो र पश्चित केदाह भन्दा करिब ५१ किलोमिटरको दुरीमा अवस्थित रहेको छ । यसका टापुहरूको कुल स्थल ४७,८४८ हेक्टर रहेको छ । यसको मुख्य टापुको उत्तर देखि दक्षिणसम्मको दुरी करिब २५ किलोमिटरको रहेको छ ।
मौसम
[सम्पादन गर्नुहोस्]लंगकावीमा बार्षिक २४०० एम एम वर्षा हुने गर्दछ । यहाँ डिसेम्बर देखि फेब्रुअरीसम्म सुख्खा मौसम रहने गर्दछ । मार्च देखि नोभेम्बरसम्म लामो वर्षाको मौसम रहने गर्दछ ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]लंगकावीको ९९ टापुहरू मध्ये चार टापुहरू लंगकावी, टुवा, रेवाक तथा दयांग बुन्टुंगमा मानिसको बसोबास रहेको छ । यस क्षेत्रको जनसङ्ख्या करिब ९९,००० रहेको छ । जसमा लंगकावीको ६५ हजार यस मध्ये ९० प्रतिशत मलेय रहेका छन् । अन्य जातिहरू जस्तै चिनिया, भारतीय तथा थाईहरू पनि रहेका छन् । अन्य मुख्य धर्महरूमा हिन्दु, बुद्ध धर्म तथा इसाई धर्म रहेका छन् ।
मलेय जातिहरूले इस्लाम धर्न मान्ने गर्दछन् ।
जातिहरू | २०१०[४] | |
---|---|---|
संख्या | % | |
मलेय | ७९,१४६ | ८३.५१% |
अन्य भुमिपुत्र | १५३ | ०.१६% |
चिनिया | ४,३२५ | ४.५६% |
भारतीय | १,७४७ | १.८४% |
अन्य | २१७ | ०.२३% |
गैर मलेसियन | ९,१८९ | ९.७०% |
जम्मा | ९४,७७७ | १००% |
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस क्षेत्रको धान तथा रबरको उत्पादनमा आधारित यस क्षेत्रको अर्थतन्त्र पर्यटनमा आधारित अर्थतन्त्रमा परिणत भएको छ ।
पर्यटन
[सम्पादन गर्नुहोस्]यस क्षेत्रलाई सन् २००७ जुन १ मा युनेस्कोबाट विश्व जियोउद्यानको दर्जा दिएको थियो ।[५] लंगकावीको जियोउद्यान मा मुख्य तीन संरक्षित क्षेत्रहरू रहेका छन् र यी तीन उद्यानहरू पर्यटनहरू माझ प्रसिद्ध रहेको छ । सन् २०१४ मा युनेस्कोले यस क्षेत्रको जियोउद्यान दर्जामा पहेलो कार्ड जारी गर्दै चेतावनी दिएको थियो । [६]
यस क्षेत्रका टापुमा पर्यटकहरू क्वाला केदाह, क्वाला पेरलिस तथा पेनांगबाट जहाज मार्फत वा क्वाला लामपुरबाट आन्तरिक हवाइ सेवा मार्फत आउन सक्छन् । यहाँ सिंगापुर तथा ग्वानझोउ, चिनबाट अन्तराष्ट्रिय हवाई सेवा समेत रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ primuscoreadmin (१३ नोभेम्बर २०१५), "पृष्ठभुमि"। वेब्याक मेसिन अभिलेखिकरण १७ अप्रिल २०२१ मिति
- ↑ "लंगकावीमा शपिङ", एबिसी लंगकावी, मूलबाट १६ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Mohamed Zahir Haji Ismail (२०००), The Legends of Langkawi, Utusan Publications & Distributors।
- ↑ "Taburan Penduduk Dan Ciri-Ciri Asas Demografi 2010", तथ्याङ्का बिभाग, मेलेसिया, पृ: ६३, मूलबाट २८ सेप्टेम्बर २०११-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २२ मे २०१४ मिति
- ↑ "Langkawi given geopark status", The Star Online, ८ जुन २००७, मूलबाट ९ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Langkawi risks losing Geopark status after Unesco 'Yellow Card'", Themalaysianinsider.com, मूलबाट २८ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २८ नोभेम्बर २०१४ मिति