आमसञ्चार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

Communication ( सञ्चार ) परिचय नेपाली शब्द “सञ्चार” अंग्रेजी शब्द “Communication ”को अनुबादको रूपमा प्रयोग हुदै आएको छ । हुनत नेपाली शब्द सञ्चार संस्कृत भाषाबाट आएको हो जसको अर्थ ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान’ भन्ने हुन्छ । सञ्चार विज्ञहरूलाई मान्दा अग्रेजी शब्द ऋयmmगलष्अबतष्यल ल्याटिन भाषाको शब्द Communis र Communicare बाट आएको हो जसको अर्थ हुन्छ, कुनै कुराको साझेदारी,आदान प्रदान गर्नु ,साझा वा समान । यसबाट सञ्चार भन्नाले एक अर्काबीच सूचना,विचार,धारणाहरू,जानकारीहरू साटासाट गर्ने प्िरक्रया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ । कतिपय विद्धानहरूले अग्रेजी भाषा कै Community (समाज) शब्दबाट Communication बनेको दाबी गरेका छन् । समाजका सदस्यहरूले आफ्ना भावना वा आफूलाई प्राप्त सूचना कुनै अर्को सदस्यलाई दिने भएकोले पनि त्यस्तो अर्थ लगाउन सम्भव भएको हो । किनकी ब्यक्तिको सामाजिकरण नै सञ्चारले सम्भव तुल्याएको हो ।

सञ्चार लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक आदि हुन्छ । सञ्चार प्रक्रियामा दुई पक्ष सहभागी हुन्छन । एउटा सूचना दिने (Sender) र अर्को सूचना पाउने पक्ष (Receiver) यी दुई पक्षबीच जति नै मात्रामा अन्तरक्रिया हुन्छ अर्थात सञ्चारका साधनबाट पठाइएका सन्देश प्रापकले बुझ्न सक्छ तब सञ्चार प्रक्रिया सफल भएको मानिन्छ । सञ्चार प्रक्रियामा मानिसका ५ वटा ज्ञानेन्द्रिय सहभागि हुन्छन जस्तो कानले सुनेर, आँखाले देखेर, जिब्रोले चाखेर, नाकले सुघँेर र छालाले महसुस गरेर सहभागिता जनाएका हुन्छन ।

सञ्चारको परिभाषा (Definitions of Communication) प्गलतश बलम ध्भष्जचष्अज ( Kuntz and Weihrich - “ Communication is the transfer of information from sender to a receiver with the information being understood by the receiver.” अर्थात प्रेषक र प्रापकबीच सूचनाको स्थानान्तरण सञ्चार हो जसमा प्रापकले सूचनालाई बुझेको हुन्छ ।

Ahuja and Chhabra - “Defined simply, Communication is the process of sharing.” अर्थात सजिलो परिभाषामा, सञ्चार भनेको सूचना आदान प्रदानको प्रक्रिया हो ।

Uma Narula - “ Communication is a social process, and countless ways in which human being keep in touch with one another. In essence communication means sharing of ideas between persons using verbal, visual, and written symbols. .” अर्थात सञ्चार सामाजिक प्रक्रिया हो , र असङ्ख्य उपायहरू जसमा मानव प्रणीहरू एक अर्कासित सम्पर्कमा रहन्छन । समग्रमा सञ्चार भनेको शाब्दिक, दृश्यात्मक र लिखित सङ्केतहरूको प्रयोगबाट विचारको आदान प्रदान गर्ने काम हो ।

Denis McQuail - “The term Communication has many definitions and meaning but the central idea is of a process of increased commonality or sharing between participants.” अर्थात सञ्चार शब्दका धेरै अर्थ र परिभाषाहरू छन् तर मूल कुरा भनेको यो बढदो साझापनको प्रक्रिया अथवा सहभागी बीचको आदान प्रदान हो ।

J.Paul Legans - “a process by which two or more people exchange ideas, facts, feeling or impressions in a way that each gains a common understanding of meaning, intent and use of message.” अर्थात दुई वा दुई भन्दा बढी ब्यक्तिहरू बीच धारणा, तथ्य, अनुभूतिको विनीमय वा प्रभाव पार्ने प्रक्रिया नै सञ्चार हो , जसमा संलग्न ब्यक्तिहरूले सन्देशलाई समान अर्थमा वा एउटै आशयमा ग्रहण गर्दछन् ।

Ban and Hawkins - “The process of sending and receiving message through channels which establish common meaning between a source and a receiver.” अर्थात सञ्चार भनेको माध्यमका सहायताले सूचना दिने र पाउने प्रक्रिया हो जसले प्रेषक र प्रापकबीच समान अर्थ स्थापना गर्दछ ।

Nil and Brawan - “ Communication is defined as the transmission or exchange of information or ideas or feeling by means of sound, signs or symbols.” अर्थात बोली चिन्ह वा संकेतको माध्यम द्घारा सूचना वा बिचार वा अनुभवको हस्तान्तरण वा विनीमय गर्ने कार्यलाई सञ्चार भनिन्छ ।

सञ्चारको प्रक्रियाका तत्वहरू

सञ्चारको प्रक्रियामा संलग्न तत्वहरूलाई नै हामि सञ्चार प्रक्रियाका तत्वहरू भन्ने गर्दछौ । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

१. स्रोत÷प्रषक÷सञ्चारक ः- सूचना पढाउने ब्यक्ति अर्थात जो सगँ साझेदार गर्न विचार, जानकारी वा सूचना हुन्छ । २. संकेतन ः- सूचना पढाउने ब्यक्तिले सूचना ब्यक्त गर्न प्रयोग गर्ने संकेत हो ।

३. सन्देश÷सूचना - सञ्चार प्रकृयामा निहित जानकारी वा सम्भाब्य प्रश्नको जवाफ हो ।

४. माध्यम- सूचना अर्को पक्षसम्म पु¥याउने बाटो वा सूचना ढुवानी गर्ने साधन माध्यम हो ।

५. प्रतिसंकेतन - प्रेषकले पढाएको सूचनालाई बुझ्न प्रापकले गर्ने रूपान्तरण वा रूपान्तरण गर्ने प्रकृया हो ।

६. प्रापक - सञ्चार प्रक्रियामा सूचना पाउने पक्ष हो ।

७. पृष्ठपोषण- सूचना पाए पछि प्रापकले गर्ने प्रतिक्रीया हो ।

८. अवरोध - सञ्चार प्रक्रियामा यसको अस्तित्व रहन्छ । जसले सञ्चार प्रक्रियालाई अवरुद्ध पार्दछ । यसको रूप भाषागत, मनोबैज्ञानिक र प्राविधिक हुन्छ ।

सञ्चारका प्रकारहरू

१. सूचना सञ्चार गर्ने तरीकाको आधारमा

  • शाब्दिक सञ्चार - शब्द वा भाषाको प्रयोग गरेर गरीने सञ्चार हो जून लिखित वा मौखिक दुवै रूपमा हुन सक्छ ।
  • गैर शाब्दिक सञ्चार - भाषाको प्रयोग नगरीकन शारिरिक हाउभाउ, क्रियाकलाप, इसारा वा संङ्केतको माध्यमबाट हुने सञ्चार हो ।

शारिरिक हाउभाउ - शारिरिक चाल जस्तै अनुहारको भाव, चाल, सङ्केत र इसारालाई यस अन्तर्गत राखिन्छ ।

  • स्थानगत भाव - यस अन्तर्गत सञ्चार कार्यमा संलग्न ब्यक्ति र उसको वरपर रहेको स्थानबाट सन्देशको अर्थ खोज्ने प्रयास गरिन्छ । मानवशास्त्रि Edward T. Hallले सन् १९६३मा यस शब्दको ब्याख्या गरेका हुन् । उनले १८ इन्च सम्मको दुरीको बसाईबाट आत्मीयता झल्कने, १८ इन्चदेखि ४ फिटसम्मको दुरीबाट मित्र वा परिवार झल्कने ब्यक्तिगत दुरी, ४ देखि १२ फिटसम्मको परिचित ब्यक्तिसगँ अन्र्तक्रिया गर्ने सामाजिक दुरी र १२ फिट माथिको दुरीलाई सार्वजनिक दुरी अर्थात भाषणको दुरी भनेका छन ।
  • समयभाव - समयभाव भन्नाले समयानुकुल भाषा हो । यसले अर्थ, अभिप्राय, वा तात्पर्य निर्माण प्रक्रियामा सहयोग गर्दछ । संस्कृतिले समयको अर्थलाई ग्रहण गर्ने तरिका सिकाउछ । त्यसैले एउटा सस्र्कतिमा हुर्केका मानिसहरूलाई अर्को सस्कृतिमा हुर्केका मानिसहरूसँग समयगत फरक भएको अनुभव हुन सक्छ ।
  • समभाव -मानिसमा देखिने भावनात्मकता समभाव हो । जस्तो स्वरको उतारचढाव, स्वर परिणाम र स्वर बिन्यास । यसअन्तर्गत हामिमा चिच्याउदा, बिस्तारो सूूस्त ढंगले बोल्दा, गनगन गर्दा पर्ने प्रभाव र बुझाईलाई लिईन्छ ।
  • भौतिक सन्दर्भ - यस अन्तर्गत हामि कस्तो भौतिक वातावरणमा बसेका छौ भन्ने कुरालाई बिचार गरिन्छ । जस्तो बस्ने घरको भौतिक अवस्था, त्यस्तै लगाई ख्वाई, शैलि, सजावट आदि ।

२. सूचना सञ्चारमा सहभागिताको आधारमा

  • अन्तरनिहित सञ्चार -कुनै ब्यक्तिले आफैसगँ मनमनै कुरा गर्नु, तर्क वितर्क गर्नु सोच्नु, महसुस गर्नु अन्तरनिहित सञ्चार हो । यसमा सञ्चार प्रक्रियाका तत्वहरूमा प्रेषक, प्रापक उ आफै हुन्छ भने सन्देश उसको सोच, माध्यम मष्तिस्क र प्रतिक्रिया आत्म मुल्याङ्कन हुन्छ ।
  • अन्तरब्यक्ति सञ्चार - दुई ब्यक्तिबिच हुने प्रत्यक्ष सञ्चार हो । यो प्रविधिको प्रयोग गरेर वा नगरी गर्न सकिन्छ । यसलाई मुखामुख सञ्चार पनि भनिन्छ । यसमा प्रतिक्रिया तत्कालै प्राप्त हुने संभावना रहन्छ । जस्तो टेलिफोन, ईमेल र मुखा मुख गरेर गरिने कुराकानी ।
  • समूह सञ्चार- दुई भन्दा बढि ब्यक्ति बिच हुने सञ्चार समूह सञ्चार हो । जस्तो कक्षा कोठामा, परिवारमा गरिने छलफल
  • सांगठनिक सञ्चार - समूह समूह मिलेर संगठन बन्दछ त्यहि समूह भित्र हुने छलफल सागंठानिक सञ्चार हो । जस्तो दुई कक्षाबिच हुने छलफल, संगठनका बिभागहरू बिच हुने छलफल ।
  • आम सञ्चार - कुनै सञ्चार माध्यमको प्रयोग गरी छरिएर रहेका बिशाल जनसमूहलाई लक्षित गरि एकै पटक सन्देश सम्प्रेषण गर्ने प्रक्रिया लाई आम सञ्चार भनिन्छ । यस्तो सञ्चार प्रक्रियामा तुरुन्तै र प्राय एकतर्फी रूपमा बारम्बार टाढा टाढासम्म सन्देश प्रवाहित हुने गर्दछ ।

सञ्चारको विशेषता

  • सञ्चार निरन्तर चलिरहने प्रक्रिया हो ।
  • प्रेषक र प्रापक गरि कम्तिमा दुई पक्षको सम्मिलित हुन्छन ।
  • सञ्चार प्रक्रीयाको सफलताकालागि दुबै पक्षको सक्रिय सहभागिता आवश्यक
  • संलग्न दुबै पक्षले प्रेषक र प्रापकको पालै पालो भूमिका निर्वाह गरिरहेका हुन्छन ।
  • सञ्चार सधै सांकेतिक हुन्छ ।
  • सञ्चार प्रक्रियामा प्रतिक्रिया तत्कालै प्राप्त हुन्छ ।
  • यसमा अवरोधको सधै संम्भावना रहन्छ त्यसैले सञ्चार कहिले पनि पूर्ण हुदैन ।
  • सञ्चार कार्यमा शाब्दिक र गैर शाब्दिक सञ्चार सगँ सगै प्रयोग भई रहेको हुन्छ ।
  • सञ्चार प्रक्रियामा सूचना ग्रहण गर्न पाँच वटै ज्ञानेन्द्रीयको प्रयोग हुन्छ ।
  • सूचनाको साझेदारी हुन्छ ।

शाब्दिक र गैर शाब्दिक सञ्चारमा भिन्नता सञ्चार प्रक्रियामा शाब्दिक र गैर शाब्दिक सञ्चार सगँ सगै प्रयोग भई रहेको हुन्छ । यि एउटै सिक्काको दुई पाटा जस्तै हुन । एकको अभावमा अर्को कमजोर वा अर्थहिन हुन पुग्छ । शाब्दिक सञ्चारले तथ्य र विचारलाई समेटेको हुन्छ भने गैर शाब्दिक सञ्चारले भावना, अवस्था, परिचय र प्रवृति जस्ता कुरा ब्यक्त गर्दछ । दुबै सञ्चारको राम्रो तालमेल भयो भने त्यहाँ अलमल र द्घिविधाको सम्भावना कम रहन्छ । जस्तो कसैलाई बोलाउदा यताँ आउ भन्ने शब्द सगैँ हातले समेत ईसारा गरे प्रष्ट हुन्छ हुन्छ । कसले बोलायो र कँहा जानु पर्ने भनि ।

शाब्दिक सञ्चार गैर शाब्दिक सञ्चार

सञ्चारकार्यमा शब्दको प्रयोग हुन्छ । सञ्चारकार्यमा सङ्केत र हाउभाउको प्रयोग हुन्छ ।

सन्देश के हो ? भन्ने कुरामा जोड दिन्छ । सन्देश कसरी ब्यक्त गर्ने भन्ने तर्फ ध्यान दिईन्छ

औपचारिक ब्याकरणिय परिधि भित्र नियमित सङ्केत,हाउभाउ,अभिनय,स्थान,दुरीको प्रयोग गरिन्छ गरिएको हुन्छ ।


विगत, वर्तमान र भविष्यको बारेमा बताउन वा ब्यक्तिको अभीष्ट बुझ्न मद्दत गर्छ । विश्लेषण गर्न यो राम्रो उपाय हो ।

पुस्तक, पत्रपत्रिका इत्यादी शाब्दिक सञ्चारका यसले पुस्तक पत्रिका तयार हुदैन । उपज हुन ।

लामो समयको प्रयोग, अनुसन्धान र स्वीकृत सामाजीक परिवेस र परम्पराबाट निर्धारित हुन्छ परम्पराबाट निर्धारित हुन्छ ।

गैर शाब्दिक सञ्चार भन्द कम द्धिविधा युक्त यो बढि द्धिविधायुक्त हुन्छ । हुन्छ ।


आम सञ्चार

परिचय आम र सञ्चार दुई शब्दको संयोजनबाट आमसञ्चार शब्दको निर्माण भएको हो । जस अनुसार आमको अर्थ ब्यापक र सञ्चारको अर्थ सन्देस पठाउने काम भन्ने बुझिन्छ । यस अर्थमा हामि ब्यापक रूपमा सन्देश पठाउने काम लाई आमसञ्चार भनी बुझ्न सक्छौ । अंगे्रजी भाषामा पनि यो Mass र Communicationको संयोजनबाट बनेको हो । जस अनुसार Massको ठुलो जनसमूदाय र Communicationको अर्थ सञ्चार भन्ने लाग्दछ । समष्टिमा हामि यसलाई विशाल समूदायलाई लक्षित गरेर गरिने सञ्चार भनि भन्न सक्छौ । तर यति भनेर मात्रै आमसञ्चारलाई सम्पूर्ण रूपमा ब्याख्या गर्न भने सकिदैन। सुरुमा Mass शब्दलाई नकारात्मक र हेयको दृष्टिले हेर्ने गरिन्थ्यो तर अचेल सर्वसाधारण जनतालाई नै राज्यको शक्तिको स्रोतको रूपमा लिने गरिएकोले यो शब्द सकारात्मक अर्थमा रहेको छ । अक्सफोर्ड डिक्सनरीको सातौ संकरणले Mass भनेको उद्देश्य बिहिन ढंगले जम्मा भएका सर्वसाधारण मानिसहरूको ठुलो जमात वा शैक्षिक र आर्थिक स्तर राम्रो नभएका सर्वसाधारण वा नेतृत्व क्षमता नभएका मानिसहरूको भिड वा बहुसख्यक भनि अथ्र्याएको छ । बिसौ शताब्दिको सुरुमा अमेरिकामा यो शब्दको प्रचलन भएको हो । सहरिकरण र औधोगीकरणका कारण वृद्धि भएको विशाल जनसमूदायलाई बुझाउन यस शब्दको प्रयोग गरिएको थियो । तर अहिले असीमित जनसमूदायका लागि कूनै माध्यम जस्तै पत्रपत्रिका, रेडियो, टेलिभिजन, आदिका सहायताले कुनै पनि विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसञ्चार भनिन्छ । अर्थात कुनै एक ब्यक्ति वा समूहबाट कुनै प्रविधि वा माध्यमको सहयोगमा असीमित जनसमूदायलाई लक्षित गरेर गरिने सञ्चार नै आमसञ्चार हो । आमसञ्चार र सञ्चारको बीचमा फरक के हो भने सञ्चार प्रविधि वा साधन विना हुनसक्छ तर आमसञ्चार प्रविधि वा साधन विना असम्भव हुन्छ ।

आमसञ्चारको परिभाषा

Dennis Mcquail - “ Mass communications comprise the institutional and techniques by which -Press,Radio,Television,Film_ to disseminate symbolic contents to large, heterogeneous and widely dispersed audience..” अर्थात आमसञ्चारमा संगठन र प्रविधि समावेस हुन्छ जसमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, र चलचित्र जस्ता प्रविधिको प्रयोग द्धारा ठुला समूहमा, भिन्न छरिएर रहेका स्रोता, पाठक र दर्शकमा सन्देश प्रक्षेपण गरिन्छ ।

Mass communication dictionary - “Mass communication is thelarge scale dissemination of symbolic contents to heterogeneous and geographically dispersed audience .” अर्थात आमसञ्चार भनेको ब्यापकरूपमा सन्देश वा विषयवस्तुहरू भिन्न प्रकृतिका र भौगोलिक रूपमा तितर वितर भएका वा छरिएर रहेका स्रोता, पाठक, दर्शकसामू सम्प्रेषण गरिने प्रकृया हो ।

आमसञ्चारको विशेषताहरू

  • यस्तो प्रक्रियाको सञ्चालनकोलागि बढी संस्थागत सञ्चार गृह र अत्याधुनिक प्रविधिको आवश्यकता पर्दछ ।
  • आमसञ्चार प्रक्रिया तुरुन्तै र प्राय एकतर्फी रूपमा टाढा टाढासम्म सन्देश प्रवाहित हुने गर्दछ ।
  • यसमा पेशेवर सञ्चारकर्मिहरू संलग्न हुन्छन ।
  • सूचनाको हस्तान्तरण यस प्रक्रियाको आधार हो ।
  • यो खर्चिलो र जटिल सञ्चार प्रक्रिया हो ।
  • सन्देश प्रेषक र प्रापकबीच एकआपसमा सम्पर्क र चिनजान हुदैन ।
  • सन्देशका प्रापक भिन्न भौगोलिक क्षेत्र, रुचि, स्तर र सस्कृतिका एक आपसमा अपरिचित हुन्छन ।
  • ढिलो गरि प्रतिकृया प्राप्त हुने भएकोले यसको प्रकृतीलाई एकतर्फि सञ्चार पनि भन्ने गरिन्छ ।

आमसञ्चारको कार्यहरू

  • निगरानी -निगरानी भन्नाले समाजमा हुने दैनिक गतिविधिलाई हेरविचार, परिक्षण, रेखदेख र खवरदारी गर्ने वा नियाल्ने काम हो । जस्तो आँधी, तुफान, ज्वालामूखी विष्फोट, आर्थिक दुरावस्था, सैन्य आक्रमण आदिको पूर्वानुमान गरेर सम्भावित दुर्घटनाबाट बच्न सचेत गराउन खोजिएको हुन्छ । त्यस्तै सुनामी छाल, वातावरण प्रदुषण, वनविनाश, भूकम्प र पहिरो प्रति सचेत गराएर संरक्षण एवं वच्न प्ररित गर्न सकिन्छ ।
  • विश्लेषण - कुनै बिषयमा कैेन्द्रित भई गरिने् ब्याख्या, टिप्पणी नै विष्लेसण हो । विषयको सान्र्दभिकता हेरी त्यसलाई चौतर्फी कोणबाट बुझ्न यस कार्यले मद्दत पु¥याउछ । जस्तो पत्रिकामा हुने सम्पादकीय, लेख रेडियो र टिभिका गरीने अन्र्तक्रिया कुराकानी आदि ।
  • संयोजन - आमसञ्चारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा नभएका समाजका विभिन्न पक्षहरूलाई संयोजन गर्छ । उदाहरणका लागि ब्यापक स्तरको विज्ञापन प्रसारले कुनै पनि उत्पादित सामाग्रीको बिक्रेता र क्रेता बीचको सम्बन्ध बनाउछ । समाचारमा आएका बिषयले जनताले सरकारका बिषयमा र सरकारले जनताका आकाक्षा बारे थाहा पाउँ छन । त्यस्तै प्राकृतिक विपता पीडित र असक्तलाई अरुले सहयोग गर्छन । यसरी आमसञ्चारले सम्र्पक सुत्रको रूपमा काम गर्दछ ।
  • मान्यता हस्तान्तरण - आमसञ्चारका कार्यले लक्षित बर्गमा मान्यता हस्तान्तरणको कार्य गर्दछ । हेरेर सुनेर वा पढेर बिस्तारै बिस्तारै हामी विभिन्न मान्यताहरूलाई एक ब्यक्तिबाट अर्कोमा, एक समूदायबाट अर्को समूदायमा र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिरहेका हुन्छौ । जस्तो दाईजो प्रथा, कमैया, हलिया प्रथाको हामिले बिरोध गर्नु आमसञ्चारकै प्रस्तुतीको कारण हो । त्यस्तै नपढे पनि रामायण महाभारतका पात्र र घटना बारे हामिलाई जानकारी हुनु । प्रथा, संस्कृति र संस्कार बारे थाहा हुनु आदि ।

आमसञ्चार माध्यम आमसञ्चार प्रक्रियामा सन्देश वा सूचनाको प्रवाह गरी जनता समक्ष पु¥याउने साधनलाई आमसञ्चारका माध्यम भनिन्छ । अर्थात सन्देश आदान प्रदान कार्य आमसञ्चार हो भने त्यसक्रममा प्रयोग भएका साधनहरू आमसञ्चार माध्यम हुन । जसको प्रयोग बिना आमसञ्चार प्रक्रिया असम्भव हुन्छ ।

परिभाषा

Dennis Mcquail - “ The term mass media refers to the organized means for communicating openly and at a distance to many receivers within a short space of time.” अर्थात आमसञ्चार माध्यम भन्ने शब्दले छोटो समयावधिमा लामो दुरीसम्म तथा धेरै प्रापकहरूसगँ सञ्चार गर्न सकिने सङ्गठीत साधनहरूलाई जनाउँछ । Dennis Mcquail - “ mass media is the organized technology which makes mass communication possible.” अर्थात आमसञ्चार माध्यम एउटा प्रविधिको सङ्गठीत रूप हो जसले आम सञ्चारलाई सम्भव तुल्याउछ । Hartly- “The media are the content industries devoted to reaching very large popular audiences and redearship in print-newspapers,etc._ screen -TV,cinema etc._ and aural - radio,music etc. _ media . .” अर्थात सञ्चार माध्यम भनेका धेरै ठूला लोकप्रिय जनसमूह प्रति लक्षित हुने र छापा ( अखवार इत्यादी ) पर्दा ( टेलिभिजन, सिनेमा इत्यादी ) र ध्वानी ( रेडियो, सङ्गीत इत्यादी )मा पठनीयता भएका विषयवस्तु उधोगहरू हुन ।

आमसञ्चार माध्यमको कार्यहरू

सूचना -आमसञ्चार माध्यमको प्रमुख कार्य भनेको विश्वमा दैनिक रूपमा भईरहेका घटनाबारे जानकारी प्रदान गर्नु हो । बरिष्ठ पत्रकार गोकुल पोख्रेले यसलाई पहिलो र मुख्य काम भन्दै आमसञ्चारका माध्यमहरूले सूचना प्रवाह गर्ने दायित्व निर्वाह गर्दा राम्रा, नराम्रा, प्रिय, अप्रिय आनन्ददायी, दुखदायी सबै किसिमका घटनालाई नबंग्याई यथासक्य वस्तुगत रूपमा प्रस्तुत गर्नु पर्छ भन्नु भएको छ । ज्वालामुखी, विष्फोट, युद्धमा छटपटाई रहेका घाईते,भोकमारीमा परेका वालबालिका, द्धन्द्ध, मानविय उद्दार कार्य, सरकारी नीति, सामाजिक विकृति,वायूमण्डलको प्रदूषण, वातावरण जस्ता अनगिन्ती विषयहरू सूचनाको विषय हुन सक्ने सूझाव उँहाको छ । आमसञ्चारका साधनको यहि कार्यको कारण हामिले संसारलाई बुझ्न र नजीकबाट नियाल्न सकेका हौ ।

शिक्षा - आमसञ्चारको माध्यमले धेरै किसिमको शिक्षाप्रद सन्देशहरू दिएका हुन्छन । रेडियो, टिभिले विभिन्न शिक्षमूलक कार्यक्रमहरू सञ्चालन गरेका हुन्छन । जस्तै स्वास्थ्यमा प्रतिकुल असर पर्ने जाँड, रक्सी, चुरोट, खैनी,बिँडी जस्ता धुम्रपान मद्यपान एवं लागुऔषध आदि सेवन नगर्न अनुरोध गरेको हुन्छ । स्वस्थ रहन र सावधानी अपनाउन समेत आमसञ्चार माध्यमहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आब्हान गरिरहेका हुन्छन । धुम्रपान मद्यपान लिन्छ हाम्रो ज्यान, छोरीका लागि लगानि ल्याउछ सुनौलो बिहानी, छोर छोरी दुबै बराबरी जस्ता नारालाई हामि शिक्षको रूपमा लिन सक्छौ ।

मनोरंन्जन - आमसञ्चार माध्यमहरूले सूचनामात्र दिने काम गर्दैनन, यिनीहरूको कार्य बहुआयामिक हुन्छ । यसले शिक्षा, सूचनाका अलावा मनोरंजन दिने कार्य पनि गर्दछ । काटुर्न, चुट्किला, हास्यव्यङ्य कार्यक्रमहरू, गीत संगीत, बृतचित्र,नाटक, फेसन सो आदि धेरै प्रस्तुतीबाट मनोरंजन लिन सकिन्छ । यसबाट तनाव, आलस्यता, एक्लोपनबाट मुक्ती मिल्न सक्छ । यसैले आमसञ्चार माध्यमलाई एक्लोपनको मित्र पनि भन्ने गरिन्छ । सामाजिकीकरण - सामाजिकीकरणको अर्थ समाजलाई जोडने वा एकिकरण गर्ने भन्ने हुन्छ । आमसञ्चार माध्यमको विकाससँगै यसले प्रस्तुत गर्ने विषयबस्तु हरूले मानिसलाई संसारको अवस्था, घटना, रहन सहन, संस्कृति,परम्परा, जीवनशैलि, विकाश, विकृति, अविस्कार आदि बारे जानकारी दिईरहेका छन जसका कारण हामिमा संसार भरिको विषयमा केहिन केहि जनकारी भएको छ त्यस्तै अनलाईन माध्यमको विकारले त झनै हमिलाई संसार सगँ जोडेको छ । अध्ययनकालागी संसार भर जानु, कामकालागि बिदेशिनु अथवा बाहिरको रोजगारको खवर राख्नु आमसञ्चारको यसै गुणबाट संभव भएको हो ।

उत्प्रेरणा/ अभिप्रेरणा - अभिप्रेरणा वा उत्प्रेरणा भनेको कसैको कुनै काम वा भनाईबाट प्रेरित भएर कुनै काम गर्ने वा नगर्ने हुनु हो । जस्तै एसएलसी बोर्ड प्रथमको अन्तर्वार्ता सुनेर वा हेरेर त्यस्तै कार्य मन लाग्नु, अपराध गर्नेले पाएको सजायबाट अपराध नगर्न प्रेरित हुनु, बाढि पीडित, भुकम्प पीडित, रोग भोक आदि बारे थाहा पाएर सहयोगको पहल गर्नु यसको उदाहरण हो । त्यस्तै बिज्ञापन हेरेर सामान किन्नु पनि यसको उदाहरण हो ।

थप कार्यहरू

  • विज्ञापनकर्ता
  • पत्रकारिता बाहक
  • मध्यस्थकर्ता
  • ज्ञान संरक्षक र बितरक
  • समाजको पहरेदार
  • समाजलाई जोडने पुल
  • सचेतक

आमसञ्चार माध्यमको विशेषताहरू

  • आमसञ्चार माध्यम भनेको सन्देश प्रक्षेपण गरिने साधन हो ।
  • आमसञ्चार माध्यमले भिन्न खाले स्रोता, पाठक र दर्शकलाई समेटछ ।
  • आमसञ्चार माध्यममार्फत सम्प्रेषण हुने सन्देश पत्रकारिताको लेखन अनुसरण हुन्छ ।
  • आमसञ्चार माध्यममा असंख्य मानिसहरूमा एकैपटक सन्देश पु¥याउने क्षमता हुन्छ ।
  • आमसञ्चार माध्यम भनेको एक किसिमको प्रचार साधन हो ।
  • सञ्चारकर्मी बिना आमसञ्चार माध्यमको अस्तित्व हुदैन ।
  • आमसञ्चार माध्यम एकल, द्धैध, संयुक्त वा सार्वजनीक रूपमा सञ्चालित हुन्छ ।
  • आमसञ्चार माध्यमबाट एकहोरो सञ्चार हुन्छ यसमा अन्र्तक्रियाको तत्काल संभावना रहदैन ।
  • अरु व्यावसायिक सङगठन जस्तै यसको पनि औपचारिक रूप र कर्मचारितन्त्र हुन्छ ।
  • यसका विषयबस्तु खुला र सार्वजनिक हुन्छ ।
  • यसका लक्षित वर्ग विविध हुन्छ ।

आमसञ्चार माध्यमको अर्थतन्त्र÷ मिडियाको अर्थशास्त्र


आमसञ्चार प्रणाली जति जटिल छ त्यती नै आमसञ्चार माध्यमको अर्थशास्त्र पनि जटिल छ । हामिलाई थाहा छ अन्य झै आमसञ्चारले पनि अहिलेको समाजमा उधोगको रूप धारण गरिसकेको छ । यद्यपि आमसञ्चारको कार्यहरू आर्थिक उर्पाजनका लगि मात्रै भने सीमित हुँदैन । मिडिया ब्यावसायलाई अन्य ब्यावसाय जस्तो शुद्ध ब्यावसायीक रूपले हेर्न मिल्दैन । यो सेवा र ब्यावसाय दुबैको संयुक्त रूप हो । मिडिया राजनीति, समाज,समसामयिक र सेवामा पनि यसको संलग्नता हुने गर्दछ । त्यस्तै सञ्चारमाध्यमले आफ्ना गतिविधिहरूलाई सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुरूप सञ्चालन गर्नु पर्ने हुन्छ । साथै बजार अर्थतन्त्रले सङ्केत गरे झै सञ्चारमाध्यमले पूरै वा आंशिक रूपमा परिचालित हुनुपर्छ । त्यस्तै छिटो छिटो परिवर्तन हुने प्रविधिले एक पटक अगानी गरेर ढुक्क हुन सकिदैन । यति हुदा हुदै पनि आफ्नो अस्तित्व जिवितै राख्न आर्थिक उपार्जन पनि त्यत्तिकै आवश्यक हुन्छ । मिडियाको अर्थशास्त्रलाई प्रस्ट्याउन पत्रकार जोसेफ पुलित्जरको यो भनाई उपयुक्त हुन्छ - एउटा ब्यावसायिक अखवारलाई प्रजातान्त्रीक प्रणालीमा सम्पादकीय स्वायत्तता र स्वतन्त्रता प्राप्त गर्न आर्थिक मुनाफा जरुरी हुन्छ । मिडियामा आर्थिक उपार्जनका उपायहरू निम्न बमोजिम हुने गर्दछन ।

  • विज्ञापन शुल्क
  • प्रत्यक्ष शुल्क
  • चन्दा
  • निजी सहयोग
  • सरकारी अनुदान

आमसञ्चार सहयोगि प्रणाली

आमसञ्चार माध्यमको आविस्कार र विकाससगै थुप्रै यस सगँ सम्वन्धित व्यावसायिक क्षेत्रहरूको पनि बिकाश सुरु भएको पाईन्छ । बिज्ञापन, जनसम्पर्क, समाचार बितरण संस्था, सङ्गीत उधोग, मोडलिङ जस्ता व्यावसाय मिडियाको विकास सगै विस्तार र हुर्कदै आएका हुन । यि सबै क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मिडियाका विषयवस्तु उत्पादन र वितरणमा सहयोग पु¥याई रहेका हुन्छन । यिनै सहयोगिलाई मिडियाको सहयोगि प्रणाली भनिन्छ ।

  • बिज्ञापन उधोग
  • समाचार संस्था
  • जनसम्पर्क
  • सङ्गीत उधोग
  • प्रर्दशन ब्यावसाय


सन्दर्भ सामग्री[सम्पादन गर्ने]