सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन
| |||||||||||||||||
निर्वाचक मण्डलका ५३८ सदस्यहरू २७० निर्वाचक मत निर्वाचित हुनका लागि आवश्यक मतहरू | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मत सर्वेक्षण | |||||||||||||||||
| |||||||||||||||||
सन् २०२४ को चुनावी नक्सा, सन् २०२० संयुक्त राज्य अमेरिकाको जनगणनाको नतिजामा आधारित | |||||||||||||||||
|
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ का दिन आयोजना गरिने अमेरिकाको ६०औँ राष्ट्रपतीय निर्वाचन हो।[१] यो निर्वाचनमा मतदाताले चार वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नेछन्। डेमोक्रेटिक पार्टीका सदस्य तथा वर्तमान राष्ट्रपति जो बाइडेनले सुरुमा राष्ट्रपतीय निर्वाचनको दौडमा उम्मेदवारी दिने भन्दै १२ मार्च का दिन सम्भावित उम्मेदवार बनेका थिए।[२] यद्यपि, जुन २०२४ को राष्ट्रपतीय बहसमा खराब प्रदर्शन, बढ्दो उमेर र स्वास्थ्य चिन्ताका कारण उनले जुलाई २१ मा दौडबाट नाम फिर्ता लिई उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दा ह्यारिसले सोही दिनबाट आफ्नो राष्ट्रपतीय अभियान सुरु गरेकी थिइन्।
४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति र जेडी भेन्स उप्-राष्ट्रपति निर्वाचित भए । विश्वभरीका राजनीतिज्ञाहरूले ट्रम्पलाई बधाइ सन्देश दिए । उनीहरूको सपथ ग्रहण २०२५ जनवरी २० मा हुनेछ ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Election Planning Calendar" (PDF)। Essex-Virginia.org। Essex County, Virginia। सङ्ग्रह मिति फेब्रुअरी ६, २०१६।
- ↑ Kinery, Emma (अप्रिल २५, २०२३)। "Biden launches 2024 reelection campaign, promising to fulfill economic policy vision"। CNBC।
- ↑ "Trump wins the White House in political comeback rooted in appeals to frustrated voters", AP News (अङ्ग्रेजीमा), २०२४-११-०५, अन्तिम पहुँच २०२४-११-०६।