मोदी गाउँपालिका
मोदी
Modi | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | प्रेम पौडेल (एमाले) |
• उपाध्यक्ष | सेती महत (एमाले) |
• कार्यकारी | भूमीराज शर्मा |
क्षेत्रफल | |
• जम्मा | १४३.६ किमी२ (५५.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,२८४ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको देउपुर गाविसको कार्यालय |
मोदी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका भुक्ताङले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिहरूलाई समेटेर मोदी गाउँपालिका बनाइएको हो ।[३] मोदी गाउँपालिकाको कूल जनसङ्ख्या २१,२८४ रहेको छ । यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देउपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिका र कुश्मा नगरपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।